Yug Post

पहिले फुटेका पार्टीहरुले आफ्नो फुटको औचित्य कति पुष्टि गरे अहिले फुटेकाले कति गर्लान् ?

Advertisement

दर्जनौं टुट्फुट र विभाजन हुँदै फेरि एकताबद्ध हुने फेरि विभाजन हुने गरेकै कारण नेपालको ६५ प्रतिशत कम्युनिस्ट जनमत एकैठाउँ केन्द्रित नहुदा नेपालमा कम्युनिस्ट सत्ता प्राप्त हुन सकेको छैन । यसरी टुट फुट किन हुन्छ ? बैचारिक ,राजनैतिक , कार्यदिशा र कार्यक्रममा भिन्नता भएर हो कि कार्यशैली र पद प्रतिष्ठाको कारण हो ? एकताबद्ध हुँदा के के कार्य गरे ? जेनजी बिद्रोह पछी बृहत् कम्युनिस्ट एकताको आवश्यकतामा कसले ऐतिहासिक पहल गर्न सक्छ ?

विगतको टुटफुट

कम्युनिस्ट पार्टी जन्मेको वर्ष दिन पछी नै शुरु भएको आन्तरिक किचलो ४ वर्ष पुग्दा स्थापक महासचिव फालेर वि स २०१० मा पार्टीको पहिलो महाधिवेशन मार्फत महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए । २०१४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने ।

महासचिव रायमाझीले २०१७ सालको राजा महेन्द्रको कु लाई सहयोग मात्र गरेनन् कालान्तरमा राजावादी हुने संकेत गरेपछि उनकै कारण पहिलोपटक कम्युनिस्ट विभाजन भयो ।

पछी दुई धार देखिए एउटा सीपी मैनालीले नेतृत्व गरेको झापा जिल्ला कमिटी र अर्को मोहनविक्रम सिंहले नेतृत्व गरेको केन्द्रीय न्यूक्लियस। २०३५ मा नेकपाका संस्थापक पुष्पलालको निधन भयो। यही बीचमा मदन भण्डारी वामदेव गौतहरुले मुक्ति मोर्चा गठन गरेका थिए। उता झापा जिल्ला कमिटीले आफूलाई रुपान्तरण गरेर अखिल नेपाल कोअर्डिनेशन कमिटी बनाए । जुन २०३५ मा सीपी मैनालीको नेतृत्वमा नेकपा (माले)का रुपमा पार्टी बन्यो।

वि स २०३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) गठन गरेका थिए । पुष्पलालको निधन पछि उनले नेतृत्व गरेको नेकपालाई उनकी श्रीमती सहाना प्रधानलगायतले चलाए, जसको २०४३ मा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो। जुन पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) राखियो।

२०४६ सालमा नेकपा माले र माक्र्सबादी सहित साना कम्युनिस्ट पार्टी मिलेर बाम मोर्चा बन्यो, जसको नेतृत्व सहाना प्रधानले गरिन्। यही बाम मोर्चा र काँग्रेस मिलेर २०४६ सालको जन आन्दोलन गरेका थिए, जुन सफल पनि भयो। जनआन्दोलन सफल भएपछि माले र माक्र्सवादीबीच पार्टी एकता भएर नेकपा (एमाले)को जन्म भयो।

एमालेको महासचिब मदन भण्डारी भए जसले शान्तिपूर्ण तरिकाले जनताको बहुदीय जनवाद सिद्धान्त ल्याएर कम्युष्टि पार्टीलाई पनि बहुदलिय प्रतिस्पर्धामा जान बाटो खोले। यो पार्टी बनेको ३६ वर्ष सम्म पुग्दा ठुल ठुला विभाजन भएको छ।
महाकाली सन्धिको विषयमा वामदेव र सिपि मैनालीले विभाजन गरे त्यस पछि फेरि बामदेब एमालेमा फर्किए ।

सिपि मैनाली नफर्केर अहिले गुमनाम छन् । केपि ओलीले नेतृत्वको सरकारले संसद विघटन गरेपछि त्यसको बिरोधमा माधब नेपालहरुले एमाले फुटाउदा बामदेब न्युट्रल बसे केही समय पछी माधब नेपालको नेकपा (एस ) मा समायोजन भए । २०८२/०७/१७ गते नेकपा( एस ) माओवादी केन्द्र सँग एकता हुँदा वामदेव पनि समाहित भए।

