१९ कार्तिक २०८२ ०८:४८
१९ कार्तिक २०८२ ०८:४८
काठमाण्डौ – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् । हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् । एक विदेशी नागरिकसहित दुई जना नेपाली गाइडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेको भनिए पनि अहिलेसम्म १२ जना मात्रै रहेको विवरण छ । सम्पर्कविहीन आरोहीको खोजीका लागि हिजो हेलिकप्टर पठाए पनि मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको डीएसपी महतोले बताउनुभयो । केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात…