Skip to main content

Yug Post

प्रमुख समाचार

रोल्पाका मनोज घर्ती मगर प्रेस सेन्टर नेपालको महासचिवमा निर्वाचित

रोल्पाका मनोज घर्ती मगर प्रेस सेन्टर नेपालको महासचिवमा निर्वाचित

रोल्पाका मनोज घर्तीमगर प्रेस सेन्टर नेपालको महासचिवमा भारीमतले निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र ) निकट पत्रकार संगठन कोप्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय महाधिवेशनको आइतबार राति भएको मतदानको नतिजा अनुसार संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा उनको प्रतिद्वन्दी दीपेन्द्र शर्माले १४५ मत पाए । अध्यक्षमा कमल गिरी ,उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष चयन भएका ५ जनामा अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र बाँकी ३ जना यस अघि पनि उपाध्यक्ष नै थिए । उपमहासचिव महिलामा लक्ष्मी…
Read More
नव नेपाल क्याम्पसकाे स्ववियु सभापतिमा एकराज के.सी निर्विरोध

नव नेपाल क्याम्पसकाे स्ववियु सभापतिमा एकराज के.सी निर्विरोध

टेक मगर,रोल्पा, जुगार— त्रिभुवन विश्वविद्यालय अन्तर्गत नव नेपाल क्याम्पस, जुगार रोल्पामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका छन्। अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको तालमेलपछि सर्वसम्मत नेतृत्व चयन गरिएको हो। स्ववियु अध्यक्षमा अनेरास्ववियुका एकराज के.सी., सचिवमा अखिल क्रान्तिकारीका विप्लव डाँगी, तथा कोषाध्यक्षमा प्रतिभा भण्डारी चयन भएका छन्। त्यस्तै, अनेरास्ववियुबाट सदस्य राधिका के.सी. र अखिल क्रान्तिकारीबाट सदस्यहरू श्रिया पुन तथा भावना रोका निर्विरोध निर्वाचित भएका छन्। समानुपातिक प्रणाली अन्तर्गत अखिल क्रान्तिकारीका उपाध्यक्षमा मनीषा थापा, सहसचिवमा विक्रम बिष्ट, र सदस्यहरूमा होमराम डाँगी, नृपेश डाँगी तथा आशिष डाँगी चयन भएका छन्।नवनिर्वाचित टिमले विद्यार्थी हकहित संरक्षण र क्याम्पसको विकासका लागि समर्पित भएर…
Read More
अन्तत: कुलमान घिसिङ पदबाट बर्खास्त

अन्तत: कुलमान घिसिङ पदबाट बर्खास्त

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रिपरिषद्निकट स्रोतले जनाएको छ । यसअघि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । र घिसिङले जवाफ पनि लेखेका थिए । तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदबाट हटाउने निर्णय भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै गत साउनबाटै उनलाई पदबाट हटाउने चर्चा चलेको थियो । योबीचमा ऊर्जामन्त्रीस्तरीय निर्णयबाट तीनपटक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो । आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले ऊर्जा मन्त्रालयबाट हटाउन नमिल्ने जवाफ घिसिङले दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । घिसिङको पदावधि आगामी…
Read More
दाङको काष्ठ उद्योगमा लागेको आगाे अझै आएन नियन्त्रणमा

दाङको काष्ठ उद्योगमा लागेको आगाे अझै आएन नियन्त्रणमा

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति झन्डै २ बजेदेखि शुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने काममा खटिएका छन् । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँले बाँके, रुपन्देही, कपिलवस्तु जिल्लाबाट समेत दमकल मगाएको बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।
Read More
माडी घर्तिगाउँमा माओवादी दुई दिने स्कुलिङ आज बाट सुरु

माडी घर्तिगाउँमा माओवादी दुई दिने स्कुलिङ आज बाट सुरु

नेकपा (माओवादी केन्द्र) माडी गाउँसमितिको आयोजनामा आज माडी गाउँपालिका २ घर्तिगाउँमा दुइ दिने स्कुलिङ सुरु भएको छ । माक्र्सवाद सम्बन्धि कार्यकर्ता स्कुलिङ गर्ने भनी हालै सम्पन्न पार्टीको जिल्ला समन्वय समितिको बैठकले निर्णय गरेको थियो । त्यसै क्रममा आज र भोलि माडी गाउँपालीकामा स्कुलिङ चलिरहेको छ। आज स्कुलिङ विभाग रोल्पाका संयोजक एवम आजका प्रमुख प्रशिक्षक निमकान्त डाँगि जितजङले २१ औँ शताब्दी को नेपाली समाजवादको बाटो सम्बन्धमा स्कुलिङ गर्नुभएको थियो भने जिल्ला पार्टीका अध्यक्ष एवम् प्रशिक्षक रेशम पुन चट्याङले अर्थशास्त्र सम्बन्धि स्कुलिङ गर्नुभएको छ। त्यस्तै गरि पार्टी लुम्बिनी प्रदेश सदस्य मानसिङ बिकले संगठन सम्बन्धमा स्कुलिङ गर्नु भएको छ ।
Read More
५१ करोड बढी लागतमा सुरु भयो सहिद मार्ग माथिल्लो उवा सडक  निर्माण कार्य

