Yug Post

पेस्तोल बोकेको भाइरल भिडियोवाला प्रहरीमा उपस्थित

पेस्तोल बोकेको भाइरल भिडियोवाला प्रहरीमा उपस्थित

पेस्तोल बोकेको भाइरल भिडियोवाला प्रहरीमा उपस्थित

२६ असोज, काठमाडौं । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडिओ सार्वजनिक भएपछि सोही समूहका एक सदस्य प्रहरी कार्यालय पुगेका छन् । आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा प्रहरी कार्यालय पुगेका हुन् । उनी सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए । त्यसपछि उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो । प्रहरीसँग उनले पेस्तोल बोकेको उक्त भिडिओ जेनजी आन्दोलनको बेला भन्दा पहिलाको रहेको बताएका छन् । सुटिङको क्रममा खिचिएको उक्त भिडिओमा देखिएको पेस्तोल नक्कली रहेको दाबी उनीहरुले गरेको प्रहरी स्रोतले बतायो । बोकेको उक्त भिडिओ जेनजी आन्दोलनको बेला भन्दा पहिलाको रहेको बताएका छन् । सुटिङको क्रममा खिचिएको उक्त भिडिओमा…
Read More
आज पक्राउ परेका  डाक्टर निकोलसले गाँजा सेवन गरेको पुष्टि , गए सुधारगृह

आज पक्राउ परेका डाक्टर निकोलसले गाँजा सेवन गरेको पुष्टि , गए सुधारगृह

माइतीघरमा बिहीबार दिउँसो प्रदर्शन गर्ने क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मेडिकल परीक्षणमा निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको रिपोर्ट आएको हो। एसपी भट्टराईले बताएअनुसार निकोलसको एक वर्षअघि पनि यस्तै रिपोर्ट आएको थियो। सोही कारण यसपटक पनि उनलाई सुधार केन्द्र पठाइएको हो। उनलाई उनका दाजुको जिम्मामा राखी सुधार केन्द्र पठाइएको प्रहरीले जनाएको छ। निकोलस भुसालसहित थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ।
Read More
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगिता भण्डारीलाई  १२ करोड भ्रष्टाचार मुद्दा दर्ता

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगिता भण्डारीलाई १२ करोड भ्रष्टाचार मुद्दा दर्ता

स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगिता भण्डारीसहित १३ जनाविरुद्ध १२ करोड भ्रष्टाचार मुद्दा काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिदका क्रममा १२ करोड रुपैयाँ भ्रष्टाचार राप्तीभएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन उपकुलपति डा. संगीता भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाएको छ। प्रमुख प्रतिवादी डा. भण्डारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारीकी बहिनी हुन्। हाल उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापकका रूपमा कार्यरत छन्। अख्तियारका अनुसार राप्ती प्रतिष्ठानले करिब ११ करोड रुपैयाँमा लुम्बिनी हेल्थकेयरसँग एमआरआई मेसिन खरिद गर्दा मिलेमतोमा मूल्य महँग्याई अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो।
Read More
पार्टीका सबै तहहरूलाई उद्धार, सहयोग र राहत कार्यमा सक्रियता पूर्वक खटिन प्रचण्डको निर्देशन

पार्टीका सबै तहहरूलाई उद्धार, सहयोग र राहत कार्यमा सक्रियता पूर्वक खटिन प्रचण्डको निर्देशन

प्रचण्डले पार्टीका सबै तहहरूलाई उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिएका छन् । प्रचण्डले सामाजिक संजाल फेसबुक मार्फत निर्देशन द दिदै भनेका छन् ´ यहि असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी भेगमा पहिरो खस्ने तथा तराई क्षेत्रमा डुबानको समस्या तीव्र रूपमा बढ्ने देखिएको छ। आज (शनिवार) सम्म कतिपय स्थानमा वर्षाको मापन ३०० मिलिमिटरभन्दा बढी पुगेको छ, र यो क्रम अझै जारी रहने अनुमान गरिएको छ। यी चार दिनको वर्षा सामान्य नभई उच्च जोखिम बढाउने प्रकृतिको भएको देखिन्छ।` उनले भनेका छन् ´कतिपय नदीले खतराको रेखा पार गरिसकेका छन्। लगातार पानी परिरहेकाले…
Read More
रेशम पुनलाई प्रश्न : दशै कसरी मनाउँदै हुनुहुन्छ ?

