Yug Post

बुटवलमा एक आमासहित २ बच्चाको बीभत्स हत्या

बुटवलमा एक आमासहित २ बच्चाको बीभत्स हत्या

बुटवलमा एक आमासहित २ बच्चाको बीभत्स हत्या

बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो ।  अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ र ४ वर्ष रहेको डिएसपी रानाले एकबताएका छन् ।  हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०–३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    घटनाको सम्पूर्ण विवरण आउन बाँकी
Read More
थवाङ आमसभामा प्रचण्ड  बोल्दै गर्दा किन भाबुक भए ?

थवाङ आमसभामा प्रचण्ड बोल्दै गर्दा किन भाबुक भए ?

पार्टीलाई पुनः सशक्त बनाउने उद्देश्यसहित माओवादी केन्द्रले गत फागुन देखि देशव्यापी अभियान चलाइरहेको छ । माओवादी शान्ति प्रक्रियामा आएको १८ वर्षपछि पहिलोपटक पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म पार्टी नेतृत्व सहितको अभियान सञ्चालन गरिरहेको छ।  पछिल्लोपटक २ जेठदेखि सुदूरपश्चिमको बैतडीबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत थवाङ पुगेका प्रचण्डले थवाङमा आयोजित विशाल जनसभाको रोस्ट्रममा उभिएर प्रचण्डले बोल्दै भन्नुभयो। "क्रान्तिकारी आन्दोलनको तयारीको रुपमा रोल्पाले मुख्यत थवाङले आफ्नो पहिचान क्रान्तिको किल्लाको रुपमा स्थापित गर्‍यो । त्यतिबेलाको निरंकुश सरकारको फौजी अत्याचारको प्रत्यक्ष सामना गर्ने पहिलो किल्ला बन्यो थवाङ जतिबेला जनयुद्धको अन्तिम तयारीमा थिए मैले इतिहासका सबै क्रान्ति युद्ध अनुभवहरु जति नेपालमा थिए सबैको अध्ययन…
Read More
रोल्पामा रुखबाट लडेकी महिला स्वास्थ्य स्वयंसेवीकाको निधन

रोल्पामा रुखबाट लडेकी महिला स्वास्थ्य स्वयंसेवीकाको निधन

टेक मगर ,रोल्पा — रोल्पाको रुन्टिगढी गाउँपालिका–१ राम्ली निवासी महिला स्वास्थ्य स्वयंसेवीका मनि घर्ती मगरको निधन भएको छ। करिब ४० वर्षीया घर्ती मगरको मंगलबार बिहान घरमै मृत्यु भएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो। स्वयंसेवीका घर्ती मगर करिब डेढ वर्षअघि स्थानीय आमा समूहको बैठकमा जाँदै गर्दा गाउँ नजिकैको काफलको रुखबाट लडेकी थिइन्। सो दुर्घटनामा उहाँको ढाड भाँचिएको थियो। प्रारम्भिक उपचारपछि केही समय अस्पतालमा बसेर घरमै आराम गरिरहेकी उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा अन्ततः मंगलबार बिहान निधन भएको वडा नं. १ का वडा अध्यक्ष थम बहादुर घर्तीले बताउनुभयो। स्वास्थ्य स्वयंसेविका घर्ती मगर लामो समयदेखि स्थानीय वडामा महिलाको स्वास्थ्य सेवा प्रवर्द्धनमा…
Read More
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्याैपानेले जानकारी दिए ।अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ । तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। २०७६ असोजमा संसद सचिवालयमा कार्यरत राेशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको…
Read More
अपाङ्गता भएका व्यक्तिप्रति बेवास्ता ,आन्दोलनको चेतावनी

अपाङ्गता भएका व्यक्तिप्रति बेवास्ता ,आन्दोलनको चेतावनी

त्रिवेणी गाउँपालिका, रोल्पा — नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२(२)(त) बमोजिम अपाङ्ग, अशक्त र असहाय व्यक्तिहरुको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ। यद्यपि त्रिवेणी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरू शिक्षादेखि स्वास्थ्य, रोजगार र सेवा–सुविधामा राज्यद्वारा सुनिश्चित गरिएको अधिकारबाट वञ्चित छन्। स्थानीय सरकार र जनप्रतिनिधिहरू अपाङ्गता भएका व्यक्तिप्रति गम्भीर नदेखिएको पीडितहरूको गुनासो छ। उनीहरूका अनुसार, चुनावको बेला मात्र अपाङ्ग व्यक्तिलाई सम्झिन्छन्, तर निर्वाचन जितेपछि अवस्था बदलिँदैन। "हामी भोटर बन्न मात्र बाध्य छौं," एक अपाङ्ग व्यक्तिले भने, "तर हाम्रो समस्याप्रति कसैको ध्यान जान्न सकेको छैन।" त्रिवेणी गाउँपालिकाभित्र हजारौं अपाङ्ग, अशक्त र असहाय व्यक्तिहरू छन् जो आज…
Read More
निर्माण भएको दुई बर्षमा पनि  सञ्चालनमा आएन दहवनको कोल्ड स्टोर