उता २०४५ सालमा नेकपा (मशाल )को महामन्त्री पुष्पकमल दाहाल प्रचण्ड बने। चौथो महाधिवेशनबाट बनेका मशालहरु फुट्दै विभिन्न पार्टीका रुपमा उदाए भयो । यी पार्टीहरु २०४६ सालमा बनेको वाम मोर्चामा भने सहभागी भएनन्। उनीहरुको छुट्टै मोर्चा बन्यो। नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम) मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए।

बहुदल पछि प्रचण्डले नेतृत्व गरेको मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाइयो। मोहनविक्रमको पार्टी बाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए।

वि स २०५१ मा नेकपा ( एकता केन्द्र) पार्टी जनयुद्धमा जाने र नजाने पक्ष विपक्षमा कुरा नमिल्दा फेरी पार्टी विभाजन भयो।महामन्त्री प्रचण्डले एकता केन्द्रको नाम परिवर्तन गरेर नेकपा (माओवादी) बनाएर अगाडि बढे र १० वर्षे जनयुद्ध संचालन गर्‍यो ।
नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोखरेलहरुले नेकपा (एकता केन्द्र) बनाए। २०५९ मा मोहनविक्रम सिंहको नेकपा मसाल र नारायणकाजीको( एकता केन्द्र )बीच एकीकरण भयो। यो पार्टी फेरि २०६३ मा विभाजन भयो। नारायाण्काजीहरु नेकपा (माओवादी)सँग पार्टी एकतामा गए। पार्टीको नाम एकीकृत नेकपा (माओवादी ) राखियो । जसको नेतृत्व प्रचण्डले गरे। त्यसपछि यो पार्टीमा चित्रबहादुर केसीसँग असहमति राख्ने डिलाराम आचार्यहरु पनि मिसिए। यसपछि यो पार्टीको नाम नेकपा (माओवादी केन्द्र) भयो।

यसै बीचमा माओवादी पार्टी बिभाजन गरेर मोहन वैद्य किरणले नेकपा – माओवादी केन्द्र बनाए । उनको पार्टी नेत्रविक्रम चन्द विप्लवले बिभाजन गरेर नेपाल कम्युनिस्ट पार्टी निर्माण गर्दै एकीकृत जनक्रान्तीको कार्यदिशा लिएर २ वर्ष भुमिगत भए एक दर्जन बढी सहिद भए सयौं घाइते भए हजारौं जेल हिरासत परे।२०७९ को चुनावमा जाने पक्ष र विपक्षमा जादा धर्मेन्द्र र सुदर्शनले पार्टी विभाजन गरि नेकपा बहुमत बनाए । फेरि यो पनि फुटाएर सुदर्शनले अर्को कम्युनिस्ट पार्टी बनाएका छन् ।

केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा (एमाले) र प्रचण्डले नेतृत्व गरेको (माओवादी केन्द्र) बीच २०७४ को आम निर्वाचनमा चुनावी गठबन्धन भयो। गठबन्धन भारी बहुमतका साथ विजय भएपछि २०७५ जेठ ३ गते यी दुई पार्टीबीच एकता भएर नेकपा (नेकपा)को जन्म भयो।

केपिले संसद विघटनको गरेको कारण केपी सँग चर्को अन्तरबिरोध भै फेरि नेकपा (नेकपा ) फुटेर एमाले र माओवादी केन्द्र पुनःस्थापन भयो । एमालेका माधवकुमार नेपाल समुहले नेकपा (एकीकृत समाजवादी ) बनाए ।

