टेक मगर, रोल्पा -कोइराला देखि झ्याम सम्मको २१ किलोमीटर सडकको ४२ करोड ८९ लाख ४१ हजार ३ सय उन्नीस रुपैयाँ बजेटको सडक निर्माण कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्रदेशको पुर्व मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेशको निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महराको विशिस्ट आतिथ्यतामा, लुम्बिनी प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनको आतिथ्यतामा तथा त्रिवेणि गाउँपालिका अध्यक्ष, गंगादेव गाउँपालिका अध्यक्ष र अन्य अतिथिहरुको आतिथ्यतामा निगालपानी जिनावाङ कृषि सडक, निगालपानी कोइलाझ्याम पाति हाल्ना महानेटा दलसिंगे झुलनेटा सडकको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ ।
निगालपानि देखि झ्याम सम्मको २१ किलोमीटर सडक ४२ करोड उनान्नब्बे लाख ४१ हजार तिनसय उन्नीस रुपैयाँ बजेटको सडक निर्माण कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम आज झायाम्मा सम्पन्न भएको हो। २०८१ चैत ५ गते सम्झौता गरि २०८४ असोज ४ गते भित्र सम्पन्न गर्ने गरि त्रिवेणि ब्राह्ममायाणि कन्स्ट्रक्सन प्रा.लि. ले जिम्मा लिएको छ ।
लुम्बिनी प्रदेशको पुर्व मुख्यमन्त्री माननीय जोखबहादुर महराले कार्यक्रममा बोल्दै ´ यो बजेटको सुनिश्चित गर्नुभन्दा पहिले म र पुर्व स्वास्थ्य मन्त्रीसँग पुर्व डिल्ली चौधरी झ्यामा सम्म आएर अनुगमन गरेका थियौँ त्यसपछि बाटोमा फर्किदा फर्किदै बजेट सुनिश्चित गर्नुपर्छ भनेर सल्लाह भएको थियो ` उनले भने ´त्यसै अनुसार बजेट फिक्स भएर सार्वजानिकिकरण कार्यक्रम सम्म भयो । निर्माण कार्य पनि निश्चित समयमै हुन्छ भन्ने विश्वास छ।`


