२१ श्रावण २०८२ ०७:४४
२१ श्रावण २०८२ ०७:४४
आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। यसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ। कोशी र कर्णाली प्रदेशका थोरै र बाँकी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही र बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। राति देशभर अधिकांश बदली रहनेछ।…