Yug Post

दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुईको मृत्यु तीन गम्भीर घाइते

Advertisement

दाङ, १० कार्तिक । दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु ३ जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर ३ साततलेमा दुर्घटनामा हुँदा चालक दंगीशरण गाउँपालिका ४ बैबाङ निवासी २२ वर्षीय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो l

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शनिबार बिहान साढे ३ बजेतिर दुर्घटनामा हुँदा जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

जिपमा ५ जना सवार थिए । अन्य तीन जना पनि गम्भीर घाइते छन् । घाइते हुनेमा सल्यान कपुरकोट गा.पा.६ निवासी ३१ बर्षीया  देवा वली , उनका छोरा  १३ बर्षिय महेश वली  र  उनका १० बर्षीय छोरा जिवन वली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search