Yug Post

देशभर बाढी र पहिरो वितण्डा ठुलो जनधनको क्षति,सावधानी बन्न अनुरोध

Advertisement

काठमाडौं – बिहीबारदेखि लगातार परेको वर्षाले बागमती, गण्डकी र लुम्बिनीको जनजीवन प्रभावित भएको छ। नारायगण मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर २९ सिमलताल खण्डमा पहिरोले दुई वटा यात्रु बस पुरिँदा ठुलो जनधनको क्षति भएको छ।

बिहान साढे ३ बजेतिर वीरगन्जबाट काठमाडौं आइरहेको तथा काठमाडौंबाट गौर गइरहेको बस पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार तीन जना यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन्।

नेपाल प्रहरीले पानी पर्ने क्रम चलिरहेको रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले लामो यात्रामा निस्किनु अघि सडकको अवस्थाबारे बुझ्न अनुरोध गरेको छ। प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बाटोमै यात्रु अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेका हुन्।

विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक ठाउँठाउँमा भत्किएको, भासिएको तथा अवरुद्ध भएको छ। पानी पर्नेक्रम नरोकिएकाले थप अवरोधको सम्भावना कायमै रहेको प्रहरीले बताएको छ ।

यात्रामा समस्या भए नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाकोको १११३ नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिन देशभर मौसम बदली हुने पूर्वानुमान गरेको छ। सार्वजनिक सूचना जारी गरेकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई अनुरोध गरेको छ ।शुक्रबार बिहानै कमाण्ड पोष्टको आपतकालीन बैठक बसेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search