Yug Post

अनन्तको प्रतिक्रिया : आवश्यकता परे नेतृत्व लिन र आवश्यकता सबै त्याग पनि तयार

Advertisement

११ असोज, काठमाडौं । वर्षमान पुन अनन्तले दोस्रो तेस्रो पुस्ता आउनु पर्‍यो भन्ने बाताबरण बन्यो भने मात्र अगाडी बढ्ने नत्र आफू त्याग गर्न तयार भएको बताएका छन् ।

शुक्रबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पुनले राजनीतिक अभिभावकको रुपमा प्रचण्ड रहने भए पनि संगठनको नेतृत्वको रुपमा अघि नबढ्ने बताएका हुन् ।

‘कमरेड प्रचण्ड विशेष महाधिवेशनमा अध्यक्षको रुपमा रहनुहुन्नँ, उहाँ प्रतिस्पर्धामा नै आउनुहुन्नँ । उहाँले भनिसक्नुभएको छ, उहाँले प्रतिस्पर्धा नै गर्नुहुन्नँ,’ पुनले प्रष्ट भनेका छन्, ‘उहाँको भूमिका अलग होला, राजनीतिक अभिभावकको रुपमा रहनुहोला । तर, संगठनको रुपमा उहाँ अध्यक्ष बनेर प्रतिस्पर्धा गर्नुहुन्नँ

प्रचण्डपछि दोस्रो तहका नेताहरू आउनुपर्‍यो भनेको खण्डमा आफूहरू अघि बढ्ने अन्यथा पद त्याग्न तयार रहने पनि उनले बताए ।

‘हामी चाहीँ त्यहाँसम्म बहस गर्दैछौं । दोस्रो, तेस्रो पुस्ताका साथीहरू आउनुपर्‍यो भनेर वातावरण बनेको अवस्थामा मात्रै आउँछौं,’ पुनले भने, ‘नत्र हामी आफ्नो तर्फबाट पनि त्याग गर्न तयार छौं । देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ, अहिलेको भन्दा अझै राम्रो देश, नेता र परिवेश बनोस् ।’

देश र व्यवस्था बचाउनका लागि आफूहरू पद छाड्न तयार भएको उनको भनाइ छ ।

‘अब हामी पद, प्रतिष्ठा छाड्न तयार छौं । तर, देश र व्यवस्था बच्नुपर्छ । यो हामी सबैको संकल्प हो,’ पुनले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search