घोराहीबाट रोल्पाको तालाबाङको लागि छुटेको
फोर्स गाडी व्याङखोलामा दुर्घटना भएको छ ।
घोराहीबाट रोल्पाको तालाबाङको लागि छुटेको लु १ ज ३६१४ नम्बरको फोर्स गाडी माडी २ व्याङखोलामा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
दुर्घटनामा मानवीय क्षति नभएको र गाडी क्षतिग्रस्त भएको खबर प्राप्त भएको छ । घाइते हुनेमा
तिलाराम खत्री माडी , कमल वली माडी ३ ,कोकिला वली माडी ३ ,पवित्रा रोका परिवर्तन ,प्रहरी जवान नाम नखुलेको ।
पूरा विवरण आउन बाँकी छ।


