माइतीघरमा बिहीबार दिउँसो प्रदर्शन गर्ने क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मेडिकल परीक्षणमा निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको रिपोर्ट आएको हो।
एसपी भट्टराईले बताएअनुसार निकोलसको एक वर्षअघि पनि यस्तै रिपोर्ट आएको थियो। सोही कारण यसपटक पनि उनलाई सुधार केन्द्र पठाइएको हो। उनलाई उनका दाजुको जिम्मामा राखी सुधार केन्द्र पठाइएको प्रहरीले जनाएको छ।
निकोलस भुसालसहित थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ।