५१ करोड बढी लागतमा सुरु भयो सहिद मार्ग माथिल्लो उवा सडक निर्माण कार्य

सुलिचौर थवाङ सडक अन्तर्गतको शहिदमार्ग माथिल्लो उवा सम्मको सडक खण्डमा ५१ करोड १६ लाख बराबरको बजेटले सडक निर्माण कार्य सम्बन्धि सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महरा ज्युको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनको विशिस्ट आतिथ्यतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय यमुना रोकाको आतिथ्यता , थवाङ गाउँपालिका अध्यक्ष र अन्य सरोकारवालाहरुको सहभागितामा सुलिचौर थवाङ सडकको सार्वजनिकिकरण कार्यक्रम थवाङ रोल्पा सम्पन्न भएको छ। बजेट सुनिश्चितता देखी ठेक्का सम्मको सबै प्रक्रिया पुरा गरिसकेको ले अब निर्माण कार्य सुरु भएको छ।
Read More
माओवादी जनयुद्धबारे बुझ्न्  गुरिल्ला ट्रेक एक पाठशाला

माओवादी जनयुद्धबारे बुझ्न् गुरिल्ला ट्रेक एक पाठशाला

नेपाली इतिहासमा सबभन्दा ठूलो आधिहुरी तुफान लिएर राजनीतिक परिवर्तन गर्ने युद्ध जनयुद्ध हो । जनयुद्धको इपिसेन्टर लुम्बिनीका रोल्पा रुकुम र गण्डकीका केहि जिल्ला हुन । जुन स्थान पर्यटनको लागि महत्त्वपूर्ण स्थान हुन् । नेपालका लागी गुरिल्ला ट्रेल लुकेको हिरा हो । संघीय प्रदेश र स्थानीय गरि तिनै तहको सरकारले राजस्व संकलनको मुख्य स्रोत बनाउन सक्नुपर्छ । जसका लागी प्रचारप्रसारका साथै यस सम्बन्धित काम गर्ने निजि संघ संस्था र व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ । यस सम्बन्धि लामो समय काम गरिरहेका बालकुराम पुन यस्तो भन्छन् ´गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिन्छ । गुरिल्ला पदमार्गमा माओवादी ‘जनयुद्ध’का चिनारी…
Read More
निगालपानी दलसिंगे सडक झन्डै ४३ करोड बजेट लागतमा निर्माण सुरु

निगालपानी दलसिंगे सडक झन्डै ४३ करोड बजेट लागतमा निर्माण सुरु

टेक मगर, रोल्पा -कोइराला देखि झ्याम सम्मको २१ किलोमीटर सडकको ४२ करोड ८९ लाख ४१ हजार ३ सय उन्नीस रुपैयाँ बजेटको सडक निर्माण कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको पुर्व मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेशको निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महराको विशिस्ट आतिथ्यतामा, लुम्बिनी प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनको आतिथ्यतामा तथा त्रिवेणि गाउँपालिका अध्यक्ष, गंगादेव गाउँपालिका अध्यक्ष र अन्य अतिथिहरुको आतिथ्यतामा निगालपानी जिनावाङ कृषि सडक, निगालपानी कोइलाझ्याम पाति हाल्ना महानेटा दलसिंगे झुलनेटा सडकको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । निगालपानि देखि झ्याम सम्मको २१ किलोमीटर सडक ४२ करोड उनान्नब्बे लाख ४१ हजार तिनसय…
Read More
निगालपानि दलसिंगे सडकको झन्डै ४३ करोड बजेट सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

निगालपानि दलसिंगे सडकको झन्डै ४३ करोड बजेट सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

टेक मगर, रोल्पा -कोइराला देखि झ्याम सम्मको २१ किलोमीटर सडकको ४२ करोड ८९ लाख ४१ हजार ३ सय उन्नीस रुपैयाँ बजेटको सडक निर्माण कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको पुर्व मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेशको निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महराको विशिस्ट आतिथ्यतामा, लुम्बिनी प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनको आतिथ्यतामा तथा त्रिवेणि गाउँपालिका अध्यक्ष, गंगादेव गाउँपालिका अध्यक्ष र अन्य अतिथिहरुको आतिथ्यतामा निगालपानी जिनावाङ कृषि सडक, निगालपानी कोइला झ्याम पाति हाल्ना महानेटा दलसिंगे झुलनेटा सडकको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । निगालपानि देखि झ्याम सम्मको २१ किलोमीटर सडक ४२ करोड उनान्नब्बे लाख ४१ हजार…
Read More
११ जना जनमुक्ति सेनाको हत्या भएको स्थान सुकिद युद्ध पर्यटन क्षेत्र बन्दै

११ जना जनमुक्ति सेनाको हत्या भएको स्थान सुकिद युद्ध पर्यटन क्षेत्र बन्दै

जनयुद्धको बेला ११ जना माओवादी जनमुक्ति सेनाको हत्या भाएको स्थान सुकिदमा युद्ध तथा धार्मिक पर्यटन सुकिदह पुर्वाधार निर्माण हुने भएको छ। महान जनयुद्धको क्रममा रोल्पा परिवर्तन गाउँपालिका वडा न.०६ (साविकको) इरिबाङ ०३को सुकिदहमा तत्कालीन राज्य पक्षबाट विद्रोह पक्ष माओवादी जनमुक्ति सेनाको बासु स्मृति केन्द्रिय सैन्य प्रशिक्षण क्याम्पमा २०५६ मङ्सिर २८ गतेको दिनमा आक्रमण गरि ११ जना माओवादी जनमुक्ति सेनाको हात्या गरिएको स्थान: सुकिदमा युद्ध तथा धार्मिक पर्यटन सुकिदह पुर्वाधार निर्माण हुने भएको छ। युद्ध तथा धार्मिक रुपमा पर्यटन भित्राउनको लागि विभिन्न तत्कालीन तथा दीर्घकालीन गुरु योजना बनाएको छ।तत्कालिन पहिलो बजेटको आकार अनुसार बासु स्मृति केन्द्रिय प्रशिक्षण क्याम्प तथा युद्ध तथा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search