२६ असार २०८२ ०७:०८
२६ असार २०८२ ०७:०८
काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार उनीहरू सबै सम्पर्कमा आएका छन् । “मैले हिजो राति १० बजेतिर सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृतसँग कुरा भएको थियो,” प्रमुख जिल्ला अधिकारी भने, “सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नु भएको छ । बिहान पनि सम्पर्क भएको छ । हामी काम सकेर फर्किंदै छौँ भन्नुभएको छ ।” नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका उनीहरू सम्पर्कविहीन भएको भन्दै थबाङ गाउँपालिकाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको थियो । प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, हरिश माझी (सहायक प्रशासन पाँचौँ), यज्ञप्रसाद कँडेल (सह–लेखापाल),…