Yug Post

मेयर्स फाेरमले सिहंदरबार पुन: निर्माणमा गर्याे ५ करोड सहयोग

Advertisement

जेन–जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका सिंहदरबार र प्रहरी कार्यालय पुनर्निर्माणका लागि काठमाडौं उपत्यका मेयर्स फोरमले आर्थिक सहयोग गर्ने भएको छ । फोरमको बिहीबारको बैठकले सिंहदरबार पुनर्निर्माणमा पाँच करोड र उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुनर्निर्माण गर्न एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

ललितपुर महानगरका मेयरसमेत रहेका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले पहिलो चरणमा सिंहदरबार र प्रहरी कार्यालय पुनर्निर्माण गर्न सहयोग गर्ने निर्णय भएको बताए । ‘नागरिकलाई शान्तिसुरक्षा प्रत्याभूत गराउने प्रहरी कार्यालयमा आगजनी भएको छ । सिंहदरबार पनि जलेको छ,’ उनले भने, ‘हामी सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड दिन्छौँ ।’

उनका अनुसार यो रकम फोरमको खातामा मौज्दात रहेको रकमबाट सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ । उपत्यकामा १८ स्थानीय तह फोरममा आबद्ध छन् । अध्यक्ष महर्जनका अनुसार उपत्यकाका प्रहरी वृत्त, प्रभाग र चौकी तथा स्थानीय तहको भवन पुनर्निर्माणका लागि क्षतिको विवरण हेरेर आर्थिक सहयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search