Skip to main content

Yug Post

प्रमुख समाचार

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु १२ जना घाइते

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु १२ जना घाइते

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु र १२ जना घाइतेका छन् । आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो।कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो।  पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए। 
Read More
कोशी प्रदेशका मानव तस्कर आरोपित   निवर्तमान मन्त्री  लिलाबल्लभ अधिकारी  पक्राउ

कोशी प्रदेशका मानव तस्कर आरोपित निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

सर्लाही —कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् । गृहमन्त्रालय स्रोतका अनुसार उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं लगिदैछ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको व्यापक आलोचना भइरहेको थियो ।
Read More
काठमाडौं महानगरद्वारा ४६ ठाउँमा फुलका माला बिक्रीका लागि व्यवस्थापन

काठमाडौं महानगरद्वारा ४६ ठाउँमा फुलका माला बिक्रीका लागि व्यवस्थापन

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री/वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री/वितरणको व्यवस्थापन गरेको छ । प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री/वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ । गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने ठाउँ मिलाएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल बिक्रेता किसानलाई सहज बनाउन आवश्यक पहल गरिएको मेयर बालेन्द्र शाहले बताउनुभयो । त्यस्तै व्यापारीलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्री/वितरण नगर्न महानगरले अनुरोध गरेको छ । लुकीछिपी बिक्री…
Read More
विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो :प्रचण्ड

विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो :प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गरेका छन्। आज काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन उनले यस्तो प्रश्न गरेका हुन्।  उनले नक्कली भूटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बालमन्दिरलगायतका काण्ड कहाँ पुग्यो भनेर प्रश्न गर्दै भने, ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो।’ आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सच्याउन आग्रह गरे। ‘नत्र संसद र सडकमा तपाईंले त्यो प्रतिरोध देख्नुपर्ने छ, जसको तपाइँहरूले कल्पना गर्नुभएको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा…
Read More
भृकुटीमण्डपमा सरकार विरुद्धको  खबरदारी सभा चलिरहेको छ।

भृकुटीमण्डपमा सरकार विरुद्धको खबरदारी सभा चलिरहेको छ।

काठमाडौँ— नेकपा( माओवादी केन्द्र)ले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । माओवादी हरायो भन्नेहरूलाई एकैपटक सबै शिर्ष नेताहरू हजारौं जनताको साथमा काठमाडौको रोडमा देखिए फेरि माओवादी आयो भनेर जवाफ् दिएका छन् । सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मालगायत पदाधिकारी र नेताहरु सहभागी छन् । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गर्दै खबरदारी सभा गरेको हो । त्यस्तै…
Read More
दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुईको मृत्यु तीन गम्भीर घाइते

दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुईको मृत्यु तीन गम्भीर घाइते

दाङ, १० कार्तिक । दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु ३ जना गम्भीर घाइते भएका छन् । रोल्पाको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर ३ साततलेमा दुर्घटनामा हुँदा चालक दंगीशरण गाउँपालिका ४ बैबाङ निवासी २२ वर्षीय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो l इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शनिबार बिहान साढे ३ बजेतिर दुर्घटनामा हुँदा जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । जिपमा ५…
Read More
केपी ओली नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेका  महत्त्वपूर्ण उपलब्धिहरू(पुर्ण पाठ)

केपी ओली नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेका महत्त्वपूर्ण उपलब्धिहरू(पुर्ण पाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै भने, ‘सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन् । बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।’ सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना…
Read More
सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सरकारका काम कारबाहीबारे समीक्षा गर्न सत्तारुढ दलको बैठक बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री ओलीले बोलाएको गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्। बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारीलगायतका मन्त्री तथा नेताहरु पनि सहभागी छन्।  बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। प्रधानमन्त्रीओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन्। उनले सार्वजनिक गर्नु अगाडि…
Read More
रोल्पाको रुन्टीगढीमा शिक्षकले  विद्यार्थीको हात भाँचिदिएको घटना २ महिना पछि सार्वजनिक

रोल्पाको रुन्टीगढीमा शिक्षकले विद्यार्थीको हात भाँचिदिएको घटना २ महिना पछि सार्वजनिक

रोल्पाको रुन्टीगढी गाउँपालिकामा दुई महिना अगाडी शिक्षकले नाबालक विद्यार्थीको हात भाँचिदिएको घटना बाहिरीएको छ। मंगलबार रोल्पाको सदरमुकाम लिबाङम पत्रकारहरुसँग कुरा गर्दै रुन्टीगढी गाउँपालिका वडा नं. ९ सखी घर भएका रेशमबहादुर विश्वकर्माले १० वर्षीय छोरा विराज विकको शिक्षकले कुटेर हात भाँचिदिएको आरोप लगाएका छन् । स्थानीय सरस्वती आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत विराजलाई शिक्षक चन्द्रज्योती सेजवालले कुटपिट गरेको आरोप छ । गत भदौ ६ गते विद्यालय समयमा कक्षा ४ मा पढाईरहेका शिक्षक सेजुवालले कक्षाबाट बाहिर निस्केका विराजलाई टाउकोमा समाएर हातले पिट्दै ढकेल्ने क्रममा सिमेन्टको पिँढीमा ठोक्किन गइ हात भाँचिएको बुवा रेशमबहादुर विश्वकर्माले बताए । आरोपित शिक्षक तथा सोही विद्यालयका प्रधानाध्यापक…
Read More
दशैकाे अवधिमै दाङमा ४८ जुवाडे पक्राउ

दशैकाे अवधिमै दाङमा ४८ जुवाडे पक्राउ

दाङ – दाङमा दशैँको अवधिमा ४८ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले असोज महिनामा १२ दिनको अवधिमा जुवा खेल्ने र खेलाउने ४८ जनालाई पक्राउ गरेको हो । असोज १६ गतेदेखि २७ गतेसम्म जुवा खेलेको र खेलाएको आरोपमा ४८ जनालाई पक्राउ गरेको र जुवाको खालबाट पाँच लाख २७ हजार ६ सय १० रुपैयाँ बरामद भएको छ । प्रहरीकाअनुसार असोज १६ गते ७ जना पक्राउ पर्दा ५८ हजार चार सय ५५ रुपैयाँ बरामद भएको छ । यस्तै असोज १८ गते आठ जना पक्राउ गर्दा एक लाख ७२ हजार पाँच सय ८५, असोज २२ गते पाँच जना पक्राउ पर्दा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search