२ भाद्र २०८२ ११:५७
२ भाद्र २०८२ ११:५७
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहले बजेटमा असहमति भएको भन्दै पदबाट दिएको २ वर्ष पछि राजीनामा स्वीकृत भएको छ । शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएका थिए । त्यसको दुई वर्ष पछि उक्त राजीनामा स्वीकृत भएको हो । नगर प्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताए । एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै…