रोल्पा -थवाङमा बन्दुकको बटले हानेर एक वृद्धको हत्या भएको छ |
रोल्पा जिल्ला थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लोबाङ जाजरकोट बस्ने अन्दाजी बर्ष ३५ को रामकुमार रोका मगर ( सन्ते)ले सोही गाउँ जाजरकोट निबासी बर्ष ७१ का सारु रोका मगर लाई बन्दुकको बटले टाउकोमा हानी आज दिउँसो अन्दाजी १२:३० समयमा हत्या गरेको ईलाका प्रहरी कार्यलय थवाङले जनाएको छ।
हत्यारा रामकुमार रोका मगर ( सन्ते) लाई प्रहरीले तत्काल नियन्त्रणमा लिए पनि घटना किन भएको हो भन्ने बारे पुरा विवरण खुलेको छैन । ईलाका प्रहरी कार्यलय घर्तीगाउँबाट मुद्दाको टोलि मुचुल्का उठाउन घटना स्थल तर्फ लागेको छ।


