अनेम सङ्घ क्रान्तिकारी माडी ५ को समेलन तथा भेला आज पाछाबाङ मा सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र ) माडीगाउँ पालिका अध्यक्ष भरत बहादुर वुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथी बिर बहादुर घर्ति मगर, तेजेन्द्र बुढा मगर वडा पार्टी इन्चार्ज , वडा पार्टी उपाध्यक्ष सनिदेवल बुढा मगर, दिल कुमारी बुढा मगर अनेम सङ्घ जिल्ला सदस्य, अनेम सङ्घ गापा काबा अध्यक्ष बालिका सुनारको आतिथ्यता रहेको थियो।सम्मेलनको सन्चालन दिल कुमारी बुढामगरले गरेकी थिइन् । सम्मेलनले भिम कुमारी परियारको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरत बुढा मगरले भने “जनयुद्धमा अभुतपुर्ण महिलाको सहभागीता , अदम्य सहास र बलिदानीको कारण जनयुद्धले छलाङ हानेको थियो ।” अझ अगाडी भन्छन् “त्यसैले आजको व्यवस्था आएको हो जहाँ वडा सदस्य देखि राष्ट्रपति सम्म महिला बनेका छन् ।”
बुढा मगरले भने “राज्यको हरेक निकाएमा महिलाको प्रतिनिधित्व निश्चित भएको छ। अहिले भुमिका बदलिएको छ अब समाजवादी यात्रा तय गर्न पनि अनेम संघले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने छ।”



