माओवादी उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले सगरमाथा सिमेन्टको साहु पि यल साँघाईसँ चुनावको ऋण तिर्न त्रिवेणी गापा अध्यक्ष कर्ण बहादुर बाठा र उपाध्यक्ष लेखमनी डाँगीले २ करोड मागेमा अब उहाँहरुले जनतासँग माफिमाग्नु पर्ने बताएका छन् ।
सहिद मार्गको बजेट कटौतीको विरुद्ध माओवादीले होलेरीमा आयोजना गरेको बिरोध कार्यक्रममा त्यस्तो बताएका हुन् ।
पुनने ´एक वटा उद्योगले २/४ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिन्छ भने अप्रत्यक्षरूपमा हजारौं मानिसलाई रोजगार दिएको हुन्छ ।`
उधोगीलाई सहयोग गर्नुपर्ने भन्ने भाव राख्दै उनले भने ´त्यस्तो खालको हुनुपर्नेमा हाम्रो जनप्रतिनिधिहरुको ब्येजेत भैरहेको छ। यो कुरा मिडियाहरुमा उठिरा छ।` ´जुनसुकै पार्टीको जनप्रतिनिधिलाई के अनुरोध छ भने कमसेकम विकास निर्माणमा सँगै काम गरौँ , अनियमितता ,भ्रष्टाचार यस्ता अनैतिक कुरामा नलागौँ।`
´कुन पार्टीको भन्ने हुँदैन जिल्लाकै बेज्यत हुन्छ । जिल्ला बाहिरबाट हेर्दा उधोगी आउँछ ,व्यवसायी आउँछ ,पर्यटक आउँछ। यिनिहरु यस्ता ठगठाग गर्छ। भन्ने हुन्छ `
हाम्रो पहिचान त्यस्तो होइन लड्ने ,आफ्नो कुरा निरधक्क राख्ने ,अन्याय भयो भने लड्न ,ज्यान दिन तयार हुने हो तर ठगठाग अनैतिक क्रियाकलाप गर्ने वाला होइन ,
त्रिवेणीका अध्यक्ष र उपाध्यक्षले २ करोड मागेको कुरा तिर संकेत गर्दै उनले भने ´रोल्पाको पहिचान नै बिग्रने गरि जो काम भएको छ त्यतातिर हामी सबैको ध्यान जानुपर्छ `
´तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस गल्ती भयो भनेर १/२ पटक माफी दिन्छन् जनताले जनता महान छन् । नत्र जनताले दन्डित गर्छन् ।`


