रोल्पाका मनोज घर्तीमगर प्रेस सेन्टर नेपालको महासचिवमा भारीमतले निर्वाचित भएका छन् ।
नेकपा (माओवादी केन्द्र ) निकट पत्रकार संगठन कोप्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय महाधिवेशनको आइतबार राति भएको मतदानको नतिजा अनुसार संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा उनको प्रतिद्वन्दी दीपेन्द्र शर्माले १४५ मत पाए ।
अध्यक्षमा कमल गिरी ,उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्ष चयन भएका ५ जनामा अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र बाँकी ३ जना यस अघि पनि उपाध्यक्ष नै थिए ।
उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन पनि निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल १६५ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बोमलाल गिरीले १५६ मत पाए ।
खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित भए । सचिव महिलामा अञ्जली थापा, सचिव समावेशीमा अवतार राई निर्वाचित भएका छन् ।
यस्तै प्रदेशबाट निर्वाचित हुने सचिवमा प्रदेश एकबाट दीपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक, कर्णाली प्रदेशबाट गाणेशकञ्चन भारती, सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएका छन् l
भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एशोसिएट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा भएको निर्वाचनमा वसन्त गिरी निर्वाचित भएका छन् । पदाधिकारी बाहेक प्रदेशबाट आउने केन्द्रीय सदस्य, आरक्षणबाट आउने केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी एवं सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार २९ जनाको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदमा प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् । उनले १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित भएका जानकारी गराए ।
२९ पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदमा निर्वाचन भएको थियो भने १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।


