Yug Post

अखिल (क्रान्तिकारी )लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन पुन र राजेन्द्र बिष्टको दाबी

Advertisement

अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश समिति सम्मेलन घोराहीमा सम्पन्न भएको छ।माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा र संगठनका केन्द्रिय अध्यक्ष पंचासिंङले मम्बती बालेर सम्मेलनको उद्घाटन गरेका हुन् ।
उद्घाटनमा बोल्दै महराले भने ´ हाम्रो पालामा विद्यार्थी संगठनको एउटा भुमिका थियो अहिले अर्को भुमिका छ । त्यो भुमिका तपाईहरुले खेल्नु सक्नुपर्छ । ` उनले भने ´मैले मेरो पालामा गर्न सक्ने सबै गरे अब तपाईहरु जस्ता युवाहरू अगाडी बढ्नु पर्छ `
अध्यक्ष पंचासिंहले सम्मेलनमा बोल्दै भने ´यो प्रदेश सम्मेलन जनयुद्धको इपि सेन्टर मानिएको तत्कालीन राप्ती क्षेत्र नै अहिले को लुम्बिनी प्रदेश हो । तत्कालीन स्थितिमा जनमुक्ति सेनाको कोटा मात्र होइन शहिदको कोटा पुरा गरेको र पार्टी संगठनको खम्बाको रूपमा स्थापित संगठन अखिल (क्रान्तिकारी ) थियो । ति इतिहास जस्तै आज फेरिएको परिस्थितिमा त्यो अभिभारा पुरा गर्न सक्ने नेतृत्व र संगठन निर्माण गर्न सक्षम बनोस् `
अर्को सन्दर्भमा उनले भने ´हिंसा सब्द बोल्न पाईन्छ भनेर संसदमा सभामुखले नै संसदीय मर्यादा र असंवैधानिक कदम चालेका छन् त्यसलाई नसचाए आन्दोलन मार्फत हामी सचाउँ छौं ।`

समाजवाद निर्माणका लागी सांस्कृतिक रुपान्तरण !समाजवादी शिक्षा प्राप्तिका लागि दोस्रो लुम्बिनी प्रदेशको सम्मेलन !! भन्ने मुल नाराका साथ उद्घाटन भएको सम्मेलनमा १२ जिल्लाका ३०० प्रतिनिधि प्रवेक्षक सहभागी छन् ।
हिजो उद्घाटन सम्पन्न भए लगत्तै बन्द सत्र सुरु भएको थियो तर फेरि आज बिहान ७ बजे सुरु हुने भनिएको छ।
प्युठानको राजेन्द्र विष्ट र रोल्पाको सुदर्शन पुनको अध्यक्षमा दाबी छ।सहमति भएन भन्ने चुनाव मार्फत चुनिने छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search