Yug Post

प्रधानमन्त्रीद्वारा संसदमा विश्वासको मतसम्बन्धि प्रस्ताव पेश

प्रधानमन्त्रीद्वारा संसदमा विश्वासको मतसम्बन्धि  प्रस्ताव पेश

प्रधानमन्त्रीद्वारा संसदमा विश्वासको मतसम्बन्धि प्रस्ताव पेश

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । प्रधानमन्त्रीको प्रस्तावमाथि अहिले दलीय आधारमा सांसदहरूले धारणा राख्ने क्रम चलिरहेको छ । प्रस्तावमा छलफलका लागि सभामुख देवराज घिमिरेले दुई घण्टा समय छुट्याउनुभएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो । १८ महिनाअघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले यही कार्यकालमा विश्वासकाे मत माग्नुभएको यो पाँचौँपटक हो । यस पटक उहाँले विश्वासकाे मत पाउने सम्भावना छैन । एमाले र कांग्रेसले मिलेर नयाँ सरकार गठनको तयारी…
Read More
देशभर बाढी र पहिरो वितण्डा ठुलो जनधनको क्षति,सावधानी बन्न अनुरोध

देशभर बाढी र पहिरो वितण्डा ठुलो जनधनको क्षति,सावधानी बन्न अनुरोध

काठमाडौं – बिहीबारदेखि लगातार परेको वर्षाले बागमती, गण्डकी र लुम्बिनीको जनजीवन प्रभावित भएको छ। नारायगण मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर २९ सिमलताल खण्डमा पहिरोले दुई वटा यात्रु बस पुरिँदा ठुलो जनधनको क्षति भएको छ। बिहान साढे ३ बजेतिर वीरगन्जबाट काठमाडौं आइरहेको तथा काठमाडौंबाट गौर गइरहेको बस पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार तीन जना यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन्। नेपाल प्रहरीले पानी पर्ने क्रम चलिरहेको रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले लामो यात्रामा निस्किनु अघि सडकको अवस्थाबारे बुझ्न अनुरोध गरेको छ। प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बाटोमै…
Read More
प्रधानमन्त्रीले आज विश्वासको मत लिदै ,नयाँ सरकारको गठनकाे दाबी पनि आजै पेश हुने

प्रधानमन्त्रीले आज विश्वासको मत लिदै ,नयाँ सरकारको गठनकाे दाबी पनि आजै पेश हुने

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै हुनुहुन्छ। सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा उहाँले पाँचौँ पटक संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि  समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए । त्यसपछि अल्पमतमा परेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल प्रधानमन्त्रीले यस पटक भने विश्वासको मत नपाउने निश्चितजस्तै छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । विश्वासको मत नपाएपछि…
Read More
पहिरोमा परि त्रिशूलीमा बेपत्ता नागरिकको खाेजी कार्य जारी

पहिरोमा परि त्रिशूलीमा बेपत्ता नागरिकको खाेजी कार्य जारी

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुई वटा बस र त्यसमा रहेका यात्रुको खोजी भइरहेको छ । पहिरोले बगाउँदा बस  त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५  जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका प्रहरीको प्रारम्भिक अनुमान छ । तर…
Read More
हाम्रो सुन्दर कर्णाली प्रमुख पर्यटकिय गन्तव्य

हाम्रो सुन्दर कर्णाली प्रमुख पर्यटकिय गन्तव्य

कर्णाली प्रकृतीको प्रचुर र अनुपम प्राकृतिक सम्पदाका साथै भेषभुषा,जातजाती र साँस्कृतिक पहिचान सम्भावना बोकेको प्रदेश हो । कर्णाली प्रदेश प्राकृतिक सौन्दर्यताका साथै धार्मिक,ऐतिहासिक,साँस्कृतिक रुपमा विशिष्ट महत्व बोकेको छ । साविक कर्णाली भेरी र साविक राप्तिका २ वटा गरेर १० वटा जिल्लाहरु मिलाएर बनेको कर्णाली प्रदेश भौगौलिक रुपमा नेपालकै सबैभन्दा ठुलो प्रदेश हो । कर्णाली प्रदेशको क्षेत्रफल ३०,२११ वर्ग कि.मि रहेको छ । कर्णाली प्रदेश भौगोलिक रुपमा हिमाली,पहाडी र चुरे पर्वत मिलेर बनेको छ । भौगोलिक रुपमा विकास सुविधाको पहुचबाट अझै कर्णाली टाढा नै छ । प्राकृतिक सम्पदाका अनुपम उदारण कर्णालीमा धैरै पाउन सक्छौ । कर्णाली बदल्ने समृद्धीको आधार यहाँका पर्यटन,कृषी,जडिवुटी…
Read More
युद्ध पर्यटकीय नगरी बन्दै रोल्पा जनयुद्ध स्मृती भ्युटावर

