Yug Post

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सरकारका काम कारबाहीबारे समीक्षा गर्न सत्तारुढ दलको बैठक बालुवाटारमा जारी रहेको छ।

प्रधानमन्त्री ओलीले बोलाएको गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्। बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारीलगायतका मन्त्री तथा नेताहरु पनि सहभागी छन्। 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। प्रधानमन्त्रीओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन्। उनले सार्वजनिक गर्नु अगाडि बैठकमा छलफल गर्न लागेका हुन्। 

उता प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आमजनता पार्टीले सत्ता गठबन्धन दल कांग्रेस-एमालेले मुलुकका समस्या समाधान नगरी सरकार टिकाउने ध्यानमा लागेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले ‘दुई दलीय तानाशाही लाद्न, अन्य दललाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका थिए । उक्त विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search