Yug Post

भृकुटीमण्डपमा सरकार विरुद्धको खबरदारी सभा चलिरहेको छ।

भृकुटीमण्डपमा सरकार विरुद्धको  खबरदारी सभा चलिरहेको छ।

भृकुटीमण्डपमा सरकार विरुद्धको खबरदारी सभा चलिरहेको छ।

काठमाडौँ— नेकपा( माओवादी केन्द्र)ले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । माओवादी हरायो भन्नेहरूलाई एकैपटक सबै शिर्ष नेताहरू हजारौं जनताको साथमा काठमाडौको रोडमा देखिए फेरि माओवादी आयो भनेर जवाफ् दिएका छन् । सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मालगायत पदाधिकारी र नेताहरु सहभागी छन् । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गर्दै खबरदारी सभा गरेको हो । त्यस्तै…
Read More
दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुईको मृत्यु तीन गम्भीर घाइते

दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुईको मृत्यु तीन गम्भीर घाइते

दाङ, १० कार्तिक । दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु ३ जना गम्भीर घाइते भएका छन् । रोल्पाको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर ३ साततलेमा दुर्घटनामा हुँदा चालक दंगीशरण गाउँपालिका ४ बैबाङ निवासी २२ वर्षीय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो l इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शनिबार बिहान साढे ३ बजेतिर दुर्घटनामा हुँदा जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । जिपमा ५…
Read More
माओवादीले आज सरकार विरुद्ध ४० हजार जनता  उतार्ने

माओवादीले आज सरकार विरुद्ध ४० हजार जनता उतार्ने

१० कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज काठमाडौंमा सरकार विरुद्ध बिरोध तथा खबरदारी सभा गर्दैछ । सभामा ४० हजार सहभागी मानिस सहभागी बनाउने दाबी गरेको छ। माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको जनाएको छ । त्यस्तै सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरणलगायत…
Read More
दाङको राप्ती नदिमा डुबेर रनियाँपुरका तीन बालीका मृत्यु

दाङको राप्ती नदिमा डुबेर रनियाँपुरका तीन बालीका मृत्यु

दाङ , ८ कात्तिक । दाङको राप्ती नदीमा नुहाउने क्रममा लमही नगरपालिका–२ रनियाँपुरका तीन जना डुबेर मृत्यु भएको हो । लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इश्वर थापाले जानकारी दिए । कृष्टी गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा कक्षा ८ पढ्दै थिइन भने पत्थरगढवा स्थित मार्टिन एकेडेमीमा झरनाले कक्षा ४ र निशाले कक्षा ६ मा त्यहीँ स्कुलमा पढ्दै आएका थिए ।
Read More
दाङमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

दाङमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

घाेराही दाङ,८ कार्तिक/ दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ। दाङको लमही नगरपालिका २ रनियाँपुरमा नुहाउने क्रममा मृत्यु हुनेमा लमही २ रनियापुरकी १२ वर्षकी झरना चौधरी, १२ वर्षकी निशा चौधरी, र गढवा गाउँपालिका ४ खडकपुर हाल लमही नगरपालिका ५ लमही गल्ली निबासी वर्ष १२ कि कृष्टी चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिएका छन। प्रारम्भिक अनुसन्धान अनुसार बालिकाहरु नुहाउने क्रममा पानीमा डुबेका थिए। घटनाको जानकारी पाएपछि स्थानीय प्रहरी र बचाव टोली घटनास्थलमा पुगेका थिए। मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।     FacebookTwitterEmailShare
Read More
केपी ओली नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेका  महत्त्वपूर्ण उपलब्धिहरू(पुर्ण पाठ)

केपी ओली नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेका महत्त्वपूर्ण उपलब्धिहरू(पुर्ण पाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै भने, ‘सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन् । बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।’ सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना…
Read More
सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सरकारका काम कारबाहीबारे समीक्षा गर्न सत्तारुढ दलको बैठक बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री ओलीले बोलाएको गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्। बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारीलगायतका मन्त्री तथा नेताहरु पनि सहभागी छन्।  बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। प्रधानमन्त्रीओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन्। उनले सार्वजनिक गर्नु अगाडि…
Read More
रोल्पाको रुन्टीगढीमा शिक्षकले  विद्यार्थीको हात भाँचिदिएको घटना २ महिना पछि सार्वजनिक

रोल्पाको रुन्टीगढीमा शिक्षकले विद्यार्थीको हात भाँचिदिएको घटना २ महिना पछि सार्वजनिक

रोल्पाको रुन्टीगढी गाउँपालिकामा दुई महिना अगाडी शिक्षकले नाबालक विद्यार्थीको हात भाँचिदिएको घटना बाहिरीएको छ। मंगलबार रोल्पाको सदरमुकाम लिबाङम पत्रकारहरुसँग कुरा गर्दै रुन्टीगढी गाउँपालिका वडा नं. ९ सखी घर भएका रेशमबहादुर विश्वकर्माले १० वर्षीय छोरा विराज विकको शिक्षकले कुटेर हात भाँचिदिएको आरोप लगाएका छन् । स्थानीय सरस्वती आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत विराजलाई शिक्षक चन्द्रज्योती सेजवालले कुटपिट गरेको आरोप छ । गत भदौ ६ गते विद्यालय समयमा कक्षा ४ मा पढाईरहेका शिक्षक सेजुवालले कक्षाबाट बाहिर निस्केका विराजलाई टाउकोमा समाएर हातले पिट्दै ढकेल्ने क्रममा सिमेन्टको पिँढीमा ठोक्किन गइ हात भाँचिएको बुवा रेशमबहादुर विश्वकर्माले बताए । आरोपित शिक्षक तथा सोही विद्यालयका प्रधानाध्यापक…
Read More
दशैकाे अवधिमै दाङमा ४८ जुवाडे पक्राउ

दशैकाे अवधिमै दाङमा ४८ जुवाडे पक्राउ

दाङ – दाङमा दशैँको अवधिमा ४८ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले असोज महिनामा १२ दिनको अवधिमा जुवा खेल्ने र खेलाउने ४८ जनालाई पक्राउ गरेको हो । असोज १६ गतेदेखि २७ गतेसम्म जुवा खेलेको र खेलाएको आरोपमा ४८ जनालाई पक्राउ गरेको र जुवाको खालबाट पाँच लाख २७ हजार ६ सय १० रुपैयाँ बरामद भएको छ । प्रहरीकाअनुसार असोज १६ गते ७ जना पक्राउ पर्दा ५८ हजार चार सय ५५ रुपैयाँ बरामद भएको छ । यस्तै असोज १८ गते आठ जना पक्राउ गर्दा एक लाख ७२ हजार पाँच सय ८५, असोज २२ गते पाँच जना पक्राउ पर्दा…
Read More
रोल्पाबाट वर्षमानले भने : रवि लामिछाने माथि जे गरिएको छ , धनराज र ऋषिकेश पोखरेललाई पनि त्यही होस् ।

रोल्पाबाट वर्षमानले भने : रवि लामिछाने माथि जे गरिएको छ , धनराज र ऋषिकेश पोखरेललाई पनि त्यही होस् ।

रोल्पा । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले रवि लामिछानेमाथि जे गरिएको छ , धनराजलाई र ऋषिकेश पोखरेललाई पनि त्यही हुनुपर्ने बताएका छन् । पार्टी सम्वद्ध पत्रकारको संगठन प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । ´राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने ` उनले भने । ‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search