Yug Post

आज यी स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। यसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ। कोशी  र कर्णाली प्रदेशका थोरै र बाँकी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही र बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। राति देशभर अधिकांश बदली रहनेछ।…
Read More
माओवादी केन्द्रले नेकपासँग एकताको निम्ति वार्ता  टोली गठन गर्ने

माओवादी केन्द्रले नेकपासँग एकताको निम्ति वार्ता टोली गठन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र )ले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग वार्ता टोली बनाएर एकताका लागि छलफल थाल्ने निर्णय गरेको छ। पार्टीको स्थायी कमिटी बैठक समापनपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुरा बताएका हुन् । उनका अनुसार अब वार्ता टोली बनाएर एकताका लागि छलफल थाल्ने निर्णय गरेको छ। ‘विप्लव नेतृत्वको नेकपासँग् एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्नेछौँ,’ सापकोटाले भने । त्यस्तै उच्चपदस्थ कर्मचारीदेखि नेताहरुसँगको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन पहल गर्ने निर्णय समेत माओवादीले गरेको छ । साथै सरकार भ्रष्टाचारमा लिप्त भएको निष्कर्ष निकाल्दै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको समेत…
Read More
पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्दा  विनोद चौधरीको पन्जाबाट जग्गा फिर्ता

पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्दा विनोद चौधरीको पन्जाबाट जग्गा फिर्ता

साउन १९ ,काठमाडौ - नेकपा(माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले गृहमन्त्री हुदा पहल गरेको कारण चौधरी ग्रुपका संचालक विनोद चौधरीले कब्जा गरेको गग्गा औपचारिक रूपमा सरकारको नाममा आएको छ। काठमाडौ जिल्ला काठमाडौ महानरपालिका वडा नम्बर ३ को कित्ता नम्बर ५८ को ४६०७ वर्गमिटर क्षेत्रफल भएको जग्गा काठमाडौ मालपोत कार्यालयले नेपाल सरकारको नाममा फिर्ता दिएको हो ।
Read More
मिडिया विधेयक संशोधन नभएमा प्रेस सेन्टर नेपाल चरणबद्ध आन्दोलनमा उत्रने घोषणा

मिडिया विधेयक संशोधन नभएमा प्रेस सेन्टर नेपाल चरणबद्ध आन्दोलनमा उत्रने घोषणा

मिडिया काउन्सिल विधेयक संशोधन गरिएन भने आन्दोलनमा जाने भन्दै प्रेस विज्ञप्ति निकाले छ। प्रेस सेन्टर नेपालले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा संसदको विषयगत समिति र विभिन्न मञ्चहरूमा आफ्नो धारणा राखिसकेको छ । विधेयकका केही प्रावधानहरूबारे प्रेस सेन्टर नेपालको गम्भीर सरोकार रहेको भन्दै प्रेस सेन्टरका महासचिव मनोज घर्ती द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा विभिन्न ८ बुदामा उल्लेख गरेका छन् । १) राष्ट्रिय सभाबाट पारित विधेयकका प्रावधानप्रति ध्यानाकर्षण : राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्ने देखिएको छ । यी प्रावधानहरूले विधेयकलाई पञ्चायतकालीन…
Read More
प्रचण्डले भने , “म अहिलेसम्म जीवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु”

प्रचण्डले भने , “म अहिलेसम्म जीवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु”

नेकपा ( माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले "म अहिलेसम्म जीवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु" भनी भावुक प्रतिबद्धता व्यक्त गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरूको स्मरण गर्दै उनले प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरिरहेको भन्दै त्यसको प्रतिरोध गर्न एकताबद्ध हुन अपिल गरे। प्रचण्डले आफू जनयुद्धदेखि शान्ति प्रक्रिया, संविधानसभा हुँदै अहिलेसम्म जीवित रहेको र नेतृत्व गरिरहेको उल्लेख गर्दै अब फेरि नयाँ क्रान्तिको संकल्पसहित अघि बढ्ने बताएका छन्। उनले "म अहिलेसम्म जीवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु" भनी भावुक प्रतिबद्धता व्यक्त गरे। उनले शान्ति प्रक्रियाका बाँकी कार्यहरू अगाडि बढे पनि त्यसमा चलखेल भइरहेको दाबी गरे र तीव्र निगरानीको…
Read More
रोल्पा रानागाउँ चुनढुंगा विवाद , कोहि हस्पिटल भर्ना कोहि थुनामा

