Yug Post

बङ्गलाचुली–१ मा क्यान्सर पीडित गौतमलाई सहयोग हस्तान्तरणको तयारी

Advertisement

दाङ — बङ्गलाचुली गाउँपालिका–१ स्युजा खाडाकी क्यान्सर पीडित महिला तुलसा गौतमको उपचारमा सहयोग पुर्‍याउन प्रवासी एकता समाज बङ्गलाचुली–१, दाङले सञ्चालन गरेको सहयोग अभियानबाट करिब ९९ हजार ५ सय ४४ रुपैयाँ संकलन भएको छ।

संस्थाका अध्यक्ष निमराज घर्ती, कोषाध्यक्ष बिक्रम भट्टराईलगायत सामाजिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको प्रत्यक्ष उपस्थितिमा पारदर्शी ढङ्गले संकलित रकम हस्तान्तरण गरिने प्रवासी एकता समाजका सचीव भेष राज खनालले जानकारी दिनु भो।

तुलसा गौतम उपचारको क्रममा चितवन गएका कारण तोकिएको समयमा रकम हस्तान्तरण गर्न नसकिएको भए पनि हाल उनी घर फर्किएको जानकारी पाएपछि अब छिट्टै रकम बुझाइने बताइएको छ।

यस अभियानमा देश–विदेशमा रहेका विभिन्न व्यक्तिहरूले सहयोग गरेका छन्। संस्थाले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कतै रकम वा नाममा त्रुटि भए सच्याउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search