Yug Post

युद्ध पर्यटकीय नगरी बन्दै रोल्पा जनयुद्ध स्मृती भ्युटावर

Advertisement

हरी बहादुर वली – (चिन्तन) रोल्पा युगपोेेेेस्ट समाचार);रोल्पा नगरपािलकाको गौरवको योजना अन्तरगत नगरपालिकाको वडा नं ३ मा २०७६ सालमा निर्माण सुरु भएको टावर नेपालकै अग्लो भ्यू टावर हो । जुन नगरपालिकाको सातदोबाटो नजिकैको लेकमा बनेको छ ।टावर नेपालकै सबैभन्दा अग्लो भ्यू-टावर हो । जुन दुई बर्ष लगाएर निर्माण सम्पन्न भएको थियो । उक्त टावर १ सय १० फिट उचाइको छ ।

६ करोड बढी लगानीमा निर्माण भएको भ्यू टावरको तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइँ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको थियो । भ्यू टावरको शिलन्यास गर्दा मन्त्री पुनले सबैभन्दा धेरै सम्भावना बोकेको पर्यटन क्षेत्र भएकाले यस्ता पूर्वाधारले पर्यटन प्रर्वद्धन गर्ने विश्वास व्यक्त गर्नु भएको थियो । समुद्री सतहबाट करिब २३ सय मिटर उचाइमा रहेको यो लेकबाट मौसम सफा रहेको बेला धौलागिरी, अन्नपूणर्, सिस्ने हिमाल हेर्न सकिन्छ ।
जनयुद्धको उद्गम स्थल रोल्पा हो जहाँ जनयुद्धमा नौ सय बढी सहिद भएका थिए ती सबै सहिदको नाम विवरण जनयुद्ध स्मृति टावरमा देख्न सकिन्छ । त्यहाँ प्रवेश गर्न बितिकै देखिने जनमुक्ति सेना शालिकले यस्तो अनुभुती दिन्छ कि वास्तविक जनमुक्ति सेना उभिरहेको छ त्यस्तै सबैभन्दा माथिल्लो तला रहेको जनमुक्ति सेनाको डिभिजन कमान्डर किम बहादुर थापा सुनिल को सालिक राखिएको छ । उहाँ २०६१ सालमा रोल्पाको मनिमारेमा जनमुक्ति सेनालाई प्रशिक्षण गर्दागर्दै नेपाली सेनाको आक्रमणबाट निधन भएको थियो । यो शालिक देख्न बितिकै उहाँसँग गरेका कठिन यात्रा र चुनौतीपूणर् कामको कुसलतापुणर् तरिकाले फत्ते गरेको स्मरण हुन्छ टावरमा भेटिएका एक स्थानीय पुरानो नेता ले बताए ।
टावरको प्रवेशद्धारको बायाँतिर जनयुद्धको पहिलो पोष्टरमा भएको छापामारको शालीक राखिएको छ भने टावरको अगाडी बाँयाँतिर राज्यपक्ष र विद्रोही पक्षद्धारा मारिएका रोल्पाका सम्पुणर् सहिदहरुको नामवली समेत रहेको छ । टावरको सातौ तलामा बैठक कक्ष रहेको छ बैठक कक्ष संगै किचेनको व्यवस्था पनि रहेका छ ।

यसो त रोल्पा जिल्ला जनयुद्धको राष्ट्रिय अन्तराष्ट्रिय केन्द्रमा नै रह्यो । हजारौ हजारको बलीदान सहभागी रोल्पा जनयुद्धपछ शान्ती प्रक्रीयासंगै चर्चामा छ । जनयुद्ध र कम्युनिष्ट आन्दोलन बारे जान्न चाहाने जो कोहीको एउटा निश्चित प्रमुख पर्यटकीय गतव्य रोल्पा हो । यही मध्येको एउटा जनयुद्ध स्मृती भ्युटावर सातदोबाटो मा छ जहाँ आन्तरकि तथा बाह्य जिल्लाबाट पर्यटक आउने गरेका छन ।

यसो त अर्को कोणबाट भ्युटावर र जनताको जिवन संगै जोडिएका करौडौका भ्युटावरको नजिकै जनताका झुपडीमा भोक ,प्यास,गरीबी,बेरोजगारी लगायतले पील्सीएका जनताको जिवनबारे निर्मम बहस जरुरी छ । तर राज्यको करोडौ लगानी भइसकको अवस्थामा रोल्पालाई चिनाउन जनयुद्धमा गरेको त्याग र बलीदान स्मरण र सम्मान गर्न युद्ध पर्यकीय गन्तव्य पनि आर्र्थीक उत्पादन आधार सहित नयाँ पुस्तामा शिक्षा पनि हुनसक्दछन । यसकारण युद्ध पर्यटकीय गन्तव्यको प्रचार प्रसार जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search