Yug Post

रोल्पाको रुन्टीगढीमा शिक्षकले विद्यार्थीको हात भाँचिदिएको घटना २ महिना पछि सार्वजनिक

Advertisement

रोल्पाको रुन्टीगढी गाउँपालिकामा दुई महिना अगाडी शिक्षकले नाबालक विद्यार्थीको हात भाँचिदिएको घटना बाहिरीएको छ।

मंगलबार रोल्पाको सदरमुकाम लिबाङम पत्रकारहरुसँग कुरा गर्दै रुन्टीगढी गाउँपालिका वडा नं. ९ सखी घर भएका रेशमबहादुर विश्वकर्माले १० वर्षीय छोरा विराज विकको शिक्षकले कुटेर हात भाँचिदिएको आरोप लगाएका छन् । स्थानीय सरस्वती आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत विराजलाई शिक्षक चन्द्रज्योती सेजवालले कुटपिट गरेको आरोप छ ।

गत भदौ ६ गते विद्यालय समयमा कक्षा ४ मा पढाईरहेका शिक्षक सेजुवालले कक्षाबाट बाहिर निस्केका विराजलाई टाउकोमा समाएर हातले पिट्दै ढकेल्ने क्रममा सिमेन्टको पिँढीमा ठोक्किन गइ हात भाँचिएको बुवा रेशमबहादुर विश्वकर्माले बताए । आरोपित शिक्षक तथा सोही विद्यालयका प्रधानाध्यापक नरेन्द्र डिसीले घटनाबारे बाहिर कुरा नलैजान र बरु चेकजाँच तथा उपचारका लागि सबै मिलेर पहल गर्ने गरी अन्य कानूनी कुरा अघि नबढाइएको रेशमको भनाई छ ।

सुरुमा उपचारका लागि भन्दै शिक्षक सेजुवालले दशहजार रकम समेत दिएको रेशम बताउँछन् । उनका अनुसार होलेरीमा एक्सरे गरेपछि भाँचिएको निश्चित भएको र त्यसलगत्तै अपरेशनका लागि नेपालगञ्ज पुयाइएको थियो । नेपालगञ्जको वेस्टन हस्पिटल प्रालिमा अपरेशन गरिएको थियो ।

उपचारका लागि सुरुमा दिएको दश हजारले नपुग्ने भएपछि थप रकम पीडकबाट माग गरिएको थियो । पछि आरोपित शिक्षक आफै भदौ १० गते नेपालगञ्ज पुगेर करिब एकलाख बराबरको उपचार खर्च भुक्तानी गरेको रेशम स्वयम् स्वीकार गर्छन् । अपरेशन गरेर फर्किएपछि १४ गते प्रहरीमा जाहेरी दिनखोज्दा नलिएको र उपचार खर्च व्यहोरिसकेपछि कुरा मिलिसकेको भन्दै दुईपक्ष मिल्न दबाब दिएको रेशमबहादुर विश्वकर्माको भनाई छ । ‘जाहेरी दिन म १० गते र १८ गते दुईपटक इलाका प्रहरी कार्यालय होलेरीमा गएँ तर प्रहरी, शिक्षक, जनप्रतिनिधि सबैले मिल्नैपर्ने दबाब दिए’ रेशमले भने, ‘कुट्ने शिक्षकले कानूनी कार्वाही भोग्नुपर्छ भनेर मैले धेरै हारगुहार गरेँ तर कतैबाट सहयोग पाइनँ ।’

उनले इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरकारी वकील कार्यालय र प्रदेश प्रहरी कार्यालयमा समेत पुग्दा पनि कसैले कुरा नसुनेको गुनासो गरे । रेशमका अनुसार इलाका प्रहरी कार्यालयमा रहेका प्रहरी निरीक्षक रोहित कुमार शाही घटनालगत्तै जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारीका रुपमा रहेको र उनले नै जाहेरी लिन अस्वीकार गर्दै आएको आरोप लगाए । सरकारी वकील कार्यालयमा बुझ्न जाँदा त्यहाँ पनि प्रहरी निरीक्षक शाही पुगेर प्रक्रिया अघि बढ्न नदिएको उनको आरोप छ । प्रदेश प्रहरी कार्यालयले पनि जिल्लामा बुझ्छौं भनेर फर्काएको रेशम बताउँछन् । उनले प्रहरीले जाहेरी नलिएको भन्दै नलिनुको कारणबारे आफूलाई जानकारी दिनुपर्ने माग गरे ।

यता जिल्ला प्रहरी कार्यालय रोल्पाले भने घटनाको विषयमा धेरै पटक छलफल भइसकेको र सम्पूर्ण उपचार खर्च शिक्षकले व्यहोर्ने गरी दुईपक्षबीच मौखिक मिलापत्र भइसकेको बताएको छ । उता विद्यालयले भने विद्यार्थीलाई कुटपिट भन्दा पनि सम्झाएको र पटकपटक बाहिर निस्किँदै हल्ला गर्न थालेपछि हप्काउन खोज्दा आफै हडबडाएर पिँढीमा पछारिएर हात भाँचेको स्पष्टिकरण दिएको छ । गलत नियतका साथ भन्दा पनि संयोगवस् त्यस्तो घटना घट्न गएको र शिक्षकले सम्पूर्ण उपचार खर्च समेत व्यहोरिसकेको हुँदा यस विषयलाई धेरै नउचाल्न विद्यालय प्रशासनले बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search