Yug Post

पुर्व एआईजि सुवेदीको आरोप बारे उनकै स्थानीय रत्न महराको खण्डन , अझ गम्भीर खुलासा

Advertisement

पुर्व एआईजि सुवेदीको आरोपबारे उनकै स्थानीय रत्न महराको खण्डन , अझ गम्भीर खुलासा

सत्य कहिल्यै हराउँदैन — समयले ढिलो गरे पनि अन्ततः उसले हरेक कुरा उजागर गर्छ।
इतिहासका पानामा कलम जसको हातमा हुन्छ, कथा ऊ लेख्न सक्छ, तर सत्य लेख्ने अधिकार भने इतिहास आफैंले राख्छ।

यही सन्दर्भमा, २०१५ सालमा ८३ नम्बर क्षेत्रबाट सांसद निर्वाचित सुनिलस्मृती गाउँपालिका–६, गजुल डलंगा निवासी खडानन्द सुवेदीको वंश र त्यसपछिका घटनाहरू आज फेरि विवाद र विमर्शको केन्द्र बनेका छन्।

खडानन्द सुवेदीका तीन श्रीमती र तीबाट जन्मिएका सन्तानहरूको कथा केवल पारिवारिक इतिहास होइन; यो सत्ता, सौतेलोपन र नाताभित्रको अन्यायको दस्तावेज हो।
जेठी श्रीमती पातिहाल्नाकी भण्डारी छोरीबाट जन्मिएका तीन छोरा — थिरबहादुर, रुद्रबहादुर र गुमान सुवेदी — सबको निधन भइसकेको छ।
माहिली श्रीमती प्युठान वेलवासकी ‘बेराल्नी’बाट जन्मिएका नन्दलाल, कैलास र चेतमान;
र कान्छी श्रीमतीबाट जन्मिएका नारायणप्रसाद, डा. बालकृष्ण, पूर्व एआईजी देवेन्द्र सुवेदीसहित चार छोरी — सरस्वती आचार्य, सीता आचार्य, सुशिला दाहाल र सुभद्रा अधिकारी — यस परिवारका प्रमुख सदस्य हुन्।

तर यिनै नामहरूबीच लुकेको छ — एक आत्मघाती कुन्ठा, व्यक्तिगत बदला र असफल महत्वाकांक्षाको कथा।

२०५९ साल बैशाख २९ गते माओवादीद्वारा अपहरण भई १०० दिन बन्दीजीवन बिताएका नारायणप्रसाद सुवेदीले लेखेको “१०० दिन माओवादी कब्जामा” शीर्षक पुस्तकले व्यक्तिगत पीडा प्रकट गर्छ।
तर त्यसै पुस्तकलाई आधार मानेर हाल उनले गरेको दाबी — “माओवादीले मेरो परिवारका सात जना पक्राउ गरी पाँच जनाको हत्या गरे” — तथ्यभन्दा बढी अतिरञ्जना र आत्मकेन्द्रित व्याख्या जस्तो देखिन्छ।

वास्तविकता के हो भने — जेठी श्रीमतीका जेठा छोरा थिरबहादुर सुवेदीकी छोरी, रोल्पाको मिझिङस्थित स्यानोडोपमा, गलत सूचनाका कारण प्रहरीको गाडी ठानेर खानेपानी कार्यालयको गाडीमा परेका एम्बुसमा मारिएकी थिइन्।
त्यो युद्धकालको दुर्भाग्य थियो, राजनीतिक हत्या होइन।

त्यस्तै, नारायणप्रसाद सुवेदीको अपहरणको घटना सत्य भए पनि, त्यस बाहेकका उनका अधिकांश आरोपहरू राजनीतिक लाभका लागि बुनेका कथाहरू जस्ता देखिन्छन्।

देवेन्द्र सुवेदीको चरित्र पनि यतिमै विवादित छ।
प्रहरी सेवामा रहँदा उनीभित्र अनुशासनभन्दा बढी अभिमान र सत्तालोलुपता हावी थियो।
नेपाल प्रहरीको महानिरीक्षक (IGP) बन्ने महत्त्वाकांक्षाले उनले पटक–पटक सत्ता–केन्द्र, विशेष गरी प्रचण्ड निवाससम्म पुगेर दबाब सिर्जना गर्न खोजेको कुरा राजनीतिक वृत्तमा चर्चित छ।
तर जब त्यो सम्भव भएन, उनले आफ्नो असफलता र रिसलाई “सत्ता–विरोधी सत्य–वाणी” को आवरणमा प्रस्तुत गर्न थाले।

तर इतिहासले उनलाई अर्कै कोणबाट चिनाउँछ।
२०५५ साल चैत्र २७ गते — तत्कालीन गजुल प्रहरी चौकीका इन्चार्ज राजेन्द्र अधिकारीको नेतृत्वमा, नारायणप्रसाद र देवेन्द्र सुवेदीको प्रत्यक्ष संलग्नतामा तीन किशोर–किशोरी — रेबबहादुर थापा, तेजकुमारी महरा र सजना थापा — लाई गिरफ्तार गरी कुन्द्र खोलाको जंगलमा लगेर यातना र बलात्कारपछि हत्या गरिएको घटना इतिहासमा दर्ता छ।
त्यो कुनै राजनीतिक अभियान थिएन; त्यो मानवताको हत्या र निर्दोष रगतको चिहान थियो।

यही घटनाले देवेन्द्र सुवेदीको चरित्रको वास्तविक अनुहार उजागर गर्छ —
फरक वर्दी, फरक पद, तर सोच भने उही सत्तालोलुप मानसिकता।

आज उनी आफूलाई “राष्ट्रसेवक” र “सत्यको योद्धा”का रूपमा प्रस्तुत गर्न खोज्छन्, तर उनका आरोप र कथनहरू असफल महत्वाकांक्षा र व्यक्तिगत द्वेषको प्रतिफल हुन्।

त्यसैले, यो लेखको उद्देश्य कुनै व्यक्तिगत द्वन्द्व होइन;
उद्देश्य हो — झूटको साम्राज्यमा सत्यको शस्त्र उठाउने हिम्मत जगाउनु।
सत्य कहिल्यै लोकप्रिय हुँदैन, तर मौनता सधैं अपराध हुन्छ।

देवेन्द्र सुवेदीले फैलाएका “प्रचण्डको घरबाट दुई करोड र दुई ट्रक पैसा ओसारपसार भयो” भन्ने हल्ला केवल सामाजिक नाटक र असफलताको आवरण हो।
अब समाजले यस्ता भ्रम फैलाउने पात्रहरू होइन, सत्यको पक्षमा उभिने चेतनशील नागरिकहरूलाई चिन्ने समय आएको छ।

लेखक : रत्न महरा , सुनिलस्मृती गाउँपालिका, वडा नं. ५, गजुल, रोल्पा घर भएका नेकपा (माओवादी केन्द्र) पालिका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search