युद्ध पर्यटकीय नगरी बन्दै रोल्पा जनयुद्ध स्मृती भ्युटावर

हरी बहादुर वली - (चिन्तन) रोल्पा युगपोेेेेस्ट समाचार);रोल्पा नगरपािलकाको गौरवको योजना अन्तरगत नगरपालिकाको वडा नं ३ मा २०७६ सालमा निर्माण सुरु भएको टावर नेपालकै अग्लो भ्यू टावर हो । जुन नगरपालिकाको सातदोबाटो नजिकैको लेकमा बनेको छ ।टावर नेपालकै सबैभन्दा अग्लो भ्यू-टावर हो । जुन दुई बर्ष लगाएर निर्माण सम्पन्न भएको थियो । उक्त टावर १ सय १० फिट उचाइको छ । ६ करोड बढी लगानीमा निर्माण भएको भ्यू टावरको तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइँ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको थियो । भ्यू टावरको शिलन्यास गर्दा मन्त्री पुनले सबैभन्दा धेरै सम्भावना बोकेको पर्यटन क्षेत्र भएकाले यस्ता पूर्वाधारले पर्यटन प्रर्वद्धन गर्ने विश्वास…
Read More
निरपेक्ष गरिवी र आर्थिक सुधारको लागी गाँजा खेतीबारे एक बहस

निरपेक्ष गरिवी र आर्थिक सुधारको लागी गाँजा खेतीबारे एक बहस

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुन अनन्तले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट भाषणमा औषधिय प्रयोजनका निम्ति गाँजालाई छिट्टै निवाली बनाएर बैधानिक बनाइने छ, भनेर घोषणा गरेसँगै गाँजा को विषयले चर्चा पाएको छ । गाँजा पहिले किन बन्देज गरिएको थियो ? अहिले किन खुला गर्ने ? खुला गरेपछि सामाजिक ,आर्थिक ,सांस्कृतिक र राजनैतिक पक्षमा कस्तो प्रभाव कस्तो प्रभाव पर्छ ? विशेष त गाँजा खेतीले कुन वर्गको हित हुन्छ । यी विषयमा यस लेखमा चर्चा गर्ने कोसिस गरिएको छ । अमेरिकीहरु नेपालमा आएर हेप्पी संस्कृति मच्चाउन लागेपछि हाम्रा नागरिक नेपालमा गएर बिग्रेको बुझाइ पछि अमेरिकाले नेपालमा नै…
Read More
शुक्रबारदेखीकाे अविरल बर्षाले विपदमा परी  १६ जनाको ज्यान गयाे

शुक्रबारदेखीकाे अविरल बर्षाले विपदमा परी १६ जनाको ज्यान गयाे

काठमाण्डाै – शुक्रवार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म देशभर १६ जनाको ज्यान गएको छ । बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अरू दुई जना बेपत्ता भएका छन् । १८ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाण्डाैमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेमा दुई, पाल्पामा एक, तनहुँमा तीन र दाङमा तीन जना गरी १६ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी दोलखा र स्याङ्जामा एक/एक जना बेपत्ता भएका छन् । यस्तै अहिलेसम्म तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुङ्गामा दुई, काठमाण्डाैमा…
Read More
राप्ती नदीमा बगेर बेपत्ता युवक मृत फेला

राप्ती नदीमा बगेर बेपत्ता युवक मृत फेला

२३ असार दाङ/ शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका एक युवक मृतअवस्थामा फेला परेका छन् । । शनिबार लमहीबाट दुघ बेचेर फर्किएका राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव हस्नापुर घाटबाट बगेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार बेपत्ता यादवको शव आज बिहान फेला परेको जानकारी दिएका छन् । यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको प्रहरीले जानकारी दिएको छ। यादव संगै बाढीमा फसेका दुईजना युवालाई सशस्त्र प्रहरीले उद्दार गरेको थियो।
Read More
महाकालीमा पानीको उच्च बहाव,शारदा व्यारेजमा गाडी चलाउन राेक

महाकालीमा पानीको उच्च बहाव,शारदा व्यारेजमा गाडी चलाउन राेक

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा गाडी चलाउन रोक लगाइएको छ । पुलमा ठूला चारपाङ्ग्रे गाडी चलाउन रोक लगाएको तर साना गाडी र पैदलयात्रुलाई ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिनुभयो । आज बिहान ७ बजे महाकाली नदीमा पानीको बहाव एक लाख ६४ हजार छ सय ६० क्युसेक मापन गरिएको छ । बनबासा पुलमा ठूला गाडी चलाउन रोक लगाएपछि पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search