कम्युनिस्ट पार्टी फुट्को कारण
कम्युनिस्ट पार्टी स्थापना भएको ७६ वर्षमा भएका इतिहास हेर्दा चाहे महासचिव रायमाझीले राजा महेन्द्रको कु मा कुम थाप्दा होस् । वा २०२५ मा पुष्पलाल र तुलशीललाबीच विभाजन होस् । चाहे चौथो महाधिवेशनबाट बनेका मशालहरु फुट् होस् वा २०५१ मा नेकपा ( एकता केन्द्र) बिभाजन होस् ।
चाहे २०५४ सालमा महाकाली सन्धि गरेको वामदेवले एमाले विभाजन गर्दा होस् वा २०६९ असार ४ गते जनमुक्ति सेनाको विधिवत विघटन गर्‍यो भनेर महोन बैधले एकीकृत नेकपा माओवादी विभाजन गर्दा होस् ।
चाहे बाबुराम भट्टराईले भत्तकेको घर भनेर माओवादी छोडदा होस वा वैधले क्रान्तिकारी कार्यदिशा लिन नसकेको भनेर विप्लवले नेकपा – माओवादी छोड्दा होस । चाहे प्रचण्ड -माधबले संसद विघटन गर्‍यो भनेर नेकपा (नेकपा ) विभाजन गर्दा ।

चाहे २०८२ कात्तिक १८ गते प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र ,( एकीकृत समाजवादी ) लगायत ८ दल को एकता ठिक भएन ,प्रचण्डले नेतृत्व छोड्नुपर्छ भनेर जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्र विभाजन गर्दा होस् । वा चुनावमा गयो भनेर धर्मेन्द्र बास्तोला – हेमन्त प्रकाश ओलीले – नेकपा विभाजन गर्दा होस् ।
वैचारिक , राजनीति ,कार्यदिशा , रणनीति भन्दा पनि अती पदलोभ , व्यग्र महत्वाकांक्षा र कार्यशैलीको कारण बिभाजन हुने तर विचार र सिद्धान्तको पगरी गुठाउने गरिएको छ।

विभाजनको औचित्य पुष्टि कति
बिभाजनमा मुख्य भुमिका खेल्ने पात्रहरूको इतिहास हेर्दा पद पाएको तर संगठन बिना ,कार्यकर्ता र समर्थक बिनाको , प्रभाव बिनाको , दारा नंग्रा नभएको बाघ जस्तो र चेतना नभएको बुख्याचा जस्तो देखिन्छन् ।
पार्टी फुटाएर राजा महेन्द्रको सती गएका केशरजंग रायमाझीले औचित्य पुष्टि नगरी स्वर्गीय भए । आफै लोप हुन लागेका मालेका सिपि मैनालीले कसरी औचित्य पुष्टि गर्लान् । वामदेव गौतमले पार्टी फुटाउदा परेको घाउँले बेलाबेला झकाउछ जसले गर्दा अहिले पार्टी फुट्को विपक्षमा उभिन्छ्न ।

प्रचण्डले जनमुक्तिसेना समायोजन गरेर विधिवत सेना विघटन गरे र संसदीय व्यवस्थामा गएको भन्दै पार्टी विभाज गरेका महोन बैध ´किरण ` ,राम बहादुर थापा ´बादल ` ,नेत्र बिक्रम चन्द ´विप्लव `हरु दुई वर्ष हुँदा बादल प्रचण्ड तिर ,विप्लव क्रान्ति गर्न जंगल तिर बुढा बीचमा गरेर तिनतिर बाढीए । औचित्य पुष्टि गर्न भन्दा पनि आफ्नो भुडी पर्ने तिर लागे

विप्लवले एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत बैज्ञानिक समाजवाद लिने भन्दै चुनाव बहिष्कार मात्र होइन पुर्व मित्रहरूलाई बम हान्ने । पार्टीलाई सरकार ले प्रतिबन्ध लगायो । दर्जन बढी मानिस सहिद सयौं घाइते ,हजारौं जेलहिरासत परे केही अझै भित्र छन् । हजारौंलाई गम्भीर मुद्दा लागेको छ।

२०७९ को स्थानीय चुनाबमा भाग लियो एकलै देभरबाट एउटा वडा अध्यक्ष विजय भएन । अहिले पार्टी दर्ता गरेर जाँदै छ। पार्टी फुट्दाको औचित्य पुष्टि गर्नेको के कुरा आफैले सरकारसँग गरेको ३बुदे सहमति कार्यान्वयन गराउन नसकेर हैरान छ। मासु खाने भनेर गएको बुढी झोलमा डुबि मरी जस्तो भएको छ।
विप्लव संसदीय व्यवस्थामा गयो भनेर गएका बास्तोला र सुदर्शनले त झन् के औचित्य पुष्टि गर्लान् ।पुरै त देखिन समय लाग्ला तर हुने बिरुवाको चिल्लो पात भने जस्तो संकेत थाहा भै सकेको छ।

