Yug Post

माडी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न

Advertisement

रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

बुधबार माडी गाउँपालिकाको वडा नं. ६, कोर्चाबाङमा कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै समीक्षासमेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाले गरेको कार्यसम्पादन उत्कृष्ट रहेको भएपनि जनताका सरोकारका विषय अझै सम्बोधन गर्नुपर्ने सहभागीले बताएका थिए ।

कार्यक्रममा सहभागी स्थानीय मानबहादुर घर्तीले गीतको माध्यमबाट नाङखोलाको पुल जिर्ण भएको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै कोर्चाबाङकै स्थानीय नन्दकुमारी पुनमगरले आइपास नेपालले किशोरकिशोरी सम्बन्धी तालिम दिइ विभिन्न काममासमेत खटाएको स्मरण गराउँदै ती तालिमप्राप्त जनशक्तिलाई किशोरकिशोरीको प्रजनन् स्वास्थ्य, बालविवाह न्यूनीकरण लगायतका विषयमा परिचालन गर्नसक्ने सम्भावनाका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगरले भौतिक पूर्वाधार निर्माणका दृष्टिकोणले गाउँपालिकाले धेरै प्रगति गरेको स्मरण गर्दै कृषि र पशुपालनलाई प्राथमिकता दिएर आर्थिक समृद्धिको बाटो अवलम्बन गर्ने कुरालाई प्राथमिकता दिएको जानकारी दिनुभयो । ‘हामीले आम मानिसको जीवनस्तर सुधारका लागि के के गर्नसक्छौं भन्ने विषयलाई नै मुख्य प्राथमिकता दिएका छौं’ अध्यक्ष घर्तीमगरले भन्नुभयो, ‘त्यसबाहेक मानवीय विकासलाई जोड र भौतिक विकासलाई ध्यान दिएर कार्यसम्पादन गरिरहेका छौं, बजेटको प्राथमिकीकरण पनि त्यसैअनुसार छ ।’ उहाँले मानवीय विकासको महत्वपूर्ण कडीका रुपमा शैक्षिक गुणस्तरीयतामाथि विवेचना गर्नुपर्ने महसुस गर्दै यसअघि ६–७ प्रतिशत उत्तीर्ण दरलाई बढाएर ३४–३५ प्रतिशतसम्म पु¥याएको बताउनुभयो ।

माडी गाउँपालिकालाई समृद्ध बनाउन जनप्रतिनिधिको अगुवाईमा सबै पक्षको साझा प्रतिवद्धता र सहकार्य हुनुपर्ने बताउँदै अध्यक्ष अमरसिंह घर्तीमगरले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सामाजिक सहिष्णुता कायम गर्दै समृद्धिको यात्रामा सहकार्य गर्न सबै दलहरुलाई आग्रह गर्नुभयो । ‘विचार र राजनीतिको मतभिन्नता अभिव्यक्त गर्ने ठाउँमा त्यो पनि गरौं, तर विकास निर्माण तथा जनताका सरोकारका विषयमा पूर्वाग्रह राख्नु नेताहरुकै लागि प्रतिउत्पादक हो’ अध्यक्ष घर्तीमगरले भन्नुभयो, ‘गुण र दोषका आधारमा समर्थन वा विरोध गरौं, त्यसको म सधै स्वागत गर्छु ।’

कार्यक्रममा बोल्दै वडा नं. ६, का अध्यक्ष खर्कबहादुर पुनले दलहरुतिर लक्षित गर्दै सडक वा चिया पसलमा गरिने अनावश्यक आरोप प्रत्यारोप जनताका अगाडि यस्ता सार्वजनिक सुनुवाईमा भन्नुपर्ने बताउनुभयो । गाउँपालिकाको कार्यसम्पादनका सन्दर्भमा आफूकहाँ केही गुनासाहरु आउने गरेको बताउँदै उहाँले जनप्रतिनिधि, कर्मचारी सबैले सेवाभावका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तीमगर, विभिन्न सामाजिक संघसंस्थाका प्रमुखहरु, गाउँपालिका अन्तर्गत विषयगत शाखाका प्रमुखहरु, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नवीन लोचनमगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search