निर्माण भएको दुई बर्षमा पनि सञ्चालनमा आएन दहवनको कोल्ड स्टोर

रोल्पा, टेक मगर — त्रिवेणी गाउँपालिका–२, दहवनमा निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि कोल्ड स्टोर अझै सञ्चालनमा आउन सकेको छैन। २०७५/७६ मा कुल ५ करोड २५ लाख रुपैयाँको लागत अनुमानसहित सुरु गरिएको परियोजनामा हालसम्म २ करोड ६६ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको छ। बाँकी २ करोड ५९ लाख रकम भुक्तानी हुन बाँकी रहेको छ। कोल्ड स्टोर निर्माणको जिम्मेवारी लिएको नुवागाउँ साना किसान कृषि सहकारी संस्थाका पदाधिकारीहरूका अनुसार, बजेटको अभावले कार्य सम्पन्न भए पनि सञ्चालनमा ल्याउन कठिन भएको हो। “हामीले ऋण लिएर काम अघि बढायौं, हामीलाई अख्तियारमा मुद्दा पनि परेको थियो। २०८० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रक्रिया पुग्यो । …
Read More
मार्सलको नेतृत्वमा रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

मार्सलको नेतृत्वमा रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित भएको छ। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता बारे धारणा राखे । उनले अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको स्पष्ट पारेका थिए । अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्वकेन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा एमाले निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन्। अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न  आग्रह गरे । सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा…
Read More
त्रिवेणी गाउँपालिका–२ मा फेला परेको सकेट बम नेपाली सेनाद्वारा सुरक्षित रूपमा डिस्पोज

त्रिवेणी गाउँपालिका–२ मा फेला परेको सकेट बम नेपाली सेनाद्वारा सुरक्षित रूपमा डिस्पोज

रोल्पा —टेक मगर- त्रिवेणी गाउँपालिका–२ स्थित दहवनमा निर्माणाधीन भगवती माध्यमिक विद्यालयको भवनको जग खन्ने क्रममा फेला परेको सकेट बम नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। मिति २०८२ साल जेठ ६ गते बिहान ११:०० बजे श्री सूर्यदल गण, लिवाङबाट सेनानी शंकर थापा मगरको कमाण्डमा १/८ को B.D. (बम डिस्पोजल) टोली ना.१ झ.१०३४ नम्बरको गाडीमार्फत घटनास्थलमा पुगेको थियो। टोलीले आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय क्षेत्रदेखि करिब २०० मिटर तल रहेको खाल्डोमा दिउँसो १२:४२ बजे उक्त सकेट बमलाई डिस्पोज गरेको जनाइएको छ। स्थानीय बासिन्दा र विद्यालय प्रशासनले समयमै बम फेला परेको जानकारी दिएर सुरक्षाकर्मीलाई खबर गरेको र सेनाले जोखिम व्यवस्थापन गर्दै घटनालाई…
Read More
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड थवाङमा यी कार्यक्रममा सहभागी हुने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड थवाङमा यी कार्यक्रममा सहभागी हुने

नेकपा (माओवादी केन्द्र ) अध्यक्ष नेतृत्वको ´जनता सँग माओवादी मध्य पहाडी लोक मार्ग जनजागरण अभियान अन्तर्गत थवाङमा विशाल जनसभा, थवाङ साँस्कृतिक साँझ , जिल्ला समन्वय समितीको बैठकमा प्रचण्ड सहभागी हुनेभएका छन् । झापाको कचनकवल बाट सुरु गरेको जनता सँग माओवादी मधेस तराई जागरण अभियान कंचनपुरमा गएर उत्साहित भएको माओवादीले फेरि दोस्रो चरण अभियान जेठ २ गतेबाट "जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान" झन् उत्साहजनक हुँदै गएको छ। थवाङ गाउँपालिका ,परिवर्तन गाउँपालीका ,सुनछहरी गाउँपालीका लगायत जिल्लाभरबाट पार्टी कार्यकर्ता , समर्थक ,शुभेच्छुक लगायत सम्पुर्ण जनसमुदायको भव्य उपस्थिति हुनेछ । प्रचण्ड थवाङमा ७ गतेको दिउसो जनसभा हुनेछ भने ७ गतेकै साँझ थवाङ…
Read More
अपाङ्गता भएका व्यक्तिहरूको हकका लागि त्रिवेणी गाउँपालिकामा ११ बुँदे ज्ञापनपत्र पेश

अपाङ्गता भएका व्यक्तिहरूको हकका लागि त्रिवेणी गाउँपालिकामा ११ बुँदे ज्ञापनपत्र पेश

रोल्पा, जुगार- टेक मगर – अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न अपाङ्ग कल्याणकारी समाज नेपाल, त्रिवेणी गाउँपालिका, रोल्पाले ११ बुँदे ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष समक्ष बुझाएको छ। अपाङ्ग कल्याणकारी समाज नेपाल त्रिवेणी गाउँपालिका जुगार रोल्पाका अध्यक्ष नोखिराम डाँगी को नेतृत्वमा प्रस्तुत उक्त ज्ञापनपत्रमा संविधानमा प्रत्याभूत पाँचवटा मौलिक हकहरू — शिक्षाको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, बालबालिकाको हक, सामाजिक न्यायको हक र सामाजिक सुरक्षाको हक — कार्यान्वयनमा स्थानीय सरकारको भूमिकाबारे जोड दिइएको छ। ज्ञापनपत्रमा उल्लेख भएअनुसार अपाङ्गता भएका व्यक्तिहरू शिक्षादेखि रोजगार, स्वास्थ्य, सामाजिक सहभागिता र जीवनयापनका क्षेत्रमा अझै पनि दोहोरो नागरिकको रूपमा अपहेलित जीवन बिताउन बाध्य छन्। सञ्जालले प्रस्तुत…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search