Skip to main content

Yug Post

प्रमुख समाचार

आजदेखि नेपाल संवत् ११४६ सुरु

आजदेखि नेपाल संवत् ११४६ सुरु

काठमाण्डाै –  आजदेखि नेपाल संवत् ११४६ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गर्नुभएको थियो । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवत्को अवसरमा विशेष कार्यक्रम हुँदैछन् । गरीब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।
Read More
थुप्रै आधार र नजिर नहेरी महरालाई कारागार चलान गरियो

थुप्रै आधार र नजिर नहेरी महरालाई कारागार चलान गरियो

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहसमा महराको तर्फबाट सुरुमा अधिवक्ता सोमनाथ सापकाेटाले बहस गरेका थिए मुरारी सापकोटाले महरालाई भेपमा सुन छ भन्ने अनुमानको भरमा अभियोजन गरिएको दाबी गरे ।  'कति परिमाणमा सुन जफत भएको हो त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन, मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियो’, उनले भने ।  'सुन तस्करीमा अभियोजन गर्दा यति परिणाममा सुन आएको थियो भनेर भन्न सकेको छैन । कुनै व्यक्तिले सुन थियो भनेको आधारमा मात्रै अभियोजन लिइएको छ,’ अधिवक्ता सापकोटाले भने, 'डेढ महिना जफत भएको भेप भन्सार कार्यालयमा राखेर अनुमानको भरमा मात्रै…
Read More
माओवादी भित्रको जेनजीले पार्टी पुनर्जागरण अभियान थालनी

माओवादी भित्रको जेनजीले पार्टी पुनर्जागरण अभियान थालनी

नेकपा (माओवादी केन्द्र) भित्रको नयाँ पुस्ता ‘जेनजी’ ले पार्टी पुनर्जागरण अभियानको थालनी गरेको छ। माओवादी पार्टीमा पहिल्यै देखी जमेर बसेको गुट, फुट र स्वार्थ समुहले प्रभावित बनाएको छ । यसलाई जेनजी आन्दोलनको राप र तापको बेला फाल्नु पर्ने महसुस गरेर माओवादी जेनजिले पहल गरेको छ। माओवादी पार्टी र माओवादी आन्दोलनलाई कमजोर बनाएको आरोप लगाउँदै यो पुस्ता माओवादीलाई फेरि एकीकृत र शक्तिशाली बनाउन मैदानमा उत्रिएको हो। अखिल (क्रान्तिकारी) नेतृ तथा पूर्व जनमुक्ति सेना सन्तान स्मृति तिमिल्सिनाको नेतृत्वमा सुरु गरिएको अभियान केही दिनमै देशका ७७ वटै जिल्लामा फैलिएको छ। उनले सामाजिक सञ्जालमार्फत माओवादीको बलिदान र मूल्य हाइज्याक भएको भन्दै अबको पुस्ताले त्यसको…
Read More
पार्टीका सबै तहहरूलाई उद्धार, सहयोग र राहत कार्यमा सक्रियता पूर्वक खटिन प्रचण्डको निर्देशन

पार्टीका सबै तहहरूलाई उद्धार, सहयोग र राहत कार्यमा सक्रियता पूर्वक खटिन प्रचण्डको निर्देशन

प्रचण्डले पार्टीका सबै तहहरूलाई उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिएका छन् । प्रचण्डले सामाजिक संजाल फेसबुक मार्फत निर्देशन द दिदै भनेका छन् ´ यहि असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी भेगमा पहिरो खस्ने तथा तराई क्षेत्रमा डुबानको समस्या तीव्र रूपमा बढ्ने देखिएको छ। आज (शनिवार) सम्म कतिपय स्थानमा वर्षाको मापन ३०० मिलिमिटरभन्दा बढी पुगेको छ, र यो क्रम अझै जारी रहने अनुमान गरिएको छ। यी चार दिनको वर्षा सामान्य नभई उच्च जोखिम बढाउने प्रकृतिको भएको देखिन्छ।` उनले भनेका छन् ´कतिपय नदीले खतराको रेखा पार गरिसकेका छन्। लगातार पानी परिरहेकाले…
Read More
अनन्तको प्रतिक्रिया : आवश्यकता परे नेतृत्व लिन र आवश्यकता सबै त्याग पनि तयार

