Yug Post

Breaking News 1

दुर्गा प्रसाईंलाई रिहाइ गर्ने सर्वोच्चकाे आदेश

दुर्गा प्रसाईंलाई रिहाइ गर्ने सर्वोच्चकाे आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई  रिहा गर्न आदेश दिएको हो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भएपनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो ।
Read More
रोल्पाको उवामा अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

रोल्पाको उवामा अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

रोल्पाको थबाङ गाउँपालिका– ५, उवामा सुतिरहेको अवस्थामा मसाने भनेर चिनिने सीताराम रोकाक्षेत्रीको बिहीबार राति अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या गरिएको छ । उवा ठुलोगाउँको हार्जुवा भन्ने ठाउँमा रहेको सुमित होटेलमा खाना खाएर सुतेका सुनछहरी गाउँपालिका– ५, जैमाकसलाका ३६ वर्षीय रोकाको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए । लु.१ज १८४७ नम्बरको जिपचालक रहेका उनी बिहान अबेरसम्म पनि नउठेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी सहायक निरीक्षक देवेन्द्रविक्रम विकको नेतृत्वमा चारजनाको प्रहरी टोली पुगेको थियो । हत्या गर्ने अज्ञात समूहबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
Read More
सिराहमा दुर्घटना भएको कारबाट गाँजा बरामद

सिराहमा दुर्घटना भएको कारबाट गाँजा बरामद

सिराह —सिराहको धनगढीमाई नगरपालिका-१० जिरोमाइल स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट गाँजा बरामद भएको हो। शनिबार बेलुकी ६ बजे पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तर तर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । त्यसपछि खोजतलास गर्दा कारमा गाँजा भेटिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार, कारबाट पाँच वटा पोकामा १ क्विन्टल ३० किलो गाँजा बरामद भएको छ । कार र ट्रक तथा ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् भने कारका चालक फरार भएका छन् ।
Read More
दुर्गा प्रसाईंलाई  ४० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । 
Read More
कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले विजयी

कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले विजयी

नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो । जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो । कर्णालीका  लागि  चाडविक वाल्टनले ४२,  बाबर हायातले ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झाले ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे। पोखराका लागि कप्तान कुशल भुर्तेल, विपिन खत्री र सागर ढकालले समान एक एक विकेट लिए। कर्णाली याक्सविरूद्ध ​टस जितेर​ ब्याटिङ गरेको  पोखराले सबै विकेट गुमाएर १०३ रन बनाएको थियो।
Read More
लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम रोल्पाको त्रिवेणीमा सम्पन्न

लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम रोल्पाको त्रिवेणीमा सम्पन्न

टेक मगर राेल्पा/ राेल्पा   त्रिवेणी गाउँपालिका-२ नुवागाउँमा लैङ्गकि हिम्सा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। नारा जुलुस सहित बजार परिक्रमा गरी सम्पन भएको हो। हामी सबैको प्रतिबद्धता लैङ्गकि हिम्सा अन्त्यको लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ लैङ्गकि हिम्सा विरुद्ध १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म (तदअनुसार २०८१ मङ्सिर १० देखी २५ गते) सम्म मनाउदै आएको लैङ्गिक हिंसा विरुद्ध १५ दिनमा त्रिवेणी गाँउपालिका वडा नं २ मा विविध कार्यक्रम गरि मनाईएको छ । कार्यक्रमको सभा अध्यक्षमा त्रिवेणी गाँउपालिका वडा नं २ का वडा-अध्यक्ष कविराज बुढा रहनु भएको थियो । प्रमुख अतिथीमा त्रिवेणी गाउँपालिका अध्याक्ष कर्ण बहादुर बाठा बिशिस्ट अथितीमा…
Read More
रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति

रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति

काठमाण्डौ – थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो । पोखराको अदालतले लामिछानेलाई छैटौँपटक हिरासतमा राख्ने म्याद थप गर्ने क्रममा लामिछानेको मानव अधिकारको विषयमा पनि ख्याल गर्न प्रहरीलाई सचेत गराएको छ । लामिछानेमाथि अनुसन्धानका लागि शुरुमा छ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप चार दिन…
Read More
रोल्पामा ४ दिनमै आन्दोलन स्थगित , पीएल संघाईसँग वार्ता गर्न पुनः ३० दिन म्याद थप

