Yug Post

Day: २९ श्रावण २०८२ २१:५६

रोल्पाको त्रिवेणी गाउँपालिका ७ नन्दीखोला नजिक  पिक अप गाडी दुर्घटना

रोल्पाको त्रिवेणी गाउँपालिका ७ नन्दीखोला नजिक पिक अप गाडी दुर्घटना

रोल्पाको त्रिवेणी गाउँपालिका ७ को दार्बोट नजिकै नन्दीखोलामा पिक अप गाडी दुर्घटना भएको छ । आज साँझ करिब ५ बजे रोल्पाको त्रिवेणी गाउँपालिका ४ सिमपानीबाट गंगादेव गाउँपालिका १ ओततर्फ गइरहेको पिक अप गाडी त्रिवेणी गाउँपालिका ७ को दार्बोट नजिकै नन्दीखोला क्षेत्रमा दुर्घटना भएको छ । दुर्घटनामा गाडीका चालकसहित २ जना घाइते भएका छन् । घाइतेहरूको प्राथमिक उपचारपछि थप उपचारका लागि तुल्सीपुर पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ।
Read More
अनेम संघ माडी गाउँपालिका ५ को सम्मेलन  सम्पन्न

अनेम संघ माडी गाउँपालिका ५ को सम्मेलन सम्पन्न

अनेम सङ्घ क्रान्तिकारी माडी ५ को समेलन तथा भेला आज पाछाबाङ मा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र ) माडीगाउँ पालिका अध्यक्ष भरत बहादुर वुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथी बिर बहादुर घर्ति मगर, तेजेन्द्र बुढा मगर वडा पार्टी इन्चार्ज , वडा पार्टी उपाध्यक्ष सनिदेवल बुढा मगर, दिल कुमारी बुढा मगर अनेम सङ्घ जिल्ला सदस्य, अनेम सङ्घ गापा काबा अध्यक्ष बालिका सुनारको आतिथ्यता रहेको थियो।सम्मेलनको सन्चालन दिल कुमारी बुढामगरले गरेकी थिइन् । सम्मेलनले भिम कुमारी परियारको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरत बुढा मगरले भने "जनयुद्धमा अभुतपुर्ण…
Read More
घोराहीबाट रोल्पाको तालाबाङको लागि छुटेको फोर्स गाडी व्याङखोलामा दुर्घटना भएको छ । घोराहीबाट रोल्पाको तालाबाङको लागि छुटेको लु १ ज ३६१४ नम्बरको फोर्स गाडी माडी २ व्याङखोलामा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको र गाडी क्षतिग्रस्त भएको खबर प्राप्त भएको छ । घाइते हुनेमा तिलाराम खत्री माडी , कमल वली माडी ३ ,कोकिला वली माडी ३ ,पवित्रा रोका परिवर्तन ,प्रहरी जवान नाम नखुलेको । पूरा विवरण आउन बाँकी छ।
Read More
दक्षिण कोरियामा पहिलो पटक भूतपूर्व राष्ट्रपति र भूतपूर्व प्रथम महिला एकै समय जेलमा

दक्षिण कोरियामा पहिलो पटक भूतपूर्व राष्ट्रपति र भूतपूर्व प्रथम महिला एकै समय जेलमा

२८ साउन । अदालतको आदेशपछि दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई गिरफ्तार गरिएको छ । शे अर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको आरोपमा अदालतले उनीविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो। आफूविरुद्ध लगाइएका आरोपहरू उनले अस्वीकार गरेकी छन् गत महिना उनका पति यून सुक यउललाई गिरफ्तार गरिएको पृष्ठभूमिमा एकै समयमा जेलमा हुने उनीहरू पहिलो पूर्वराष्ट्रपति दम्पती बनेका छन् । देशमा राजनीतिक उथलपुथल निम्त्याउने गरी गत वर्ष असफल मार्शल कानुन लागु गर्ने अभियोगमा यून सुक यउललाई गत महिना पुनः गिरफ्तार गरिएको थियो । चार घण्टा लामो सुनुवाइ राजधानी सोलमा मङ्गलवार चार घण्टा लामो सुनुवाइका क्रममा किम…
Read More
निकिताको गृहमन्त्रीलाई भनिन् , तपाईकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी ?’

निकिताको गृहमन्त्रीलाई भनिन् , तपाईकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी ?’

गृहमन्त्री रमेश लेखकलाई निकिताको भनिन् : तपाईंकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी?’ गृहमन्त्री रमेश लेखकलाई रास्वपा सभापति रवि लामिछाने पत्नी निकिताले भैरहवा कारागारमा रहेका आफ्ना पति रवि लामिछानेको अड्डासार गृहमन्त्री रमेश लेखककै निर्देशनमा भएको आरोप लगाएकी छन्। बुधबार उनले फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेकी छन् ‘आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईंको निर्देशनमा रोकिन्छ, किन? अदालतमा मुद्दाको पेसी चढेपछि तपाईंकै निर्देशनमा तपाईंकै मान्छेबाट न्यायिक परिषद्‌मा उजुरी पर्छ, तपाईंकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी?’ भन्दै प्रश्न गरेकि छन् ।
Read More
चितवनका लम्साललाई कालोमोसो दलेको आरोपमा बहुमत पार्टीको एक जना पक्राउ

चितवनका लम्साललाई कालोमोसो दलेको आरोपमा बहुमत पार्टीको एक जना पक्राउ

चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई मोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा बहुमत चितवन जिल्ला सेक्रेटरी ध्रुव खड्का रहेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई मोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् । मंगलबार दिउँसो सेवाग्राहीका रुपमा आएका दुई जना युवाले नापी कार्यालयका प्रमुख लम्सालमाथि मोसो छ्यापेर भागेका थिए । बहुमत पार्टीले आधिकारिक रुपमा विज्ञप्ति निकालेर लम्साल माथिको कालोमोसो दलेको जिम्मा लिएको छ ।
Read More
१३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

१३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

आर्थिक वर्ष २०८१/८२ मा माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा  १३३.९५ प्रतिशतले बढेको छ। कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search