Skip to main content

Yug Post

अन्तर्राष्ट्रिय

श्रीलंका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मन्त्रीमण्डल गठन गरेका छन्।

श्रीलंका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मन्त्रीमण्डल गठन गरेका छन्।

श्रील‌काका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले म‌गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै मन्त्रिमण्डल गठन गरेका छन्। उनले मंगलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन्। संसद विघटन भएपछि उनीहरूले कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन्।   ‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ’, पार्टीका सदस्य नमल करुणारत्नेले सञ्चारकर्मीलाई भने, ‘त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ।’ पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले हालै राष्ट्रपति चुनावमा जीत हासिल गरेका थिए।   श्रीलङ्काको २२५ सदस्यीय संसदमा हाल उनको…
Read More
राेल्पामा बन्दुकको बटकाे प्रहार गरि एक बृद्धकाे हत्या

राेल्पामा बन्दुकको बटकाे प्रहार गरि एक बृद्धकाे हत्या

  रोल्पा -थवाङमा बन्दुकको बटले हानेर एक वृद्धको हत्या भएको छ | रोल्पा जिल्ला थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लोबाङ जाजरकोट बस्ने अन्दाजी बर्ष ३५ को रामकुमार रोका मगर ( सन्ते)ले सोही गाउँ जाजरकोट निबासी बर्ष ७१ का सारु रोका मगर लाई बन्दुकको बटले टाउकोमा हानी आज दिउँसो अन्दाजी १२:३० समयमा हत्या गरेको ईलाका प्रहरी कार्यालय थवाङले जनाएको छ । हत्यारा रामकुमार रोका मगर ( सन्ते) लाई प्रहरीले तत्काल नियन्त्रणमा लिए पनि घटना किन भएको हो भन्ने बारे पुरा विवरण खुलेको छैन । ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट मुद्दाको फाँटकाे टोलि मुचुल्का उठाउन घटना स्थल तर्फ लागेको छ। घटनाको थप विवरण…
Read More
राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिए

राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिए

बाढी पछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन्l बाढीका कारण चार हजारभन्दा बढीले ज्यान गुमाएको उल्लेख छ । मिडिया रिपोर्टहरूका अनुसार विनाशकारी बाढीले चाङ्गाङ प्रान्तका केही भागलाई ध्वस्त पारेको छ। जसमा ४ हजारभन्दा बढी उत्तर कोरियालीको मृत्यु भएको थियो । किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए । उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीलाई तुरुन्तै मृत्युदण्ड दिए । रिपोर्टका अनुसार सबैलाई एकै समयमा झुण्ड्याइएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार गत महिनाको अन्त्यमा बाढी प्रभावित क्षेत्रमा २०-३०…
Read More
काभा महिला भलिबल लिगको उपाधी भारतलाई

काभा महिला भलिबल लिगको उपाधी भारतलाई

  काठमाण्डाै – नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगकाे उपाधि जितेकाे छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२३ ले जितेकाे थियाे । यस्तै दाेस्राे सेट भारतले २५–१४ ले जित्याे । यसैगरी तेस्राे सेट नेपालले २५–२२ ले जित्दा चाैथाे सेट भारतले २५–२१ ले जित्याे । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेकाे हाे । नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ काे सेटमा हराउँदै ऐतिहासिक निकालेकाे थियाे । महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो…
Read More
मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त

मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो । मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई अस्वीकार गर्न नसक्ने भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइसक्नुभएको थियो । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठन गर्ने घोषणा गर्नुभएको थियो । युनुस अहिले उपचारका लागि फ्रान्समा हुनुहुन्छ । सरकार प्रमुखमा चुनिएपछि उहाँ अब स्वदेश फर्किने तयारीमा रहेको…
Read More
अन्तरिम सरकारको  नेतृत्व मोहम्मद युनुसले पाउनुपर्छ  :विद्यार्थी नेताहरु

अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले पाउनुपर्छ :विद्यार्थी नेताहरु

बाङ्ग्लादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका छन्। "हामीले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य हुने छैन," विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले भिडिओमा भनेका छन्। उनले युनुस उक्त जिम्मेवारी लिन सहमत भएको समेत जनाउँदै भने, "हामी सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको कुनै सरकार स्वीकार गर्दैनौँ।" समाचारसंस्था रोएटर्सले पनि युनुसका प्रवक्तालाई उद्धृत गर्दै यस जिम्मेवारीका लागि युनुस सहमत रहेको उल्लेख गरेको छ। उसका अनुसार हाल स्वास्थ्य उपचारका लागि फ्रान्सको प्यारिसमा रहेका युनुस "सामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर तत्कालै" स्वदेश फर्कने छन्। विद्यार्थी नेताहरूले स्थानीय…
Read More
बंगलादेशमा सैनिक कु 

बंगलादेशमा सैनिक कु 

बंगलादेशमा सैनिक कु भएको छ । देशवासीका नाममा केहीबेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासन व्यवस्था लिएको घोषणा गरेका छन्। उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन हुने पनि घोषणा गरेका छन् । सैनिक कुसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ l कोटा प्रणालीको खारेजी माग गर्दै विद्यार्थीले सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबारै देश छाेडेकी थिइन् । प्रधानसेनापतिले धैर्य गर्न सबैमा अपिल गरेका छन् । असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए । सोमबार चार लाखभन्दा बढी प्रदर्शनकारीले…
Read More
कर्णाली सडक अवरुद्ध हुदा ३२ दिनपछि नेपालगन्ज बाट पुगे हुम्ला गाडी

कर्णाली सडक अवरुद्ध हुदा ३२ दिनपछि नेपालगन्ज बाट पुगे हुम्ला गाडी

हुम्ला – निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन् । विभिन्न ठाउँमा अवरुद्ध भएका सडक चालक र सहचालकले मिलेर मर्मत गरेका हुन् । चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताउनुभयो । उहाँले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताउनुभयो । अर्का चालक टोपेन्द्र महतले लेप्चे नजिक अवरुद्ध सडक नेपाली सेनाले खुलाए पनि बाँकी ठाउँमा भने आफूहरुले नै काम गरेको बताउनुभयो । नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकमा दैनिक उपभोग्य वस्तुदेखि विकास…
Read More
पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटेको हो । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । निगमले तय गरेको नयाँ मूल्य विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको…
Read More
कमला ह्यारिसद्वारा अमेरिकी  राष्ट्रपति उम्मेदवारी घाेषणा

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपति उम्मेदवारी घाेषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा लेख्दै ह्यारिसले आफूले उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेको जानकारी गराउनुभएको हो । उहाँले आफू हरेक मत कमाउन कडा मेहनत गर्ने भन्दै नोभेम्बरमा आफूहरुको जीत हुने विश्वास व्यक्त गर्नुभएको छ । यसअघि आन्तरिक चुनावबाट उम्मेदवारमा छनौट भइसकेका वर्तमान राष्ट्रपति जो बाइडेनले आउँदो चुनावको प्रतिस्पर्धा छाडेपछि ह्यारिसलाई उम्मेदवार बन्ने अवसर आएको हो । डेमोक्र्याटिक पार्टीले नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाइसकेको छ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले पनि हिजो अमेरिकी राष्ट्रपति पदका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search