अनन्तको प्रतिक्रिया : आवश्यकता परे नेतृत्व लिन र आवश्यकता सबै त्याग पनि तयार

११ असोज, काठमाडौं । वर्षमान पुन अनन्तले दोस्रो तेस्रो पुस्ता आउनु पर्‍यो भन्ने बाताबरण बन्यो भने मात्र अगाडी बढ्ने नत्र आफू त्याग गर्न तयार भएको बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पुनले राजनीतिक अभिभावकको रुपमा प्रचण्ड रहने भए पनि संगठनको नेतृत्वको रुपमा अघि नबढ्ने बताएका हुन् । ‘कमरेड प्रचण्ड विशेष महाधिवेशनमा अध्यक्षको रुपमा रहनुहुन्नँ, उहाँ प्रतिस्पर्धामा नै आउनुहुन्नँ । उहाँले भनिसक्नुभएको छ, उहाँले प्रतिस्पर्धा नै गर्नुहुन्नँ,’ पुनले प्रष्ट भनेका छन्, ‘उहाँको भूमिका अलग होला, राजनीतिक अभिभावकको रुपमा रहनुहोला । तर, संगठनको रुपमा उहाँ अध्यक्ष बनेर प्रतिस्पर्धा गर्नुहुन्नँ प्रचण्डपछि दोस्रो तहका नेताहरू आउनुपर्‍यो भनेको खण्डमा आफूहरू…
Read More
मेयर्स फाेरमले सिहंदरबार पुन: निर्माणमा  गर्याे ५ करोड सहयोग

मेयर्स फाेरमले सिहंदरबार पुन: निर्माणमा गर्याे ५ करोड सहयोग

जेन–जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका सिंहदरबार र प्रहरी कार्यालय पुनर्निर्माणका लागि काठमाडौं उपत्यका मेयर्स फोरमले आर्थिक सहयोग गर्ने भएको छ । फोरमको बिहीबारको बैठकले सिंहदरबार पुनर्निर्माणमा पाँच करोड र उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुनर्निर्माण गर्न एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । ललितपुर महानगरका मेयरसमेत रहेका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले पहिलो चरणमा सिंहदरबार र प्रहरी कार्यालय पुनर्निर्माण गर्न सहयोग गर्ने निर्णय भएको बताए । ‘नागरिकलाई शान्तिसुरक्षा प्रत्याभूत गराउने प्रहरी कार्यालयमा आगजनी भएको छ । सिंहदरबार पनि जलेको छ,’ उनले भने, ‘हामी सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड दिन्छौँ ।’ उनका अनुसार यो रकम फोरमको खातामा मौज्दात रहेको रकमबाट सम्बन्धित निकायलाई…
Read More
लुङ्ग्री गाउँपालिका रोल्पाको  नवनिर्मित प्रशासकीय  भवनको औपचारिक उदघाट्न

लुङ्ग्री गाउँपालिका रोल्पाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक उदघाट्न

रोल्पा । लुङ्ग्री गाउँपालिकाको आफ्नै नवनिर्मित प्रशासकीय भवनको औपचारिक उदघाट्न भएको छ। गाउँपालिकाले प्रशासकीय भवन निर्माणको लागि स्मृति विशाल नारायण जेभीसँग २०७९ पुस २० देखि काम सुरु गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले उक्त मितिदेखि दुई वर्षभित्र काम सक्ने गरी सम्झौता गरेको थियो । सो निर्माण कम्पनीले २०८१ पुस २० मै सम्ता अवधि भित्रै कार्य सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले बताएका छन् । निर्माण व्यवसायीसँग ७ करोड ४३ लाख ८४ हजारमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएकोमा कार्यसम्पादन पश्चात प्राविधिक मूल्याङ्कन ६ करोड ९२ लाख ३ हजार रकम मात्र भुक्तानी पाएका छन् समितिबाट ४७ लाख…
Read More
बङ्गलाचुली–१ मा क्यान्सर पीडित गौतमलाई सहयोग हस्तान्तरणको  तयारी

