Yug Post

विकासको काममा भएको यो प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु – वर्षमान पुन

Advertisement

टेक मगर ,रोल्पा – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले घोराही–रोल्पा–रुकुमहुँदै डोल्पा जोड्ने शहीद मार्गको बजेट कटौती गरेर जनतासँग देखाएको प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति निन्दा गरेका छन् ।

केपि ओली सरकारको बजेट कटौती विरुद्ध निवर्तमान अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा होलेरीमा विरोध सभा भएको हो।

नेकपा (माओवादी केन्द्र )का पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा रोल्पाका एक मात्र प्रतिनिधि सभा सदस्य माननीय वर्षमान पुन नेतृत्वको अर्थमन्त्रालयले रोल्पा जिल्लाको रणनैतिक महत्त्वका योजनाहरुमा छुटाएको बजेट केपि ओली नेतृत्वको सरकारले कटौती गरेको बिरोधमा माओवादीले होलेरीमा बिरोध सभा गरेको हो।

फागुन १९ गते बसेको माओवादी जिल्ला समन्वय समितिको निर्णय अनुसार सहिद मार्ग अन्तर्गतको सबैभन्दा खतरापूर्ण सडक खण्ड घोराही – होलेरी खण्डमा छुटाएको १ अर्व २५ करोड बजेट लगायत अन्य अति आवश्यक क्षेत्रमा आएको बजेट कटौती भएको छ।

माओवादी रोल्पा जिल्लाको प्रदेश निर्वाचन १ (ख)को आयोजनामा फागुन २२ गते वर्षमान पुनको प्रमुख आतिथ्यमा विरोध प्रदर्शन कार्यक्रम भएको हो।

कार्यक्रममा बोल्दै दाङ–रोल्पा–पूर्वी रुकुम, पश्चिम रुकुम–डोल्पा हुँदै उत्तर छिमेकी चीनको सीमा क्षेत्रसम्म जोड्ने सडकको रकम कटौती गरेर सरकारले ती जिल्लाका जनतालाई हेपेको टिप्पणी पुनले गरे ।

‘संयोगले हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा म आफैँ अर्थमन्त्री भएँ । बजेटमा नामै तोकेर शहीद मार्गको घोराही–होलेरी ३१ किलोमिटर कालोपत्रेका लागि १ अर्ब २५ करोड विनियोजन गरेको थिएँ । संसदले पास पनि गरेको थियो,’ पुनले भने, ‘केपी ओली नेतृत्वमा कांग्रेस र एमालेको सरकार बनेपछि टेण्डरको प्रक्रिया अगाडि बढाइएन । ६८ करोड रुपैयाँ रकमान्तर गरेर अन्यत्रै आयोजनामा सारिएको छ । विकासको काममा भएको यो प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु ।’

पुनले बजेट विनियोजन हुनुअघि आफूसहित जनप्रतिनिधिमाथि प्रश्न गर्ने कांग्रेस र एमाले नेताहरू आफ्नै सरकारले बजेट कटौती गर्दा एक शब्द नबोलेको भन्दै आपत्ति जनाए । उनले दाङ, रोल्पा, रुकुम र डोल्पामा माओवादी मात्र नभई कांग्रेस, एमाले र राजनीतिमा संलग्नै नभएका जनतासमेत रहेको भन्दै कसैसँगको राजनीतिक प्रतिशोध विकासका काममा हुन नहुनेमा जोड दिए ।

‘शहीद मार्गले छुने जिल्लाहरूमा माओवादी मात्र छैन– कांग्रेस होलान्, एमाले होलान् । राजनीतिमा संलग्नै नभएका जनता पनि होलान् । सरकारले यस क्षेत्रका जनताप्रति प्रतिशोध साँधेको छ । पुनले भने, ‘सडक निर्माण भएन भनेर मलगायत जनप्रनितिनिधिहरूका विषयमा प्रश्न गर्ने कांग्रेस र एमालेका यो क्षेत्रका नेताहरू आफ्नो सरकारले बजेट कटौती गर्दा एक शब्द पनि नबोलेको देख्दा आश्चर्य लागेको छ ।’

पुनले घोराही–होलेरी–घर्ती गाउँ–दुई खोली–थवाङबाट पहाडी लोकमार्गहुँदै रुकुमको हुकाम–मैकोट र दीर्घकालीन रूपमा डोल्पाबाट छिमेकी चीनको सीमासम्म जोड्ने लक्ष्य रहेको उक्त सडक सो क्षेत्रका जनताको जीवन रेखा भएको बताए ।

शहीद मार्ग निर्माण भएसँगै ती क्षेत्रमा किसानले उत्पादन गरेका कृषिउपजले बजार पाउन थालेको, पर्यटन प्रवर्द्धनलाई टेवा पुगेको तथा सर्वसाधारण उपभोक्ताले बजारबाट उपभोग्य वस्तुको आयात गर्न सहज भएको औँल्याए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search