रेशम पुनलाई प्रश्न : दशै कसरी मनाउँदै हुनुहुन्छ ?

युगपाेष्टले समय सन्दर्भमा विविध र समसामयिक विषयमा बहस र धारणा सार्वजनिक गर्ने ३ प्रश्न कार्यक्रम अन्तरगत नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र )राेल्पा जिल्ला संयाेजक रेशम पुन ( चट्याङ ) संक्षिप्त दशैबारे धारणा । १- नेपालीहरुकाे प्रमुख चाड दशैप्रति तपाईको दृष्टिकोण के हो ? मेरो दृष्टिकोणमा दशैं तथा दिपावली  सामाजिक संस्कृति हुन्। संस्कृतिको रुपमा मनाउनु पर्दछ। तर आज भोलि संस्कृतिमा समेत राजनीतिकरण अनि व्यापारीकरण भएको छ। यस्तो हुनु सकारात्मक पक्ष होइनन्। २-तपाईंले दशैलाई कसरी मनाउदै हुनुहुन्छ? विशुद्ध सामाजिक  सदभाव र संस्कृतिको रूपमा मनाउँछु। दर्शन या सिद्धान्तको रुपमा मान्दैन। ३- हिन्दु नेपालीहरु देश तथा विदेशमा दशै मनाउँदै छन याे अवसरमा जनतालाई के …
Read More
रेशम पुन लाई प्रश्न : दशै कसरी मनाउँदै हुनुहुन्छ ?

रेशम पुन लाई प्रश्न : दशै कसरी मनाउँदै हुनुहुन्छ ?

१- नेपालीहरुकाे प्रमुख चाड दशै  प्रति तपाईको दृष्टिकोण के हो ? मेरो दृष्टिकोणमा दशैं तथा दिपावली  सामाजिक संस्कृति हुन्। संस्कृतिको रुपमा मनाउनु पर्दछ। तर आज भोलि संस्कृतिमा समेत राजनीतिकरण अनि व्यापारीकरण भएको छ। यस्तो हुनु सकारात्मक पक्ष होइनन्। २-तपाईंले दशैलाई कसरी मनाउदै हुनुहुन्छ? विशुद्ध सामाजिक  सदभाव र संस्कृतिको रूपमा मनाउँछु। दर्शन या सिद्धान्तको रुपमा मान्दैन। ३- हिन्दु नेपालीहरु देश तथा विदेशमा दशै मनाउँदै छन याे अवसरमा जनतालाई के  सन्देश दिनुहुन्छ ? दसैं  हाम्राे चाडपर्वहरुको हकमा हामीले मुख्यतः निम्न विषयमा ध्यान दिनु पर्दछ भन्ने ठान्दछु। पहिलो,परम्परागत चाडपर्वहरुका अवैज्ञानिक र रुढीवादी पक्षहरुलाई हटाउँदै जानु पर्दछ। दोस्रो,चाडपर्वहरू किफायती र सरल  बनाउनु पर्दछ। तेस्रो,भुइँ…
Read More
ओम पुनलाई प्रश्न : दशै तथा दिपाली प्रति तपाईको दृष्टिकोण के हो ?

ओम पुनलाई प्रश्न : दशै तथा दिपाली प्रति तपाईको दृष्टिकोण के हो ?

