जनयुद्धको मुख्य नारा मध्ये एक ´संविधानसभा मार्फत संविधान` लेख्नुपर्छ भन्ने नारा सहित सुरु गरेको जनयुद्धले १० वर्ष पछी सबैदल र राजालाई संविधान सभा मान्न बाध्य बनायो ।
त्यहीँ अनुसार २०६४ चैत्र २८ गते भएको संविधान सभाको चुनाव मार्फत तत्कालीन नेकपा( माओवादी )ले १२० सिट लिएर देशकै पहिलो पार्टी बन्यो ।
सुकुम्बासी , अल्पसंख्यक ,महिला ,जनजाति , आदिवासी लगायत सबै प्रकारका उत्पीडितहरुको पक्षमा , सर्वहारा वर्गको पक्षमा र युगौँ देखी जमेर बसेको सामान्ती सत्ताको विपक्षमा , पृतीसत्ताको विपक्षमा , पुँजीपतीको विपक्षमा र विदेशी शक्तिकेन्द्रको विपक्षमा माओवादीको नेतृत्वमा संविधान लेखिने भएपछी त्यसलाई भाड्न ती शक्तिहरु भात नखाएर रातदिन सडेन्त्रको खेलमा लागे का थिए ।
तत्कालीन प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाउन अन्तिम अस्त्र सेनापती रुकमान कटुवाल उचालियो अर्को अस्त्र पार्टी भित्र प्रचण्ड विरुद्ध भएका असन्तुष्टिलाई मलजल गर्दै पार्टी फुटाउने स्थिति सिर्जना गरियो । लगभग आधा माओवादी नेताहरू लिएर महोन बैध किरण हिडेका थिए।
याहाँ सम्म आउँदा माओवादी बिरोधि सक्तीको मनोबल बढ्यो । यसमा एमाले – कांग्रेस लगायत माओवादीले संविधान लेख्यो भन्ने जो जसको पत्ता साफ हुँदै थिए तिनीहरु अझ एकजुट भए जसरी पनि माओवादीको मेजरिटी भएको पहिलो संबिधान सभा भंग गर्ने एक मात्र योजनामा लागेका थिए।
अन्ततः पहिलो संबिधान सभा भंग भयो । संविधान सभा भंग मात्र भएन माओवादीको मेजरटी भंग भयो किसान ,मुक्तकमैया, सुकुम्बासीहरुको सपना भताभुगं भयो।
जनयुद्धमा साहदत प्राप्त गर्ने हजारौं सहिद, हजारौं बेपत्ता ,हजारौं घाइते अपांग , लाखौं कार्यकर्ता र करोडौं सुभ चिन्तकको सपना समेत भताभुगं भयो ।
राजनीति भन्दा बाहिरको व्यक्ति खिलराज रेग्मी नेतृत्वको सरकारले २०७० मंसिर ४ गते दोस्रो संविधान सभाको चुनाव मिति घोषणा गरियो ।
फुटेको माओवादीलाई लिएर प्रचण्ड चुनाबमा होमिए
फुटेर गएका बैध- विप्लवको कपोल्कपित, अनैतिक ,अराजनीतिक प्रहारमा प्रचण्डको पार्टी पर्यो ।यस्तो सम्म कि उनीहरुनै सबैभन्दा ठूलो वर्गीय दुशमन हुन् भनेर निकृष्ट व्यावहार गरियो। विप्लवले महापन नामक किताब मार्फत प्रचण्ड महापत भएको
त्यसैलाई रिप्रेन्स बनाउदै अरु पुराना पार्टीले माओवादीलाई आरोपित गरेर जनतालाई दिगभ्रमित गरियो।
उनिहरुको पुर्व योजना र अनुमान अनुसार नै चुनाब मत परिणाम आयो माओवादी तेस्रो भयो । उनीहरु सफल भए।
तर गणितीय हिसाबले तेस्रो भएपनि चलाख प्रचण्डले संविधान लेखनमा उत्पीडित र सर्वहारालाई सकेसम्म सम्बोधन गर्न केही सफल भए ।
ऐतिहासको कुनै पनी कसिबाट पहिलो संबिधान सभा भंग गर्ने एजेन्ट र दोस्रो संविधान सभाको चुनाब बहिस्कार गरेको सहि साबित हुँदैन। विप्लवहरुले २० ७४ र २०७९ चुनाब बहिष्कारको आह्वान मात्र होइन मतदाता र उम्मेदवारलाई रोक्न बम गोलाको प्रयोग समेत गरे।
अहिले संसदलाई ‘उपयोग’ गर्नु तर जतिबेला देशको मूल कानुन लेखिँदै गरेको संविधान सभाको चुनाव बहिष्कार गर्नु कस्तो दुरदर्शिता हो ?
