२८ भाद्र २०८१ १०:१४
२८ भाद्र २०८१ १०:१४
बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना घाईते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवले जानकारी दिए। मृतक मध्य एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवले जानकारी दिनुभयो । दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न…