१ . दशै तथा दीपावली प्रति तपाईको दृष्टिकोण के हो? दशै प्रकृति संग सम्बन्धित  पर्व हाे । बर्षा ऋतु सकिएर शरद ऋतु लाग्दा शुरु हुने पर्व हाे । बर्षातकाे कालरात्री जितेर स्वच्छ शरदकाे उज्यालोमा प्रवेश गरेको खुसियालीमा मनाइने पर्व हुन दशै र तिहार वा दिपावली । जेठ असारमा लगाएको बाली भित्र्याउने र भित्र राखेको बिउ छर्ने समय भएकोले दशैमा जमरा राख्ने चलन चलेको हाे । याे एक त अहिले छर्ने अन्नपात काे अवस्था कस्तो छ ? साल समय कस्तो छ ? भनेर गरिने परम्परागत बिउ परिक्षण हाे, भने अर्को स्वास्थ्यका रुपले बर्षमा एकदिन मात्रै भए पनि जमरा नखाए पनि कानमा…
Read More
सल्यान कपुरकोट चोरखोलामा दुर्घटना

सल्यान कपुरकोट चोरखोलामा दुर्घटना

रुकुमबाट दाङ तुलसीपुरतर्फ आउदै गरेको लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट-३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ रूकुमबाट दाङ आउँदै गरेको गाडी सडकदेखि ३००/४०० मिटर तल खस्दा १ महिला २ पुरूषकाे घटनास्थलमै मृत्यु र १ महिला १ पुरूष गम्भीर घाइते भएका छन् ।घाइतेलाई उपचारका लागि दाङ पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । पूरा विवरण आउन बाँकी
Read More
अनन्तको प्रतिक्रिया : आवश्यकता परे नेतृत्व लिन र आवश्यकता सबै त्याग पनि तयार

अनन्तको प्रतिक्रिया : आवश्यकता परे नेतृत्व लिन र आवश्यकता सबै त्याग पनि तयार

११ असोज, काठमाडौं । वर्षमान पुन अनन्तले दोस्रो तेस्रो पुस्ता आउनु पर्‍यो भन्ने बाताबरण बन्यो भने मात्र अगाडी बढ्ने नत्र आफू त्याग गर्न तयार भएको बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पुनले राजनीतिक अभिभावकको रुपमा प्रचण्ड रहने भए पनि संगठनको नेतृत्वको रुपमा अघि नबढ्ने बताएका हुन् । ‘कमरेड प्रचण्ड विशेष महाधिवेशनमा अध्यक्षको रुपमा रहनुहुन्नँ, उहाँ प्रतिस्पर्धामा नै आउनुहुन्नँ । उहाँले भनिसक्नुभएको छ, उहाँले प्रतिस्पर्धा नै गर्नुहुन्नँ,’ पुनले प्रष्ट भनेका छन्, ‘उहाँको भूमिका अलग होला, राजनीतिक अभिभावकको रुपमा रहनुहोला । तर, संगठनको रुपमा उहाँ अध्यक्ष बनेर प्रतिस्पर्धा गर्नुहुन्नँ प्रचण्डपछि दोस्रो तहका नेताहरू आउनुपर्‍यो भनेको खण्डमा आफूहरू…
Read More
मेयर्स फाेरमले सिहंदरबार पुन: निर्माणमा  गर्याे ५ करोड सहयोग

मेयर्स फाेरमले सिहंदरबार पुन: निर्माणमा गर्याे ५ करोड सहयोग

जेन–जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका सिंहदरबार र प्रहरी कार्यालय पुनर्निर्माणका लागि काठमाडौं उपत्यका मेयर्स फोरमले आर्थिक सहयोग गर्ने भएको छ । फोरमको बिहीबारको बैठकले सिंहदरबार पुनर्निर्माणमा पाँच करोड र उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुनर्निर्माण गर्न एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । ललितपुर महानगरका मेयरसमेत रहेका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले पहिलो चरणमा सिंहदरबार र प्रहरी कार्यालय पुनर्निर्माण गर्न सहयोग गर्ने निर्णय भएको बताए । ‘नागरिकलाई शान्तिसुरक्षा प्रत्याभूत गराउने प्रहरी कार्यालयमा आगजनी भएको छ । सिंहदरबार पनि जलेको छ,’ उनले भने, ‘हामी सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड दिन्छौँ ।’ उनका अनुसार यो रकम फोरमको खातामा मौज्दात रहेको रकमबाट सम्बन्धित निकायलाई…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search