Yug Post

Breaking News 1

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । नगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ। नयाँ मूल्य सोमबार बिहान एक बजेबाट लागू हुने छ । इन्डियन आयल कर्पोरेशन आइओसीबाट नयाँ खरिद मूल्य आएअनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो । आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। भने डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर पठाएको छ। तर निगम ग्यासमा घाटा भएकाले ग्यासको भाउ यथावत राखेको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।
Read More
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

काठमाडौँ– त्रिशूली नदी ट्याक्सी खसेर भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–७ का ४१ वर्षीय हरिमायाँ रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटी र ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल छन् । ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा गोरखा नगरपालिका–७ का १८ वर्षीय दिवश रोकाय छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान सवा ७ बजेतिर सडकबाट ८० मिटर तल त्रिशूली…
Read More
ढाेरपाटन क्षेत्रमा भारी हिमपात

ढाेरपाटन क्षेत्रमा भारी हिमपात

ढोरपाटन – बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा बस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनले बताए । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ । ‘बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो (बिहीबार) दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि…
Read More
माेटरसाइकल दुर्घटनामा दाङमा २ जनाको मृत्यु

माेटरसाइकल दुर्घटनामा दाङमा २ जनाको मृत्यु

फागुन-९ घाेराही दाङ,तुल्सिपुरबाट घोराही जादै गरेको रा ५ प ५४५३ नम्बरको बाइक आज बिहान ६:१५ सर्रा मा दुर्घटना भएको  छ । दुर्घटना परि  रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ३ नम्बर वडा बस्ने विबेक पुन र सवार सोही गाउँपालिका ५ बस्ने नेत्र भण्डारीको उपचारको क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा बिहान ६:३५ बज्ये मृत्यु भएको हस्पिटल प्रशासनले जनाएको छ। ( थप विवरण आउन बाँकी )
Read More
दाङका माेटरसाइकल दुर्घटनामा २ काे मृत्यु

दाङका माेटरसाइकल दुर्घटनामा २ काे मृत्यु

फागुन ९ घाेराही दाङ, तुल्सिपुरबाट घोराही जाँदै गरेको रा. ५ प ५४५३ नम्बरको बाइक आज बिहान ६:१५ सर्रा मा दुर्घटना भएको  छ । दुर्घटना परि  रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ३ नम्बर वडा बस्ने विबेक पुन र सवार सोही गाउँपालिका ५ बस्ने नेत्र भण्डारीको उपचारको क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा बिहान ६:३५ बज्ये मृत्यु भएको हस्पिटल प्रशासनले जनाएको छ। ( थप विवरण आउन बाँकी )
Read More
बाइक दुर्घटना दुईको निधन

बाइक दुर्घटना दुईको निधन

तुल्सिपुरबाट घोराही जादै गरेको रा ५ प ५४५३ नम्बरको बाइक आज बिहान ६:१५ सर्रा मा दुर्घटना भएको  छ । दुर्घटना परि  रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ३ नम्बर वडा बस्ने विबेक पुन र सवार सोही गाउँपालिका ५ बस्ने नेत्र भण्डारीको उपचारको क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा बिहान ६:३५ बज्ये मृत्यु भएको हस्पिटल प्रशासनले जनाएको छ। ( थप विवरण आउन बाँकी )
Read More
७४ औं प्रजातन्त्र दिवस सम्पन्न

७४ औं प्रजातन्त्र दिवस सम्पन्न

काठमाडौँ– काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष कार्यक्रमका साथ ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षीय जहानियाँ शासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको बलमा राणा शाहीले घुँडा टेक्न पुगेको दिन २००७ साल फागुन ७ गतेको स्मरणमा यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा मूलसमारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको थियो । साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’…
Read More
संघीय लोकतान्त्रिक गणतन्त्र सात दशक लामो संघर्ष बाट प्राप्त भएको हो:रामचन्द्र पौडेल

संघीय लोकतान्त्रिक गणतन्त्र सात दशक लामो संघर्ष बाट प्राप्त भएको हो:रामचन्द्र पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताए । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले  प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप…
Read More
बालकुमारी घटनाले मन्त्री फिर्ता

बालकुमारी घटनाले मन्त्री फिर्ता

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ । गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
Read More
बालकुमारी घटनाले मन्त्री फिर्ता

बालकुमारी घटनाले मन्त्री फिर्ता

Logo रेडियो ENGLISH मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल खबरहब ६ फाल्गुन २०८०, आइतबार पढ्न लाग्ने समय : < 1 मिनेट 399 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonskype sharing buttonsharethis sharing button change font change font change font काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ । गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search