बङ्गलाचुली–१ मा क्यान्सर पीडित गौतमलाई सहयोग हस्तान्तरणको तयारी

दाङ — बङ्गलाचुली गाउँपालिका–१ स्युजा खाडाकी क्यान्सर पीडित महिला तुलसा गौतमको उपचारमा सहयोग पुर्‍याउन प्रवासी एकता समाज बङ्गलाचुली–१, दाङले सञ्चालन गरेको सहयोग अभियानबाट करिब ९९ हजार ५ सय ४४ रुपैयाँ संकलन भएको छ। संस्थाका अध्यक्ष निमराज घर्ती, कोषाध्यक्ष बिक्रम भट्टराईलगायत सामाजिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको प्रत्यक्ष उपस्थितिमा पारदर्शी ढङ्गले संकलित रकम हस्तान्तरण गरिने प्रवासी एकता समाजका सचीव भेष राज खनालले जानकारी दिनु भो। तुलसा गौतम उपचारको क्रममा चितवन गएका कारण तोकिएको समयमा रकम हस्तान्तरण गर्न नसकिएको भए पनि हाल उनी घर फर्किएको जानकारी पाएपछि अब छिट्टै रकम बुझाइने बताइएको छ। यस अभियानमा देश–विदेशमा रहेका विभिन्न व्यक्तिहरूले सहयोग गरेका छन्। संस्थाले सहयोग…
Read More
घोराहीमा ५०० शैयाको संजिवनी हस्पिटल भोलि ६ गते देखी संचालन हुँदै

घोराहीमा ५०० शैयाको संजिवनी हस्पिटल भोलि ६ गते देखी संचालन हुँदै

घोराही उपमहानगरपालिका–३, बरगदवा, भानपुरमा ४ अर्बको लगानीमा निर्माण भएको संजीवनी शिक्षण अस्पताल यही असोज ६ गते औपचारिक रूपमा उद्घाटन हुँदै यश अवसरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । अस्पतालका सीईओ दीपक रोकाले घटस्थापनाको शुभ अवसर पारेर हुने उक्त उद्घाटन कार्यक्रममा सबैलाई उपस्थित भई साथ र सहयोग प्रदान गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार संजीवनी अस्पताललाई आधुनिक प्रविधियुक्त, गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । चार अर्ब रुपैयाँको ठूलो लगानीमा निर्माण गरिएको सो अस्पतालमा प्रारम्भिक चरणमै अत्याधुनिक उपकरणसहित विभिन्न ५०० शैयाको सुविधा उपलब्ध गराइने बताइएको छ । अस्पतालले विशेष गरी दाङसहित सम्पूर्ण…
Read More
जेनजिले राखेको माग हामीले १० वर्ष पहिले नै राखेको हो : प्रचण्ड

जेनजिले राखेको माग हामीले १० वर्ष पहिले नै राखेको हो : प्रचण्ड

जेनजिले राखेको माग हामीले १० वर्ष पहिले नै राखेको बताएका छन् । जेनजी आन्दोलनकारी लाई स्मरण गराउदै प्रचण्डले भने " १० वर्ष अघि हामीले दर्ज गरेको फरक मत र अहिले जेनजी आन्दोलनले राखेका मागमा समानता छ।" "त्यतिखेर संविधान सभामा हाम्रो संख्या पुगेन हामी सम्झौता गर्नु पर्‍यो तर हामीले हाम्रा असहमतिहरुलाई लिखित र फरक मतको रुपमा इतिहासको अदालतमा दर्ज गरेका छौँ " अहिले जेनजिले मागेका प्रत्यक्ष कार्यकारी हाम्रो त्यतिबेलाको सबैभन्दा मुख्य फरक मत थियो । माओवादीले भनेको अन्य दलले मानेको भए अहिले जेनजिले रगत बगाउनु पर्ने थिएन देशले फड्को मारेको हुनेथियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search