Skip to main content

Yug Post

प्रमुख समाचार

ताेसिमा कार्कीको उम्मेदवार खारेजीको निर्णय सर्वोच्चद्वारा बदर

ताेसिमा कार्कीको उम्मेदवार खारेजीको निर्णय सर्वोच्चद्वारा बदर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई आज बदर गरेको हो । विसं २०७९ मा भएकाे प्रतिनिधिसभा चुनावमा ललितपुर क्षेत्र नम्बर–३ बाट उम्मेदवार हुँदा कार्कीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य भई लाभ लिइरहेको र त्यो पदबाट राजीनामा नदिई उम्मेदवार भएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेपछि कार्कीले सर्वोच्चमा रिट दिनुभएको थियो । त्यो रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासबाट यसअघि अन्तरिम आदेश जारी भएको थियो ।
Read More
स्ववियु चुनाव :सल्यानमा दुई गठबन्धन र अखिल समाजवादीकाे एकल उम्मेदवारी

स्ववियु चुनाव :सल्यानमा दुई गठबन्धन र अखिल समाजवादीकाे एकल उम्मेदवारी

२७ फागुन, सल्यान । आगामी ५ चैतमा हुने निर्वाचनका सल्यानमा दुईवटा छुट्टाछुट्टै  गठबन्धन र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल समाजवादी   एकल प्रतिस्पर्धामा उत्रिएको छ । अखिल समाजवादीले सल्यान बहुमुखी क्याम्पसमा राजेन्द्र खड्का सभापतिका उम्मेदवार छन भने फारुला बहुमुखी क्याम्पसमा निशान देवकोटाले सभापतिमा उम्मेदवार दिएको उक्त संगठन केन्द्रीय सदस्य तथा सभापति पदका उम्मेदवार  राजेन्द्र खड्काले जानकारी दिएका छन ।  दुई गठबन्धन सहित एकल प्रतिस्पर्धामा उत्रिएको अखिल समाजवादीले  मंगलबार  मनोनयन दर्ता गराएका हाे । अखिल समाजवादी सल्यान जिल्ला समितिले आज एक प्रेस वक्तव्य  जारी गर्दै वार्ता  संवाद रचनात्मक तालमेलमा खुल्ला रहदै एकल रुपमा चुनाव सहभागी हुने कुरा उक्त संगठनका जिल्ला…
Read More
दरबन्दी कटौती गर्दै दरबन्दी सूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट झन्डा वितरण गरिनु विवादित विषय बनेको छ।

दरबन्दी कटौती गर्दै दरबन्दी सूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट झन्डा वितरण गरिनु विवादित विषय बनेको छ।

टेक मगर ,रोल्पा - रोल्पाको त्रिवेणीमा स्थानीय सरकारले कटौती गर्दै झन्डा वितरण गर्न खोज्नुले शिक्षामा असर पार्दै छ। प्रा.वि विद्यालयहरूमा दरबन्दी कटौती गर्दै दरबन्दीसूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट झन्डा वितरण गरिनु विवादित विषय बनेको छ। स्थानीय शिक्षा प्रेमीहरूका अनुसार दरबन्दी कटौती गरी विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि मूल्यांकनको नाममा झन्डा वितरण गर्नु निरर्थक छ। "मुख्य कुरा गुणस्तरीय शिक्षा हो, दरबन्दीको अभावमै मूल्यांकन गर्नुले के अर्थ राख्छ?" एक विद्यालय प्रधानाध्यापक भन्छन्, "यो त केवल भत्ता पचाउने खेल मात्र हो।" विद्यालयहरूले अंक प्राप्त गर्न हतारहतारमा बनावटी तयारी गर्नुपर्ने बाध्यता रहेको शिक्षासँग जोडिएका सरोकारवालाहरू बताउँछन्। "हामी अंक प्राप्त गर्न होइन, वास्तविक गुणस्तर…
Read More
म्याग्दी र बाग्लुङमा छुट्टाछुट्टै भुकम्प

म्याग्दी र बाग्लुङमा छुट्टाछुट्टै भुकम्प

काठमाण्डाै – आज बिहान म्याग्दी र बाग्लुङमा भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेटमा म्याग्दीको मुरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । म्याग्दीमा भूकम्पको धक्का महसूस भएको ३ घण्टापछि बाग्लुङमा पनि भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमा बाग्लुङको खुखानीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि गएको १६ गते सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Read More
जसपा नेपालका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

