Yug Post

देशभर बर्षा जारी,सजगता अपनाउन आग्रह

देशभर बर्षा जारी,सजगता अपनाउन आग्रह

देशभर बर्षा जारी,सजगता अपनाउन आग्रह

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै बाराको सिमरा विमानस्थलको जल मापन केन्द्रमा १ सय २८ मिलिमिटर वर्षा मापन भएको छ । पर्साको रङ्गापुर टांडी बजारमा १ सय १७ दशमलव ८, कैलालीको धनगढीमा ९८ दशमलव ४, कञ्चनपुरको सुन्दरपुरमा ९८,  बाराको कोल्भीमा ९० दशमलव ४, कञ्चनपुरको हनुमान नगरमा ८४ दशमलव ४, लमजुङको बेसीशहरमा ६६ मिलिमिटर पानी परेको छ । यस्तै…
Read More
रोल्पामा चर्च माथिबाट पहिरो आउँदा एक महिलाको  मृत्यु  एक  घाइते

रोल्पामा चर्च माथिबाट पहिरो आउँदा एक महिलाको मृत्यु एक घाइते

रोल्पा नगरपालिकामा रहेको वेथेल मण्डली चर्च माथीबाट आएको पहिरोमा परी एक वृद्धको मृत्यु र १८ बर्षकी नौभा घर्ती मगर घाइते भएकी छन् । रोल्पा नगरपालिका १० धाङ्सी घर भइ मुलपानीमा रहेको वेथेल मण्डली चर्चमा बस्दै आएकी ७० बर्षकि धनजिता बुढा मगर सोही चर्च माथीबाट आएको पहिरोमा परी आइतबार बिहान ४ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनछहरी गाउँपालिका ३ मौलावन घर भई सोही चर्चमा बस्ने १८ बर्षकी नौभा घर्ती मगर घाईते भई  उपचारको लागि रोल्पा अस्पताल रेउघामा लगिएको छ । सोही चर्चमा बस्ने जम्मा १० जना मध्ये अन्य व्यक्तिहरु सकुसल रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाका सूचना अधिकारी केशवराज…
Read More
यी प्रदेशका केहि स्थानमा भारी बर्षाको सम्भावना

यी प्रदेशका केहि स्थानमा भारी बर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सचेत रहन अनुरोध गरिएको छ । आइतवार बिहानीपख बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतवार दिनभर पनि सातौ प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेकोले सबैलाई सचेत रहन अनुरोध गरिएको छ ।
Read More
पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने र  नेतृत्वको वरिपरी गोलबन्द हुनुपर्छ : पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ

पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने र नेतृत्वको वरिपरी गोलबन्द हुनुपर्छ : पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हामीलाई इतिहासले सुम्पिएको जिम्मेवारी भनेको अब पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने र पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुनुपर्न बताए ।शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ । अहिले सरकार बनाउनेहरुको बारेमा आम चर्चा छँदैछ । हामीले भन्नु पनि पर्दैन । भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ । इतिहासले हामीलाई अहिले सुम्पिएको जिम्मेवारी ग्रहण गर्दै त्यसको सम्पादन, त्यो…
Read More
थामेमा बाढी वितण्डा : १ बेपत्तासहित यस्तो छ सम्पूर्ण क्षति विवरण

थामेमा बाढी वितण्डा : १ बेपत्तासहित यस्तो छ सम्पूर्ण क्षति विवरण

काठमाण्डौ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ । ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ सुरक्षित रुपमा राखिएको छ । प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा क्षति पुगेकोले आज हेलिकप्टरमार्फत राहत लिएर जाने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै…
Read More
लेदो सहितको बाढीले  सुन्दर थामे गाउँ एकै क्षणमा बगर बन्यो

लेदो सहितको बाढीले सुन्दर थामे गाउँ एकै क्षणमा बगर बन्यो

सोलुखुम्बु - आज दिउँसो २ बजे सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदो सहितको बाढीले थामे गाउँमा घर ,स्कुल ,क्लिनिक लगायतको भौगोलिक संरचनाको ८० प्रतिशत क्षति पुराएको छ । १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो lयस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनले मानवीय क्षतिको विवरण नआएको बताइन् ।  यसैबिच जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।…
Read More
विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरीएर मृत्यु

विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरीएर मृत्यु

खोटाङ - पहिरोले पुरिएर बिहीबार बिहान विद्यालय जाँदै गरेकी एक शिक्षिकाको मृत्यु भएको छ। रावाबेसी गाउँपालिका–३ लामीडाडाँस्थित विश्वज्योति मावि जाँदै गरेकी ५७ वर्षीया साबित्रादेवी नेवारको बिहीबार बिहान पौने दश बजे पहिरोले पुरिएर मृत्यु भएको हो बाटो देखि करिब ३०–३५ मिटर माथिबाट खसेको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताएका छन् । शव पोष्टमार्टमका लागि अहिले दिक्तेल ल्याइदै छ ।
Read More
मङ्कीपक्सको प्रकोप फैलिए पछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मङ्कीपक्सको प्रकोप फैलिए पछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

– विश्व स्वास्थ्य संगठनले अफ्रिकाका केही भागहरूमा यौन सम्पर्क देखी सास फेर्दा समेत सर्न सक्ने  मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले यो प्रकोप मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि फैलिरहेको बताइएको छ । छिटो फैलिरहेको सङ्क्रमण र मृत्युको दरबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए । यौन सम्पर्क, छाला सम्पर्क…
Read More
संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भएको हो। १८ वर्ष देखि थाती रहेको शान्ति प्रक्रियाको बाकी ( टिआरसी) विधेयकमा तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरूले सहमति जुटाएका थिए।  आज बैठकमा शीर्ष नेताले सम्बोधन गरेपछि विधेयक पारित भएको हो। अब शान्ति प्रक्रिया टुंगो लागेको छ।
Read More
मोटरसाइकलले ठक्कर दिदा  घोडाको मृत्यु चालक गम्भीर घाइते

मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु चालक गम्भीर घाइते

मोरङ -मोरङमा मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।    मंगलबार राति करिब साढे ९ बजे एसियाटीक होटल नजिक पश्चिमतिरबाट आएको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको हो । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घोडाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर पछि सडकमा बजारिएका मोटसाइकल चालक विराटनगर महानगरपालिका ३ का ३१ वर्षीय अमित झा गम्भीर घाइते भएका छन्  उनको अहिले नोवेल अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search