Yug Post

Day: २७ फाल्गुन २०८१ २१:११

ताेसिमा कार्कीको उम्मेदवार खारेजीको निर्णय सर्वोच्चद्वारा बदर

ताेसिमा कार्कीको उम्मेदवार खारेजीको निर्णय सर्वोच्चद्वारा बदर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई आज बदर गरेको हो । विसं २०७९ मा भएकाे प्रतिनिधिसभा चुनावमा ललितपुर क्षेत्र नम्बर–३ बाट उम्मेदवार हुँदा कार्कीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य भई लाभ लिइरहेको र त्यो पदबाट राजीनामा नदिई उम्मेदवार भएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेपछि कार्कीले सर्वोच्चमा रिट दिनुभएको थियो । त्यो रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासबाट यसअघि अन्तरिम आदेश जारी भएको थियो ।
Read More
स्ववियु चुनाव :सल्यानमा दुई गठबन्धन र अखिल समाजवादीकाे एकल उम्मेदवारी

स्ववियु चुनाव :सल्यानमा दुई गठबन्धन र अखिल समाजवादीकाे एकल उम्मेदवारी

२७ फागुन, सल्यान । आगामी ५ चैतमा हुने निर्वाचनका सल्यानमा दुईवटा छुट्टाछुट्टै  गठबन्धन र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल समाजवादी   एकल प्रतिस्पर्धामा उत्रिएको छ । अखिल समाजवादीले सल्यान बहुमुखी क्याम्पसमा राजेन्द्र खड्का सभापतिका उम्मेदवार छन भने फारुला बहुमुखी क्याम्पसमा निशान देवकोटाले सभापतिमा उम्मेदवार दिएको उक्त संगठन केन्द्रीय सदस्य तथा सभापति पदका उम्मेदवार  राजेन्द्र खड्काले जानकारी दिएका छन ।  दुई गठबन्धन सहित एकल प्रतिस्पर्धामा उत्रिएको अखिल समाजवादीले  मंगलबार  मनोनयन दर्ता गराएका हाे । अखिल समाजवादी सल्यान जिल्ला समितिले आज एक प्रेस वक्तव्य  जारी गर्दै वार्ता  संवाद रचनात्मक तालमेलमा खुल्ला रहदै एकल रुपमा चुनाव सहभागी हुने कुरा उक्त संगठनका जिल्ला…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search