जसपा नेपालका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

आज सर्लाहीमा जसपाका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका छन् । झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट उदघाटन हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन भएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले नेतृत्व गरेका छन् । अभियानले साच्चिकै तराई -मदेसमा जागरण लिएको छ। प्रत्येक जिल्लामा मर्निङ वाक ,खबरदारी सभा ,सहिद परिवार भेटघाट ,सहिद परिवारकै घरमा खाना तथा बास बस्ने र हजारौंको संख्यामा पार्टी प्रवेशको लहर चलाएका छन् । आज सर्लाहीमा जसपा नेपाल को कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका छन् ।उनलाई प्रचण्डले नै पार्टीमा…
Read More
विकासको काममा भएको यो प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु  –  वर्षमान पुन

विकासको काममा भएको यो प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु – वर्षमान पुन

टेक मगर ,रोल्पा - नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले घोराही–रोल्पा–रुकुमहुँदै डोल्पा जोड्ने शहीद मार्गको बजेट कटौती गरेर जनतासँग देखाएको प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति निन्दा गरेका छन् । केपि ओली सरकारको बजेट कटौती विरुद्ध निवर्तमान अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा होलेरीमा विरोध सभा भएको हो। नेकपा (माओवादी केन्द्र )का पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा रोल्पाका एक मात्र प्रतिनिधि सभा सदस्य माननीय वर्षमान पुन नेतृत्वको अर्थमन्त्रालयले रोल्पा जिल्लाको रणनैतिक महत्त्वका योजनाहरुमा छुटाएको बजेट केपि ओली नेतृत्वको सरकारले कटौती गरेको बिरोधमा माओवादीले होलेरीमा बिरोध सभा गरेको हो। फागुन १९ गते बसेको माओवादी जिल्ला समन्वय समितिको निर्णय अनुसार सहिद मार्ग अन्तर्गतको…
Read More
तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस जनतासँग  गल्ती भयो भनेर  : वर्षमान पुन

तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस जनतासँग गल्ती भयो भनेर : वर्षमान पुन

माओवादी उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले सगरमाथा सिमेन्टको साहु पि यल साँघाईसँ चुनावको ऋण तिर्न त्रिवेणी गापा अध्यक्ष कर्ण बहादुर बाठा र उपाध्यक्ष लेखमनी डाँगीले २ करोड मागेमा अब उहाँहरुले जनतासँग माफिमाग्नु पर्ने बताएका छन् । सहिद मार्गको बजेट कटौतीको विरुद्ध माओवादीले होलेरीमा आयोजना गरेको बिरोध कार्यक्रममा त्यस्तो बताएका हुन् । पुनने ´एक वटा उद्योगले २/४ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिन्छ भने अप्रत्यक्षरूपमा हजारौं मानिसलाई रोजगार दिएको हुन्छ ।` उधोगीलाई सहयोग गर्नुपर्ने भन्ने भाव राख्दै उनले भने ´त्यस्तो खालको हुनुपर्नेमा हाम्रो जनप्रतिनिधिहरुको ब्येजेत भैरहेको छ। यो कुरा मिडियाहरुमा उठिरा छ।` ´जुनसुकै पार्टीको जनप्रतिनिधिलाई के अनुरोध छ भने कमसेकम विकास…
Read More
रोल्पा नगरपालिकाको नयाँ प्रशासकीय  भवनको  उद्घाटन निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गर्ने

रोल्पा नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गर्ने

टेक मगर , रोल्पा - रोल्पा नगरपालिकाको नयाँ प्रशासकीय भवनको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा उद्घाटन गरिनेभएको छ । २०८१ फागुन २३ गते उद्घाटन गर्ने गरि आज १८ गते देखी नै कार्यालयका सामाग्रीहरु सार्ने कार्य भईरहेको नगरपालिकाले जनाएको छ । फागुन १८ आज देखि नगरपालिकाको अत्यावश्यक सेवाहरु नव निर्भित प्रशासकीय भवनबाट सुचारु गरिनेभएको छ । कार्यालय उद्घाटन पश्चात नव निर्मित प्रशासकीय भवन उक्त कार्यालयबाट नियमित सेवा प्रवाह गरिने पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार थापाद्वारा हस्ताक्षर सूचनामा उल्लेख छ । सहिद प्रतिष्ठानको भवन भाडामा लिएर सेवा दिई रहेको मा नगरपालिकाले रोल्पा नगरपालिका २ नम्बर…
Read More
भूमि अध्यादेशको पक्षमा मतदान गर्न संसदलाई १० करोडको अफर

भूमि अध्यादेशको पक्षमा मतदान गर्न संसदलाई १० करोडको अफर

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सांसदहरुलाई ५ करोडदेखि १० करोडसम्म अफर गर्दै हिँडेको बताएकी हु्न् । राष्ट्रिय सभामा बहुमत नपुगेको कारण सरकारले अध्यादेशहरु संसद्मा पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । सरकारलाई समर्थन गरेको दल जसपा नेपालले समर्थन गरेको खण्डमात्रै भूमि अध्यादेश पारित हु्न्छ । सरकारले दल विभाजन गराएर भएपनि भूमिअध्यादेश…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search