त्यतिबेला एक जना मात्र प्रखर संसद पठाएर पुँजीपतीको विरुद्ध आवाज बुलन्द बनाएको भए शताब्दीकै लागी जनताको पक्षमा कानुन लेख्न सहयोग पुग्थ्यो ।
अहिले जति संसद जितेपनी न समाजवाद आउने छ नसंबिधान लेखिन्छ , ‘कालो संविधान’ भनेर जलाउने, अनि आज त्यही संविधान अन्तर्गतको संसदमा छिर्नुलाई कुन नैतिकताले पुष्टि गर्छ र ?
आफुले संविधानसभा बहिष्कार गर्न मात्र होइन माओवादीलाई कमजोर बनाउन प्रत्यक्ष भूमिका खेल्नु गलत थियो भन्ने समयले प्रमाणीत गरेको छ । तर त्यसलाई स्वीकार गर्ने इमानदारीता छैन उल्टो चुनाब एउटा मोर्चा हो भनेर झुक्याउन खोजिदैछ। “शानिपुर्ण तरिकाले समाजवाद आउँछ भन्नू र लगाई लगाई च्यात्तिएको धोतिले लाज छोप्छ भन्नू उस्तै हो ” भनेर विप्लवले महापन किताबमा भनिएको छ। के अब एक दुई थान संसद जितेर लाज छोपिन्छ ?
त्यसकै अर्को भेरियन्ट जनार्दन
अहिले प्रचण्डले जनयुद्धको गुमेको साख ,इज्जत ,माग ,एजेन्डा ,उदेश्य र लक्ष्य पूरा गर्ने भनेर नयाँ अभियान थालेका छन् ।
जनार्दन त्यतिबेला को महोन वैध – विप्लव जस्तै भएका छन् । प्रचण्डले जेनजी आन्दोलन पछी फेरिएको परिस्थिति अनुसार संगठन र पार्टी लाई रुपान्तरण गर्दै बलियो कम्युनिस्ट पार्टी निर्माण जुटेका छन् ।
नेकपा (एमाले )को नेतृत्व गरेका माधब नेपाल ,झलनाथ खनाल , उपाध्यक्ष वामदेव गौतम र उपाध्यक्ष भिम रावल प्रभावशाली नेताहरू प्रचण्डको नेतृत्वमा गोलबन्ध हुनसक्ने बेला जनार्दनले
प्रचण्डलाई नेतृत्व मान्दैन भनेर भाग्नु सर्वथा गलत छ।
प्रचण्डले माओवाद छोड्यो , चुनाव चिन्ह छोड्यो भन्ने आरोप पुष्टि गर्न सक्ने छैनन् । पहिलेनै कम्युनिस्ट बिचार धारा छोडेका बाबुरामसँग कुम जोडेर कसरी पुष्टि होला र ?
उनलाई उनकै रुकुमेली नेताकार्यकर्ता र जनताले साथ दिएका छैनन् । यस्तो भन्छन् ।उनले प्रगतिशील लोकतान्त्रिक पार्टी र जसको चुनाव चुनाव चिन्ह , अध्यक्ष होइन अध्यक्ष मण्डल बनेको छ। प्रभाकरले आफ्नै गृह जिल्ला जादा कालो झणडाको सामना गर्नु परेको छ। अस्ति पौष २६ पश्चिममा नेपाली कम्युनिस्ट पार्टीको आम सभामा देखिएको सहभागीले जनार्दनको आंशिक मात्र प्रभाव परेको
पुष्टि भैसकेको छ।
उनिमा विचारको विचलीमा परेको छ। न कंग्रेस जस्तो लोकतान्त्रिक न कम्युनिस्ट जस्तो अग्रगामी कुनै टुगो छैन । पहिले फुटेर गएका जस्तै प्रचण्डलाई कम्जोर बनाउने प्रचण्डको पार्टीलाई कम्जोर बनाउने कोसिसमा गर्दा आफै कम्जोर हुने मात्र हुन्छ।
विप्लवले त संसदीय व्यवस्थाको विरुद्ध बल प्रयोग गर्ने भन्दै आह्वान गरेका थिए । सुरुमा बलियो शक्ति लिएर हिडेका थिए । वैचारिक कुरामा स्पष्टता थियो। त्यति हुँदाहुँदै पनि अहिले चुनाब मार्फत नै जादै छन् । कति उपलब्धि प्राप्त हुन्छ समय नै देखाउँला ।
जनार्दन कमरेड आजको दिन सम्म जति बिग्रेको छ त्यहीँबाट सच्याउन लाग्दा समग्र माओवादी जनयुद्ध र कम्युनिस्ट आन्दोलनको हित अनि व्यक्तिगत हिसाबले तपाईको हित हुन्छ । तपाईसंग भएको बाबुराम सुदन लगायतको पंक्तिले तपाईले भनेको कुरा पूरा गर्न सक्ने छैनन् ।१२/ १३ वर्ष पछी पुष्टि हुनेछ कि प्रचण्डले भनेको ठिक रहेछ । तर त्यतिबेला समय धेरै पर पुगिसकेको हुनेछ ।