माओवादी केन्द्र ,एकीकृत समाजवादी लगायत ८ दल
एकता हुँदा पार्टी एकता हुनुहुदैन भनेर पार्टी फुटाएको सम्भव त पहिलोपटक जनार्दनले माओवादी र झलनाथ – घनश्यामले एकीकृत समाजवादी फुटाएका छन् । यीनिहरुले पनि इतिहासमा जस्तै पार्टी विभाजनको औचित्य पुष्टि गर्न सक्ने छैनन् । खाली आफ्नो पुर्व पार्टी र उनका नेतासँगको इगो डाहा रिस पोख्ने र एक थान पद प्राप्त गर्नेछन् । जनयुद्ध जन आन्दोलनका शहिद र बेपत्ता सपनामा कुठाराघात हुनेछ । लाखौं कार्यकर्ता र शुभेच्छुकलाई निराशा थपने छ।

बृहत् कम्युनिस्ट एकताको पहल
७६ बर्षे कम्युनिस्ट नेपाली इतिहासमा फुट र बिभाजन मात्र होइन एकता र ध्रुवीकरण हुँदै ठुल -ठुला धक्का र छलाङ हानेको इतिहास पनि छ। नेकपा माले र माक्र्सवादी सहित साना कम्युनिस्टहरु मिलेर वि स २०४६ सालको जनआन्दोलन सफल पारेपछि माले र माक्र्सवादीबीच पार्टी एकता भएर नेकपा (एमाले)को जन्म भयो। जसले नेपालमा थुप्रैपटक सत्ताको नेतृत्व गर्न सफल भयो यद्यपि कम्युनिस्ट सत्ता लागू गर्न सकेन ।

प्रचण्डले नेतृत्व गरेको मशाल, निर्मल लामाको पार्टी नेकपा( चौम), सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह एकता गरेर नेकपा (एकता केन्द्र) बन्यो जहाँ पछी मोहनविक्रमको पार्टी बाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए।

जसरी एकता पछीको मुल नेतृत्व प्रचण्डले पार्टीको नाम फेरे र जनयुद्धको खाका कोरे त्यसमा निर्मल लामा ,नारायण काजी श्रेष्ठ , लीलामणि पोख्रेलहरुले असहमति हुँदै अलगिए। तर प्रचण्ड नेतृत्वको माओवादीले १० वर्ष सम्म जनयुद्ध लडेर राजतन्त्र फाले संविधान सभाबाट संबिधान लेखे सबै प्रकारको उत्पीडन विरुद्ध लड्ने चेतनाको जागृत गरे।

त्यसरी नै प्रचण्डको पहलमा माओवादी केन्द्र , एकीकृत समाजवादी लगायको ८ दलको एकताबाट सुरु भएको बृहत् वामपन्थी एकताले नेपाली विशेषताको समाजवादको खाका कोर्न र आधार तयार पार्न सक्नुपर्छ । जनयुद्धमा हामफाल्ने तयारी गर्दा केही भागे जस्तै यतिबेला पनि केही भाग्ने कुरा स्वभाविक मान्नुपर्छ ।

अन्त्यमा
हरेक बस्तु र घटनामा सकारात्मक र नकारात्मक दुबै हुन्छन् भने जस्तै नेपालको कम्युनिस्ट आन्दोलनमा पनि सकारात्मक र नकारात्मक दुबै छन् । टुट फुट र विभाजनले दिएका तितो सत्यबाट पाठ सिक्दै एकताको सकारात्मक पक्षलाई समृद्ध र विकास गर्नु नै अहिलेको आवश्यकता हो। राजनीतिक दल र तिनका नेता प्रति बढेको तीब्र आक्रोशरुपि जेनजी आन्दोलनले केही फोहोर बगाएको छ। जसले नेपाली राजनीति प्रतिको आकर्षण बढाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search