अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश समिति सम्मेलनको चहलपहल बढ्यो ।
जनयुद्धको इपि सेन्टर मानिएको तत्कालीन राप्ती क्षेत्र नै अहिले को लुम्बिनी प्रदेश हो । तत्कालीन स्थितिमा जनमुक्ति सेनाको कोटा मात्र होइन शहिदको कोटा पुरा गरेको र पार्टी संगठनको खम्बाको रूपमा स्थापित संगठन अखिल (क्रान्तिकारी ) थियो । ति इतिहास जस्तै आज फेरिएको परिस्थितिमा त्यो अभिभारा पुरा गर्न सक्ने नेतृत्व र संगठन निर्माण गर्न सक्छ कि सक्दैन भनेर चासोका साथ हेरिएको छ।
समाजवाद निर्माणका लागी सांस्कृतिक रुपान्तरण !समाजवादी शिक्षा प्राप्तिका लागि दोस्रो लुम्बिनी प्रदेशको सम्मेलन !! भन्ने मुल नाराका साथ माओवादी जनयुद्धको मुल प्रभाह मात्र होइन नेपाली राजनीतिको केन्द्र नेकपा ( माओवादी केन्द्र) भातृ संगठन अखिल (क्रान्तिकारी ) लुम्बिनी प्रदेश समितिको सम्मेलन दाङको घोराहीमा भाद्र २७ र २८ हुन लागेको छ।
लुम्बिनी प्रदेशका १२ अटै जिल्ला लगायत स्थानीय तहको उत्साहपुर्ण तरिकाले सम्मेलन सम्पन्न गतेपछि मात्र प्रदेश सम्मेलन हुन लागेको हो।