रोल्पा रानागाउँ चुनढुंगा विवाद , कोहि हस्पिटल भर्ना कोहि थुनामा

समाचारदाता ,श्रावण १७ - रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–३, रानागाउँका स्थानीयवासीहरू बिच चुनढुंगाको कारण हातपात देखि मुद्दा मामिलामा सम्म पुगेको छ। भावना घर्ती, सागर विक, बुद्धिमान विक, हरिप्रसाद बाँठा, नारायण विक, किरण विक, यामबहादुर राना, मनसरा सुन घर्ती पुन, मंगल विक, दीपक बुढा, भुमा विक, चन्द्र गिरी, प्रकाश घर्ती, गौमति घर्ती, सम्मेस रामा दिलसरा घर्ती, खिरमाली राना, दिलकुमारी राना, रमेश राना, भूपबहादुर थापा, जसबहादुर बुढा, गुरु घर्ती, किमा विके, कमल घर्ती, अर्जुन विक र मनबहादुर रानालगायत २५ जनाले संयुक्तरूपमा खानी सञ्चालन गर्ने पक्षले विगतमा स्थानीयवासीहरू सँग भएका सम्झौता तथा सहमति कार्यान्वयन नगरी उल्टै धम्की, त्रास र दुव्र्यवहार गर्दै आएको जनाइएको छ।…
Read More
स्थगित माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट फेरि सुरु हुने

स्थगित माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट फेरि सुरु हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थगित गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट फेरि सुरु हुने भएको छ । आज केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भदौ १५ गते सुरु गरेर मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबाट प्रस्ताव आएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयाे । यस्तै अबको केन्द्रीय समिति बैठक कात्तिकतिर बस्ने उहाँले बताउनुभयाे ।
Read More
आज पहिलो राष्ट्रिय काेदाे दिवस मनाइदै

आज पहिलो राष्ट्रिय काेदाे दिवस मनाइदै

काठमाण्डौ – कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ । कृषि विभागका अनुसार गएको आर्थिक वर्षमा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८…
Read More
बिरेन्द्र मावी गाङले स्थानीय पर्यटकीय स्थल र साँस्कृतिक पहिचान गर्ने प्रयास

बिरेन्द्र मावी गाङले स्थानीय पर्यटकीय स्थल र साँस्कृतिक पहिचान गर्ने प्रयास

"स्थानीय पर्यटकीय स्थल र साँस्कृतिक पहिचान का लागि विविध कार्यक्रम २०८२ " भन्ने उद्वेश्यका साथ आयाेजित कार्यक्रमकाे उद्वघाटन समाराेह भव्य सभ्यरुपमा सम्पन्न । बिरेन्द्र मा वि गांङमा आयोजना भएको उद्वघाटन समाराेहमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजलको प्रमुख आतिथ्यता भने अतिथिहरुमा नेकपा( एमाले) जिल्ला अध्यक्ष अमृत बुढा मगर ,त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बाठा लगायत अतिथिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ४ वटै झाकि समूह ,५ वटै सहभागी आमा समूह , बन समूह , युवा क्लब , अभिभावक र विद्यार्थीहरु बाक्लो उपस्थितिले कार्यक्रमलाई थप भब्य बनाएको थियो । अग्लो स्थल थुर्पा धुरि र थुर्पा देवस्थल , माओवादी शान्तिप्रक्रियामा प्रवेश…
Read More
सल्यानका गिरिराज कवरलाई देखेमा आफन्तलाई खबर गर्नुहोला । शारदा नगरपालिका ९ नेपाने सल्यान घर भएका ५० वर्षीया गिरिराज कवर साउन ७ गते घरबाट मजदुरी गर्न भन्दै भारतको चन्डिघर हिडेका थिए । आज ७ दिन सम्म पनि गन्तव्यमा नपुगेको र सम्पर्क बिहिन भएकाले कोहि कसैले देखेमा नजिकको प्रहरी र छोरी धनी कवरलाई खबर गरिदिन अपिल गरेका छन् । छोरी धनी कवरको ९८२९८४१६४३ नम्बरमा सम्पर्क गरिदिन अनुरोध छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search