Skip to main content

Yug Post

प्रमुख समाचार

शरद रसाइलीको नेतृत्वमा रोल्पा त्रिवेणीका रक्तिम सहित बहुमतका १२ जना नेकपामा समाहित

शरद रसाइलीको नेतृत्वमा रोल्पा त्रिवेणीका रक्तिम सहित बहुमतका १२ जना नेकपामा समाहित

शरद रसाइलीको नेतृत्वमा रोल्पा त्रिवेणीका रक्तिम सहित १२ जना नेकपामा समाहित भएका छन् । तत्कालीन एकीकृत नेकपा माओवादी हुँदा अखिल (क्रान्तिकारी ) अध्यक्ष हिमाल शर्मा हुँदा भएका तीन उपाध्यक्ष मध्ये रमेश मल्ल ,जागृती रायमाझी र शरद रसाइली थिए । बैधले पार्टी फुटाउँदाको संस्थापक अखिल (क्रान्तिकारी ) अध्यक्ष तथा तत्कालीन नेकपा बतहुमत का पिबियम शरद रसाइलीको नेतृत्वमा पीबीएम बद्रीकुमार चौलागाईं ‘आमोद’, पलबहादुर रावत ‘संगम’, पूर्ण विक ‘रक्तिम’, किरण जोशी ‘बासुदेव’, अग्रिम बुढा (गम्भिर), पूर्व केन्द्रीय सदस्य दर्शन नेपाली, शम्भु फुयाल, बद्री अधिकारी, आशिष चौधरी, नेत्र बस्नेत, तत्कालीन एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य ममिला बान्तवा लगायत १२ जना केन्द्रिय नेताहरू रहेका…
Read More
चुनावमा शान्ति सुरक्षाको व्यवस्था मिलाउछाै गृहमन्त्री अर्याल

चुनावमा शान्ति सुरक्षाको व्यवस्था मिलाउछाै गृहमन्त्री अर्याल

काठमाण्डाै – गृहमन्त्री ओमप्रकाश अर्यालले आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।  चुनावको पूर्वतयारीका सम्बन्धमा आज निर्वाचन आयोगले आयोजना गरेको छलफलमा गृहमन्त्री अर्यालले चुनावका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउने व्यक्त गर्नुभएको हो । निर्धारित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने आफ्नो विश्वास रहेको पनि उहाँले बताउनुभयो । कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउँदाे चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने गृहमन्त्रीले उल्लेख गर्नुभयाे ।
Read More
गण्डकीमा गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’विषयगत समितिमा

गण्डकीमा गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’विषयगत समितिमा

कास्की – गण्डकी प्रदेशसभाले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । गएको सोमवार प्रदेशसभा बैठकमा प्रस्तुत भएको विधेयकलाई हिजोको प्रदेशसभा बैठकले संशोधन प्रस्तावसहित दफावार छलफलका लागि विषयगत समितिमा पठाएको हो ।प्रदेश सरकारले लागूऔषधसम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानूनसँग नबाझिने गरी गाँजाखेतीसम्बन्धी कानून बनाउने तयारी गरेको प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले जानकारी दिनुभयो । प्रदेश सरकारले गाँजाखेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार पारेको हो । जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात–निर्यातका लागि एक करोड ५० लाख रुपैयाँसम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ । गाँजाखेतीका…
Read More
थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन उद्घाटन

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन उद्घाटन

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन औपचारिक रुपमा उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री तथा लुम्विनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुनमगरको प्रमुख अतिथ्यतामा आज थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन औपचारिकरुपमा उद्घाटन भएको हो। विद्युतको अभाव आपूर्ति गर्न केही दिन अगाडी मात्र थवाङ गाउँपालिका अध्यक्ष रिस केशव बुढा मगरको नेतृत्वमा विद्युत वितरण शाखा कार्यालय रोल्पामा ठुलो टिमले तत्काल विद्युत सेवा उपलब्ध गराउन भन्दै ज्ञानपन पत्र बुझाएको थियो। तत्काल पहल गर्ने बताएका कार्यालय प्रमुख जवाफ् दिएका थिए जस अनुसार आज कार्यान्वयन भएको छ। यो भन्दा पहिले सौर्यउर्जा सोलार र लघु विद्युत मार्फत सेवा लिइ रहेका…
Read More
रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई  पुल निर्माणको ध्यानाकर्षण गराए

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई पुल निर्माणको ध्यानाकर्षण गराए

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई पुल निर्माणको ध्यानाकर्षण गराएका छन् । रोल्पाको दुइखोली बागमारा चुन्बाङ सड्क अन्तर्गत पर्ने पाछाबाङ खोला सडक पुल निर्माणका लागी पहिलो चरणमा पहल स्वरुप परिवर्तन गापा अध्यक्ष सुक बहादुर बुढा मगरले आज माननीय शहरि विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन् । माननीय मन्त्री ज्युले आफ्नो माग प्रति सकारात्मक भएको बताएका छन् । अर्थमन्त्रालयले देशैभरिका विभिन्न योजनाबाट वजेट कटौती गरि जेनजी आन्दोलनको कारण क्षति भएको पुनः निर्माणका लागी कटौती भएको जानकारी पाएको पनि बताएका छन् ।
Read More
हिमपहिरोमा : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

हिमपहिरोमा : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

काठमाण्डौ – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् । हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् । एक विदेशी नागरिकसहित दुई जना नेपाली गाइडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेको भनिए पनि अहिलेसम्म १२ जना मात्रै रहेको विवरण छ । सम्पर्कविहीन आरोहीको खोजीका लागि हिजो हेलिकप्टर पठाए पनि मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको डीएसपी महतोले बताउनुभयो । केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात…
Read More
जेनजि समुह त्रीबेणी रोल्पा गठन

जेनजि समुह त्रीबेणी रोल्पा गठन

जेनजि समुह त्रीबेणी गापा रोल्पा गठन भएको छ। देश जेन्जीमय भएको अबस्थामा रोल्पाको त्रीबेणी गाउँपालिका भित्रका देश तथा बिदेशमा रहेका जेन्जीहरु मिलेर यो सहु ह गठन गरेका हुन। सन्दिप बिक को नेतृत्त्व ३८ सदसिय समुह गठन भएको छ । यस अझै जोड्दै लैजाने भनेर संयोजक बिक ले बताएका छन। कुनै पनि पार्टी विशेष समुह नरहेको र यस समुहले पालिका भित्र रहेको सबै प्रकारको बिकृती बिरुद्द लड्दै जाने संयोजक बिक ले बताएका छन।
Read More
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । महशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आज दिउँसो मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । साथै गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । यस्तै भोलि गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावनासँगै लुम्बिनी र कर्णालीका केही…
Read More
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी

भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी

भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण सञ्चालन गरेको छ । यसले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने अपेक्षा रहेको दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ । क्लाउड सिडिङ भन्नाले विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा छाड्ने प्रक्रिया हो । यसबाट कृत्रिम रूपमा वर्षा हुनेछ । केही देशले यसअघि नै यस्तो प्रविधिको प्रयोग गरेपनि भारतले पहिलोपल्ट प्रयोग गरेको हो । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेनाले विमान प्रयोग…
Read More
तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार अन्तर्गत हिजो कुनै कर्म नपरेको बताए पनि कतिपयले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search