Yug Post

प्रधानमन्त्रीले आज विश्वासको मत लिदै ,नयाँ सरकारको गठनकाे दाबी पनि आजै पेश हुने

Advertisement

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै हुनुहुन्छ। सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा उहाँले पाँचौँ पटक संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि  समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए ।

त्यसपछि अल्पमतमा परेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल प्रधानमन्त्रीले यस पटक भने विश्वासको मत नपाउने निश्चितजस्तै छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम उहाँ पदमुक्त हुनुहुनेछ र त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । नयाँ सरकार गठनको लागि आजै दाबी पेस गर्ने कांग्रेस र एमालेको तयारी छ । माओवादी नेताहरूले विश्वासको मत पाउन नसके नयाँ सरकार गठनका लागि धारा ७६ को उपधारा (३) को प्रक्रियामा जाने तर्क गर्दै आएका छन् । तर कांग्रेस र एमालेले संविधानको धारा ७६(२) बमोजिमकै सरकार बनाउने पहल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search