गृहमन्त्री रमेश लेखकलाई निकिताको भनिन् : तपाईंकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी?’
गृहमन्त्री रमेश लेखकलाई रास्वपा सभापति रवि लामिछाने पत्नी निकिताले भैरहवा कारागारमा रहेका आफ्ना पति रवि लामिछानेको अड्डासार गृहमन्त्री रमेश लेखककै निर्देशनमा भएको आरोप लगाएकी छन्।
बुधबार उनले फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेकी छन् ‘आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईंको निर्देशनमा रोकिन्छ, किन?
अदालतमा मुद्दाको पेसी चढेपछि तपाईंकै निर्देशनमा तपाईंकै मान्छेबाट न्यायिक परिषद्मा उजुरी पर्छ, तपाईंकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी?’
भन्दै प्रश्न गरेकि छन् ।


