Yug Post

विपक्षी दलहरुकाे वैठक सुरु ,माधव नेपालकाे पनि उपस्थिति (कारण यस्ताे छ)

विपक्षी दलहरुकाे वैठक सुरु ,माधव नेपालकाे पनि उपस्थिति (कारण यस्ताे छ)

विपक्षी दलहरुकाे वैठक सुरु ,माधव नेपालकाे पनि उपस्थिति (कारण यस्ताे छ)

काठमाडौं : बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ । उक्त बैठकमा सत्तारुढ घटक नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन् । बैठकमा यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ । सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा थिए । यसअघि सत्ता गठबन्धन भत्काउन अध्यक्ष नेपाल र उपेन्द्र यादव मिलेर अघि बढेपछि जसपा नेपाल विभाजित बनेको थियो । अशोक राईले जसपा नेपाल फुटाएर जसपा गठन गरेपछि गठबन्धनमा…
Read More
गण्डकी का मुख्यमन्त्री पाण्डे ले लिए पद तथा गाेपनियताकाे शपथ

गण्डकी का मुख्यमन्त्री पाण्डे ले लिए पद तथा गाेपनियताकाे शपथ

काठमाण्डाै : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिनुभएको हो । गुरुङले अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको…
Read More
सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौ : सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गर्नुभएको हो । यो यो चालु आवको तुलनामा ६ दशमलव २ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा २१ दशमलव ५६ प्रतिशत धेरै हो ।चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१ दशमलव ३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५…
Read More
जनयुद्ध स्मृति भ्यु टावर रोल्पामा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

जनयुद्ध स्मृति भ्यु टावर रोल्पामा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

जनयुद्ध स्मृति भ्यु टावर लिबाङ सातदोबाटोमा नगरपालिका, नगर साहित्य, कला तथा साङ्गीत प्रतिष्ठान रोल्पाले आयोजना गरेको रोल्पा सिर्जना महोत्सवको पाँचौ संस्करण अन्तर्गत पाँचौ राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा देश भरीबाट १ सय ६३ जना कविहरुले कविता उपलब्ध गराएको र त्यसमध्ये उत्कृष्ट १० कवितालाई राष्ट्रिय प्रतियोगिताको लागि छनोट समितिले समावेश गरेको थियोे भने १० उत्कृष्ट कविलाई पछाडि पार्दै भट्टराई प्रथम हुनु भएको हो । १५० पूर्णाङ्कमा मुल्यांकन गरिएको कविता प्रतियोगितामा अविनाश भट्टराईले १२० अंक लिएर भट्टराई देशजस्तो शिर्षक कविताबाट प्रथम भइ नगद रु ४० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । नवलपरासीका अन्जान प्रतीकले ११७.५ अंक…
Read More
वैशाख १८ मा सपथ वहिष्कार गरेका मन्त्री शाहले आज लिए शपथ

वैशाख १८ मा सपथ वहिष्कार गरेका मन्त्री शाहले आज लिए शपथ

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले शपथ लिनुभएको छ । मन्त्री शाहलाई सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज एक कार्यक्रमका बीच प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभयो । नेकपा एमालेबाट मन्त्री बन्नुभएका शाहले यसअघि वैशाख १८ गते शपथ बहिष्कार गर्नुभएको थियो । उहाँले त्यतिखेर मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै शपथ लिनुभएको थिएन ।
Read More
नेपाली काङ्ग्रेसद्धारा सडक संघर्षकाे घाेषणा

नेपाली काङ्ग्रेसद्धारा सडक संघर्षकाे घाेषणा

काठमाडाैं :नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरी छानबिनको माग गर्दै काठमाडौंमा सडक प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम अपचलन गरेको आरोप लागेको उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफैँ गृहमन्त्री भएपछि आफूमाथि भइरहेको अनुसन्धान रोकेको र प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै संसदीय छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 'संसद्‌मा पहिले देखिनै कांग्रेसले यो माग राखेको छ । तर सरकारले बेवास्ता गरेको छ भने सभामुखले पनि तटस्थ भूमिका निभाएका छैनन्,' विश्वकर्माले कान्तिपुरसँग भने, 'सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ…
Read More
किन अमेरिकाले सन्दिपकाे भिसा रद्द गर्याे ,कारण यस्ताे छ

किन अमेरिकाले सन्दिपकाे भिसा रद्द गर्याे ,कारण यस्ताे छ

काठमाडौं :अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। 'नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो', लामिछानेले फेसबुकमा भनेका छन्, 'दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।'क्यानका सदस्य दुर्गा पाठकले पनि सन्दीपको भिसा जारी नभएको खबर प्राप्त भएको जानकारी दिए । उनले भने,…
Read More
नयाँ प्रतिभा खाेजका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम धनगढिमा सम्पन्न

नयाँ प्रतिभा खाेजका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम धनगढिमा सम्पन्न

धनगढी :धनगढि मा आज प्रगतिशील लेखक संघ नेपाल कैलालीको आयाेजनामा नयाँ प्रतिभा खाेजका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ कैलालीका संयाेजक ओम प्रकाश पुनकाे अध्यक्षता , केन्द्रीय सदस्य तिलकबहादुर सिंहको प्रमुख आतिथ्यता, जिल्ला सदस्यहरु दशरथ भट्टको सञ्चालन र दशर सिहं धामीकाे स्वागत मन्तव्यमा सम्पन्न तीस जना स्रष्टाले आ-आफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा गाेविन्द शाह, गाेपाल बुढा, गाेविन्द बुढा, बसन्ती साउद, किरण बिश्वकर्मा, प्रकाश खत्री , लभदेव धामी , हिरा मगर, पवन सुनार, बिनाेद सि, बिजय उपाध्याय , भुवन मिश्र, नवीन सापकोटा , देवकी ढुंगाना , सरिता बिष्ट…
Read More

चाैथाेपटक पनि विश्वासकाे मत पाउनेमा ढुक्क छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडाै : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे । ‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने…
Read More
संसदकाे गतिराेध नहटे अध्यादेशवाट अघिवढ्नुपर्ने अवस्था आउन सक्छ : सभामुख घिमिरे

संसदकाे गतिराेध नहटे अध्यादेशवाट अघिवढ्नुपर्ने अवस्था आउन सक्छ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमत राख्ने थलो बन्धक हुन नसक्ने बताएका छन् । नेपाल पत्रकार महांसघको चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले छलफलबाट निष्कर्षमा पुग्नुको विकल्प नभएको बताए ।उनले भने, ‘अहिले संसद बन्धक बनिरहेको छ, जनताका प्रतिनिधिहरुले जनताको अभिमत राखेर निर्णय गर्ने ठाउँ आज अवरुद्ध छ । संसद यसरी रोकिएर बस्न सक्दैन र हुँदैन पनि । यसले निर्णय लिनैपर्छ । निर्णय लिन सबैको साथ सहयोग पनि चाहिन्छ ।’ सभामुख घिमिरेले अहिले उत्पन्न मागहरु र त्यसलाई कसरी निष्कर्षमा पुर्‍याउन सकिन्छ भन्ने कुरामा सौहार्दपूर्ण ढंगबाट छलफल गरेर निकासमा पुग्नुपर्नेमा जोड दिए ।उनले थपे, ‘संसदका गतिविधि अगाडि बढ्न सकेन भने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search