१० मंसिर २०८१ ११:३६
१० मंसिर २०८१ ११:३६
टेक मगर,१० मंसिर राेल्पा / रोल्पाको त्रिवेणी गाउँपालिकामा चुनढुङ्गा उत्खनन प्रा.लि. ले गरेका सम्झौताहरु को सहमति पुरा गर्न वार्ता मा उपस्थित नहुँदा सर्वदलीय बैठकले आन्दोलनको तयारी गर्ने निर्णय सार्वजनिक गरेको छ। चुनढुङ्गा उत्खनन्का सम्बन्धमा गम्भीर प्रश्नहरू उठेका छन् । खानी उद्योगले गाउँपालिकालाई उत्खननको क्रममा राजश्व छली, जनताको जग्गासँग भएको सम्झौताको उल्लंघन र विद्यालयका बालबालिकाको अध्ययनमा परेको असरका कारण कानुनी कारबाहीदेखि आन्दोलनसम्मको निर्णय गरेको छ। गाउँपालिकाले रोल्पा चुनढुङ्गा प्रा.लि. शिवस्वरुप खनिज उद्योग र रोल्पा सिमेन्ट प्रा.लि. बिरुद्ध राजश्व तिर्ने प्रक्रियामा लापरबाही गरेको भन्दै कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाउने निर्णय भएको तर गत असोज १७ गते बसेको सर्वदलीय बैठकले १५…