रोल्पामा ४ दिनमै आन्दोलन स्थगित , पीएल संघाईसँग वार्ता गर्न पुनः ३० दिन म्याद थप

रोल्पाको त्रिवेणी गाउँपालिकामा सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ। त्रिवेणी गाउँपालिकाको कार्यालय भवन जुगारमा त्रिवेणी गाउँपालिकाका संस्थापक अध्यक्ष एवं सर्वदलीय वार्ता टोलीका संस्थापक शान्तकुमार ओलीको अध्यक्षता, व्यवस्थापिका संसदका पूर्व सभामुख ओनसरी घर्ती , नेपाल सरकारका पूर्वमन्त्री तथा संघीय व्यवस्थापिका संसद सदस्य वर्षमान पुन , संविधान सभा सदस्य गोकुल घर्ती तथा लुम्बिनी प्रदेश सरकारका निवर्तमान मन्त्री एवं प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुन लगायतको अतिथिता ,त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिहरु, क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरु, प्रभावित क्षेत्रका जनताका प्रतिनिधिहरु लगायत को विशेष उपस्थितिमा सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ । रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ४ मा सञ्चालित शिवस्वरूप खनिज उद्योग प्राली…
Read More
स्थानीयको माग पूरा नहुँदै आन्दोलन रोक्न खोज्दा, स्थानीय एक्लै उत्रिए आन्दोलनमा

स्थानीयको माग पूरा नहुँदै आन्दोलन रोक्न खोज्दा, स्थानीय एक्लै उत्रिए आन्दोलनमा

टेक मगर राेल्पा / राेल्पाकाे  त्रिवेणी गाउँपालिका ३ मा मंसीर १७ गते पत्रकार सम्मेलन मार्फत १८ गतेबाट चरणबद्ध तरिकाले आन्दोलन गरिएको थियो। आन्दोलन पश्चात खानी विभागका प्रतिनिधि , सर्वदलीय र मन्त्रीहरूको वार्ता समिति बैठक बसेको थियो। हिजो मात्रै बसेको वार्ता समितिमा माननीय मन्त्रीहरू, सर्वदलीय, खानी विभागका प्रतिनिधि सँगै बसेको बैठकबाट ३० दिनको लागि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ। खानीको पीएल संघाई दुबई को भ्रमणको लागि गएको बताइएको छ। खानीको पीएल संघाई ३० दिनपछि मात्र नेपाल आउने र ऊ नेपाल आएपश्चात् वार्ता गर्ने यदि वार्तामा पहिले गरेको सम्झौताहरू को माग पूरा नभए मा पुनः आन्दोलन गर्ने सर्वदलीयले बताएको छ। उता…
Read More
रोल्पाको त्रिवेणीमा  माओवादीकाे  तेस्राे अधिवेशन उद्घाटन

रोल्पाको त्रिवेणीमा माओवादीकाे तेस्राे अधिवेशन उद्घाटन

 टेक मगर राेल्पा/रोल्पाको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले ऐतिहासिक तेस्राे अधिवेशन उद्घाटन गरेको छ। उद्घाटन समारोहमा बोल्नुहुँदै पूर्व संघीय सरकारको सभामुख एवं नेकपा माओवादी केन्द्रकी नेत ओनसरी घर्तीले शुभकामना मन्तव्य राख्दै " किसान मजदुरहरू जसले आज बोल्न सक्नु हुन्छ आफ्ना कुराहरु भन्न सक्नुहुन्छ तपाईँ आफ्ना लिडरहरू तपाईँ आफै चयन गर्न सक्नुहुन्छ हिजो मजदुर भनेपछि किसान भनेपछि हेप्ने उनीहरूलाई दास बनाउने यो देश नभएको बताएकी छन । उनले  हामी महिलाहरू या हामी उत्पीडितहरूले मुक्ति कसैले दिन्छ भने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले दिन्छ भन्ने भुल्नु हुँदैन। तपाईँले देख्नुभयो एमाले कांग्रेसको सिद्धान्त नीति मानवताहीन मानवता नभएका त्यसपछि कुनै पनि विचार…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search