Yug Post

दाङमा माेटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

Advertisement

घाेराही, १० मंसिर ।  दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने अन्दाजी ३० वर्षका लिलाराम डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता  तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । प्रहरीका  अनुसार लमही बजारबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल लमहीको रातो डाँडा नजिकै आज बिहान प्रहरीको बेरिङगेटमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका डाँगीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी थापाले बताउनुभयो । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने अन्दाजी २६ वर्षका रोशन विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बिकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search