Yug Post

सरकार र शिक्षक महासंघ बीच नौं बुदे सहमति पछि आन्दोलन स्थगित

सरकार र शिक्षक महासंघ बीच नौं बुदे सहमति पछि आन्दोलन स्थगित

सरकार र शिक्षक महासंघ बीच नौं बुदे सहमति पछि आन्दोलन स्थगित

काठमाडौँ —सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ । उक्त सहमतिलाई मन्त्रिपरिषद्‌को बुधबारको बैठकले अनुमोदनसमेत गरिसकेको छ । मन्त्रिपरिषद‍्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए ।  शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको सहमतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको मन्त्री पन्तले जानकारी दिए । सहमतिपछि अब शिक्षकहरु विद्यालय फर्कने शिक्षा मन्त्रालयले जनाएको छ ।
Read More
रुन्टीगढी गाउँपालिका ६ नम्बर वडाको शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता

रुन्टीगढी गाउँपालिका ६ नम्बर वडाको शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता

टेक मगर ,रोल्पा – नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प हुँदा विद्यार्थी र अभिभावकहरू गम्भीर अन्योलमा परेका छन्। शिक्षा ऐन संशोधन र पेशागत हकहितका मागसहित २०८१ सालको चैत्र २० गतेदेखि सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन अझै जारी रहँदा त्यसको प्रत्यक्ष असर विद्यालयको नियमित शिक्षण कार्यमा परेको छ। यसै सन्दर्भमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ को वडा समितिले २०८२ वैशाख १५ गते बसेको बैठक को पत्रमार्फत आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। समितिको सर्वसम्मत निर्णय अनुसार शिक्षकहरूको आन्दोलन उचित र न्यायोचित भएको भन्दै घाइते शिक्षकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। वडा समितिको भनाइअनुसार शैक्षिक वर्ष २०८२ सुरु भएको…
Read More
रोल्पा जुगारमा सन्त निरंकारी मिशनको विशेष पहलमा ५७ जनाले गरे रक्तदान (फोटोसहित)

रोल्पा जुगारमा सन्त निरंकारी मिशनको विशेष पहलमा ५७ जनाले गरे रक्तदान (फोटोसहित)

रोल्पा//टेक मगर// "मानिसको रगत नालीमा होइन, नाडिमा बगाउनुपर्छ" भन्ने गहिरो सन्देश बोकेर सन्त निरंकारी मिशनले ४५औं मानव एकता दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। घोराहीस्थित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २३ जना महिला र ३४ जना पुरुष गरी जम्मा ५७ जनाले रक्तदान गरे। रक्त सञ्चार केन्द्रका प्रमुख दिलीप न्यौपानेसहित ठाकुर पौडेल, गोपी चौधरी र नरेश चौधरीले रक्त संकलन कार्यको व्यवस्थापन गरेका थिए। कार्यक्रमको प्रमुख अतिथिका रूपमा त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठा सहभागी हुनु भएको थियो। सभाध्यक्ष सन्त निरंकारी मण्डलका केन्द्रीय सदस्य दल बहादुर राणाले रक्तदानलाई नियमित अभियानका रूपमा अघि बढाइने जानकारी दिनुभयो। उहाँले रगतको आवश्यकताका…
Read More
यथास्थितिवादी  र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्छ

यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष प्रचण्डले यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने जिकिर गरे ।  शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले हिजो जनमुक्ति सेनाले संगठनको रक्षा , पार्टीको प्रचारप्रसार गर्थ्यो। अब यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने बताएका हुन् । अर्को सन्दर्भमा उनले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रबादी सफल भएको बताएका हुन् ।  उनले आउने दिनमा पनि बितण्डा मच्चिन सक्ने भएकाले प्रतिगामीहरुलाई खवरदारी गर्ने जिम्मेवारी सवैको भएको उल्लेख गरे । प्रचण्डले अहिलेको सरकार सुशासनका बिरुद्ध खडा गरिएको बिचौलियाको…
Read More
आठ नियमले चिनलाई यस्तो प्रभाव पारेको रहेछ

आठ नियमले चिनलाई यस्तो प्रभाव पारेको रहेछ

२०८१ चैत २८ गते चीन भ्रमणको दाेस्राे दिन "आठ वटा नियमहरुले चीनलाई गहिरो रुपले परिवर्तन गरेको छ " भन्ने थियोे । । हामी पुर्व निर्धारित समय तालिका अनुसार पार्टी स्कुल एकेडेमी टावरकाे दाेस्राे तला रेष्टुरेन्टमा बिहान ८ बजे नास्ता गरेर बिषयगत कक्षा (१) मा सहभागी हुन प्रशिक्षण भवनको १०३ नम्बर काेठामा गयौं । आज हामी सबै औपचारिक पाेशाकमा उपस्थित भयौं । मैले पनि आज जीवनमा पहिलोपटक टाई लगाए । बिहानको नाै बजे देखि प्रशिक्षण सुरु भयो । त्यसमा हामी नेपाली प्रतिनिधिमण्डल र छाेङछिङ पार्टी स्कुलका प्रतिनिधि बिद्यार्थीहरु सहभागी थियौँ । कार्यक्रम प्राेटाेकल अनुसारको नाम प्लेट सहित व्यबस्थित र मर्यादित थियो…
Read More
रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न       

रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न       

रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ ।          माडी गाउँपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षता एवम् स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख सीता कुवर, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पूर्ण खोप पालिका घोषणा गरिएको हो । घरधुरी सर्वेक्षणका आधारमा पालिकाभित्रका आंशिकरुपमा खोप लगाउन छुटेका बालबालिकालाई खोजेर घरमै गई पूर्ण खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका…
Read More
कर्णाली र कृषि जनजीवन

कर्णाली र कृषि जनजीवन

नेपालको भुगोलको सबैभन्दा ठुलो (३०,२११ ) वर्ग कि.मी अर्थात( २१.६ प्रतिशत) क्षेत्रफल ओगटेको कर्णाली प्रदेश ऐतिहासिक तथा विशाल प्राकृतिक स्रोत र सुन्दरता भएको प्रदेश हो । कर्णालीमा कृषि जीविकोपार्जन र व्यवसायिक रुपमा पनि कृषि पेसामा नागरिकहरु जोडिएका छन् । एक सरकारी तथ्याङका अनुसार कर्णालीका ३० प्रतिशत नागरिक मात्रै उत्पादनबाट आत्मनिर्भर छन् । कृषि गणना २०७८ अनुसार कुल कृपक परिवारको ७० प्रतिशत घरपरिवारलाई आफ्नो उत्पादनले खान पुग्दैन। कर्णाली प्रदेशमा खेतीयोग्य जमिनको क्षेत्रफल २,९९,३३९ हेक्टर र प्रतिशतमा ९.९०८ रहेको छ । कृषि र पशुपालनको परम्परा इतिहास कालदेखि कर्णाली क्षेत्रमा चलेका विशाल खस साम्राज्य हुँदै उत्पादित वस्तुको निर्यात गर्ने र घरायसी समान खरिद…
Read More
रोल्पाको त्रिवेणीमा एक पुरुषको बेवारिसे  अवस्थामा शव फेला

रोल्पाको त्रिवेणीमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला

  रोल्पा — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–५ मा एक पुरुषको शव बेबारिसे अवस्थामा फेला परेको छ। अन्दाजी ५५ वर्षका हरि बहादुर कामी मृत अवस्थामा फेला परेका हुन्। लापदादा स्थित फारुली बोट नजिकैको बाटो छेउमा उनको शव शुक्रबार बिहान फेला परेको हो। मृतक कामी त्रिवेणी गाउँपालिका–५ नेर्पा बजार गएका थिए र घर फर्किने क्रममा बाटोमै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय स्रोतका अनुसार घटना बिहीबार  साँझतिर नै भएको हुनसक्ने अनुमान गरिएको छ। मृतकका परिवारले बिहान ७ बजे मात्र घटनाबारे जानकारी पाएका थिए। शव पोष्टमार्टमको लागि त्रिवेणी गाउँपालिकाको एम्बुलेन्समार्फत रोल्पा अस्पताल रेउघा पठाइएको छ। मृतक कामीको घर नजिकै जगरबोट रहेको बताइएको…
Read More
केपि ओली नेतृत्वको सरकारको आयु यी कारण शुन्यतिर

केपि ओली नेतृत्वको सरकारको आयु यी कारण शुन्यतिर

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीचको दुरी बढ्दै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दैजाँदा सरकार नै संकटमा पर्दै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा अहिले उपचारका लागि थाइल्यान्डको बैंककमा छन् । परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणासहित उनी गत आइतबार बैंकक गएका हुन् । उनी एक साता लामो बसाइपछि स्वदेश फर्किने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवाको प्रतीक्षामा छन् । पछिल्लो समय प्रधानमन्त्री ओली र देउवाका बीचमा सम्बन्ध चिसिँदै गएको छ । दोहोरो दबाबमा रहेका देउवाले पनि सरकारका ’boutमा…
Read More
त्रिवेणी  पूर्ण खोप पालिका घोषणा, दिगोपनाका लागि साझा प्रतिबद्धता

त्रिवेणी पूर्ण खोप पालिका घोषणा, दिगोपनाका लागि साझा प्रतिबद्धता

रोल्पा, वैशाख १२ – रोल्पा जिल्लाका १० पालिकामध्ये त्रिवेणी गाउँपालिकाले यस वर्ष पनि पूर्ण खोप पालिका घोषणा गरिएको छ। खोप सुनिश्चितता तथा दिगोपनाका लागि त्रिवेणी गाउँपालिकाले सरोकारवालाको सहभागितामा हस्ताक्षर गर्दै साझा प्रतिबद्धता जनाएको छ। त्रिवेणी गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा “पूर्ण खोप, सुरक्षित भविष्य: शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत त्रिवेणीको आधार, स्थानीय स्रोतको सदुपयोग, स्वामित्व र सहभागिता: पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। घरधुरी सर्वेक्षणका आधारमा आंशिक रूपमा खोप छुटेका चार जना बालबालिकालाई खोजी गरेर घरमै गई खोप लगाएपछि पालिकामा पूर्ण खोप सुनिश्चित भएको हो। जन्मदेखि ५९ महिनासम्मका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search