१२ बैशाख २०८२ १०:३६
१२ बैशाख २०८२ १०:३६
रोल्पा — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–५ मा एक पुरुषको शव बेबारिसे अवस्थामा फेला परेको छ। अन्दाजी ५५ वर्षका हरि बहादुर कामी मृत अवस्थामा फेला परेका हुन्। लापदादा स्थित फारुली बोट नजिकैको बाटो छेउमा उनको शव शुक्रबार बिहान फेला परेको हो। मृतक कामी त्रिवेणी गाउँपालिका–५ नेर्पा बजार गएका थिए र घर फर्किने क्रममा बाटोमै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय स्रोतका अनुसार घटना बिहीबार साँझतिर नै भएको हुनसक्ने अनुमान गरिएको छ। मृतकका परिवारले बिहान ७ बजे मात्र घटनाबारे जानकारी पाएका थिए। शव पोष्टमार्टमको लागि त्रिवेणी गाउँपालिकाको एम्बुलेन्समार्फत रोल्पा अस्पताल रेउघा पठाइएको छ। मृतक कामीको घर नजिकै जगरबोट रहेको बताइएको…